English

श्रीकृष्णले महाभारतको युद्धका लागि कुरुक्षेत्र नै किन रोजे ?



यो कुरा त तपाईलाई थाहा नै छ कि, महाभारतको युद्धका बेला भगवान श्रीकृष्णले नै अर्जुनलाई गीताको उपदेश दिएका थिए । तर आज पनि महाभारतको युद्धसँग जोडिएका केही रहस्य छन्, जसको बारेमा धेरै कम मानिसलाई मात्रै थाहा छ । महाभारतको युद्धका लागि श्रीकृष्णले कुरुक्षेत्र नै किन छाने त ? यो धेरैको जिज्ञासाको विषय हुनसक्छ ।

महाभारत

महाभारतको युद्ध संसारको सबैभन्दा भीषण युद्ध थियो । कौरव र पाण्डवको बीचमा भएको यो युद्धमा दुवैतर्फबाट करोडौं योद्धा मारिएका थिए । कुरुक्षेत्रको धर्ती महाभारतको लागि श्रीकृष्णले छानेका थिए । तर उनले कुरुक्षेत्रलाई नै किन चुने, यसबारेमा एउटा रहस्य रहेको छ । शास्त्रका अनुसार महाभारतको युद्ध तय भएपछि त्यसको लागि जमीन खोजिन थालियो । तर भगवान श्रीकृष्ण धर्तीको सबै पाप युद्धबाट मेटाउन चाहन्थे र धर्मको स्थापना गर्न चाहन्थे । मान्यताका अनुसार महाभारतको युद्ध भन्दा पहिला श्रीकृष्ण आफ्ना गुरु, दाजुभाई एकअर्काले मारेको देख्दा पाण्डव र कौरवबीच सन्धि हुन्छ कि भन्ने डरमा थिए ।

महाभारत

त्यसलाई टाढै राख्न उनले यस्तो भूमी चुने जहाँ द्वेष र क्रोधमात्र रहोस् । उनले यसका लागि आफ्ना दूतलाई खोज्न पठाए । दूतले भनेका स्थानको पूर्ण विवरणपछि उनले कुरुक्षेत्रलाई रोजे । त्यहाँ एक दाजुले आफ्नो भाईलाई खेतमा प्वाल परेको र त्यहाँबाट पानी अन्य स्थानमा जान नदिन भने । तर भाईले त्यो काम गर्न अस्वीकार गरेपछि दाजु रिसाए र भाईलाई छुरा रोपेर मारे । साथै उसको शव घिसारेर प्वाल नजिक ल्याए र बहिरहेको पानी थुने । श्रीकृष्णले यो घटना सुनेपछि कुरुक्षेत्रलाई नै महाभारतको युद्ध गर्ने उपयुक्त स्थान बनाए ।

महाभारत



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested