English

बालबालिकालाई तेस्रो लहरको संक्रमणबाट जोगाउन के छ सरकारको पूर्व तयारी ?



उसो त कोरोना संक्रमणले कुनै पनि उमेर समूहलाई छोडेको छैन । तर वृद्धवृद्धा, दीर्घरोगी र बालबालिका यसको उच्च जोखिममा छन् । कोरोनाको खोप बालबालिकाहरुका लागि आइ नसकेकोले अबको तेस्रो लहरमा कोरोनाको संक्रमणबाट बालबालिका बढी जोखिममा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ ।

बालबालिकाको लागि कोरोना भाइरसविरुद्धको खोप कहिलेसम्म आउने यकिन छैन । त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको तेश्रो लहरको कोरोनाले बालबालिकामा धेरै असर गर्ने प्रक्षेपण गरेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल बताउँछन् ।

‘कुनै–कुनै देशमा बालबालिकाको खोपबारे भर्खरै अनुसन्धान सुरु भएको छ, तेस्रो लहर आएमा अहिले खोप नपाएका र बढी प्रभावित भएका उच्च जोखिममा रहन्छन्’, प्रवक्ता पौडेल भन्छन्, ‘यो हिसाबमा बालबलिका पनि असर पर्न सक्छ भनिएको हो, जसका लागि तयारी गर्दा बालबालिकालाई पनि शय्या, आइसियु हुनु पर्छ भनेर २० प्रतिशत छुटयाएका छौँ ।’

संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन केही गरी कोरोना भाइरस रुप परिवर्तन वा म्यूटेड गरी हालको भन्दा कडा भाइरस आएमा कोरोना विरुद्ध खोप नलगाएकाहरु जेखिममा रहने बताउँछन् ।

पहिलो लहरमा करिब ६.७५ प्रतिशतको हाराहारीमा बालबालिकामा संक्रमण देखिएको थियो भने दोस्रो लहरमा केही मात्रामा बढेको देखिएको छ ।

बालबालिका, वृद्धवृद्धा, वयस्क र दीर्घरोगी जुनसुकै उमेर समूह भएका व्यक्तिलाई कोरोना भाइरसको संक्रमणको चक्र एउटै हुन्छ । संक्रमणबाट जोगिनका लागि सबै उमेरसमूहका मानिसले स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ । वयस्क मान्छे आफैँ सर्तक हुनुपर्छ । साथै बालबालिकाहरुमा संक्रमणबाट बच्ने चेतना आएको हुँदैन, जसकारण अभिभावकले नै संक्रमणबाट बच्चालाई जोगाउन जिम्मेवार हुनुपर्छ ।

यदि अभिभावकले लापरवाही गरेमा वयस्कको तुलनामा बालबालिकाहरु अझै जोखिममा पर्ने विज्ञहरुको अनुमान छ । संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुन केही गरी कोरोना भाइरस रुप परिवर्तन वा म्यूटेड गरी हालको भन्दा कडा भाइरस आएमा कोरोना विरुद्ध खोप नलगाएकाहरु जेखिममा रहने बताउँछन् ।

सरकारले बच्चाको लागि भनेर शैय्या मात्र छुट्याउँदैमा जोखिम कम नहुने जनस्वास्थ्यविद् डा.शरद वन्त बताउँछन् । संक्रमणको विस्तारलाई रोक्नु नै एकमात्र विकल्प भएको उनको भनाइ छ ।

‘अहिलेको भन्दा बढी दुःख दिने नयाँ भाइरस आयो भने बालबालिका मात्र होइनन् खोप नलगाएका जो कोही पनि जोखिममा हुन्छन’, उनी भन्छन्, ‘पहिलो लहरमा बालबलिका, वृद्ध र दीर्घरोगी जोखिममा रहेको भनिए पनि अहिले भ्याक्सिन नलगाएकामा बढी देखियो, यसमा बालबालिकामा पनि परेका छन् ।’

सरकारले बच्चाको लागि भनेर शैय्या मात्र छुट्याउँदैमा जोखिम कम नहुने जनस्वास्थ्यविद् डा.शरद वन्त बताउँछन् । संक्रमणको विस्तारलाई रोक्नु नै एकमात्र विकल्प भएको उनको भनाइ छ । उनी भन्छन्, ‘यदि संक्रमण एकदमै बढ्यो भने सरकारले संक्रमितको पनि व्यवस्थापन गर्न सक्नुपर्छ’ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन, संक्रमणको फैलावट रोक्न र संक्रमितको व्यवस्थापन गर्न सरकारलाई उनका यी ४ सुझावः

पहिलो चरण– होम आसोलेशनको व्यवस्थापन ।
दोस्रो चरण– संस्थागत आइसोलेशनको व्यवस्थापन हो । जसलाई घरमा सुरक्षित बस्न मिल्दैन ती व्यक्तिका लागि संस्थागत आइसोलेशनको व्यवस्था गर्नुपर्छ ।
तेस्रो तेस्रो– तेस्रो तहमा कोरोनाको लक्षण देखिएका र उपचारको जरुरत भएकालाई उचित अस्पतालको व्यवस्थापन गर्नुपर्छ ।
चौथो चरण– यस तहमा कोरोनाबाट गम्भीर लक्षण देखिएकालाई आइसियु, भेन्टिलेटरको व्यवास्थपन गर्नुपर्छ ।
सरकारले अन्य सेवाबाट कटौती गरी बालबालिकाको लागि व्यवस्थपन शैय्या व्यवास्थपन गर्नुपर्छ । शैय्याको व्यवस्थापन गर्दा थप संरचाना जोड्नुपर्छ ।

यो पनि पढ्नुहोस्
के छ, भर्चुअल कक्षाको विकल्प ?
चुरेको दोहन होइन संरक्षण
बालबच्चाहरुलाई तनाव भएको कसरी थाहा पाउने ?
श्रीकृष्णले महाभारतको युद्धका लागि कुरुक्षेत्र नै किन रोजे ?
धनाढ्यले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली