English

राइज मिडियाकर्मी निमा ल्हामु शेर्पाद्वारा सगरमाथाको सफल आरोहण



राइज मिडियाकर्मी निमा ल्हामु शेर्पाले २० वर्षको उमेरमा सगरमाथा आरोहण गरेकी छन् । उनले बुधवार बिहान ७ बजे सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

योसँगै एकै परिवारबाट सबैभन्दा धेरै सदस्यले सगरमाथा आरोहण गरेको विश्वरेकर्ड समेत कायम भएको सगरमाथा आरोही कान्छीमाया तामाङले जनाईन् । उनी निमाकी भाउज्यु हुन् । निमा कम उमेर (२४) वर्षमा धेरैपटक सगरमाथा चढ्ने कीर्तिमान बनाएका फुर्वा तेन्जिङ शेर्पाकी बहिनी समेत हुन् ।

मिस टिन शेर्पा २०१९ की पब्लिक च्वाइस अवार्ड विजेतासमेत रहेकी निमाले यसअघि सगरमाथा चढ्ने तयारी स्वरुप लोबुचे हिमालको आरोहण गरेकी थिइन् ।

सगरमाथाको पहिलो आरोहण विश्व कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा (हिउँचितुवा) लाई समर्पण गरेको उनले बताएकी छन् ।

निमालाई सगरमाथाको चुचुरोमा पुर्याउने टीमको नेतृत्व उनका सहोदर दाई पर्वतारोही पेम्बा दोर्जे शेर्पाले गरेका थिए । पेम्बाले योसहित २१ पटक सगरमाथाको आरोहण गरिसकेका छन् ।

यो पनि पढ्नुहोस्
यसरी पूरा भयो राजकुमारको सगरमाथा चुम्ने सपना (फोटो/ भिडियो)
अमेरिकाबाट हिमाल मुनिको यात्रा
के चाहिन्छ ! सगरमाथा चढ्न ?
राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने
१५ औँ पटक सगरमाथा चढ्दै फुर्वा, प्रधानमन्त्री पत्नीले दिइन् शुभकामना
३०३ जनाले लिए आरोहण अनुमति
लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक



सम्बन्धित खबरहरु

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested