English

राइज मिडियाका अध्यक्ष गुरुङ ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित



काठमाडौं– राइज मिडिया नेटवर्कका अध्यक्ष तुलसीकुमार गुरुङ प्रबल जनसेवा श्री चतुर्थबाट सम्मानित भएका छन् । प्रवासमा रहेर दशकौंदेखि मातृभूमिको सेवामा समर्पित गुरुङलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रबल जनसेवा श्री चतुर्थबाट सम्मान गरेकी हुन् ।

पूर्व ब्रिटिस गोरखा सैनिकसमेत रहेका गुरुङ तेक्वान्दोका प्रशिक्षक र अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन् । लामो समयदेखि हङकङमा बस्दै आएका उनी हङकङ तेक्वान्दो राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक समेत भइसकेका छन् । साथै, गुरुङ तेक्वान्दोका ८ डान (ग्राण्डमास्टर) हुन् । तेक्वान्दोमा ८ डान अर्थात् ग्राण्डमास्टरको स्थान हासिल गर्ने सम्भवतः उनी नै पहिलो नेपाली हुन् ।

१८ वर्ष सेनामा बिताएका गुरुङ त्यहाँ फिजिकल ट्रेनर अर्थात् वारन्ट अफिसरसम्म भएका थिए । व्रिटिस गोर्खा सैनिकमा पनि यो पद हासिल गर्ने उनी नै पहिलो नेपाली हुन् । उनी अहिले पनि तेक्वान्दोमै सक्रिय छन् । विश्व तेक्वान्दो महासंघको अन्तर्राष्ट्रिय मास्टर प्रशिक्षक र रेफ्रीसमेत रहेका गुरुङले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन् । उनले हङकङमा सन् २००१ मा ‘हङकङ नेपलिज् तेक्वान्दो एसोसिएसन’ को स्थापना गरेका थिए । उक्त संस्थाबाट हजारौंले ब्ल्याक बेल्ट पाइसकेका छन् ।

सानैदेखि खेलकुदमा रुची भएका गुरुङले २०३८ सालमा काठमाडौंमा आयोजित पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिताको पौडीतर्फ २ स्वर्ण र १ रजत पदक जितेका थिए । यसैगरी २०४० मा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा मार्सल आर्टस्तर्फ स्वर्णपदकसहित उत्कृष्ट फाइटरको उपाधि हासिल गरेका थिए । साथै, उनी सन् १९८२ र १९८३ मा हङकङ ओपन ब्ल्याकबेल्ट कम्पिटिसनको स्वर्ण विजेता समेत हुन् । यसैगरी, सन् १९९३ मा अमेरिकामा आयोजित वर्ल्ड तेक्वान्दो च्याम्पियनशिप र सन् १९९५ मा थाइल्याण्डमा आयोजित इस्ट एशियन गेम्सका आधिकारिक रेफ्रीसमेत हुन् ।

खेलकुदका साथै समाजसेवामा समेत सक्रिय गुरुङले नेपालमा समाजसेवाका थुप्रै काम गरेका छन् । २०७२ को महाभूकम्पपछि स्थापना भएको वि विल राइज फाउन्डेसनका उनी संस्थापक समेत हुन् । नेपाल र नेपालीलाई सहयोग गर्ने उक्त संस्थाको उद्धेश्य हो । उक्त संस्थाले स्थापनाकालदेखि निरन्तर नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ । दशकौंदेखि समाजसेवामा सक्रिय रहेका गुरुङले भूकम्प होस् या कोभिड–१९ को महामारीका समयमा वि विल राइजमार्फत सामाजिक सेवा गर्दै आएका छन् । यही सेवाभावलाई बुझी नेपाल सरकारले प्रबल जनसेवा श्री चतुर्थबाट गरेको सम्मानले आफूलाई थप हौसला र उर्जा थपेको गुरुङ बताउँछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested