English

१५ औँ पटक सगरमाथा चढ्दै फुर्वा, प्रधानमन्त्री पत्नीले दिइन् शुभकामना



विश्व रेकर्ड होल्डर आरोही फुर्वा तेन्जिङ शेर्पालाई प्रधानमन्त्री पत्नी राधिका शाक्यले शुभकामना दिएकी छन् । उनले १५ औँ पटक सगरमाथा आरोहण गर्न लागेका शेर्पालाई प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार आयोजित एक समारोहकाबीच नेपालको झण्डा ओढाएर आरोहण सफलताको शुभकामना प्रदान गरेकी हुन् ।

१४ पटक सगरमाथा सफल आरोहण गरेका शेर्पा १५ औँ आरोहणार्थ मंगलवार सगरमाथा क्षेत्र प्रस्थान गर्न लागेका हुन् । विश्वमाझ नेपालीको शिर उच्च राखेका आरोहीहरुको गौरवगाथा अझ विशेष गरी शेर्पा समुदायको पर्यटन क्षेत्रप्रतिको अमूल्य योगदानको स्मरण गर्दै, सदाझैं यसपटक पनि जुन उद्देश्यका साथ आरोहण गर्नुहुने हो, त्यो उद्देश्य सफल बनोस् । आफ्नो स्वाथ्यको विशेष हेरचाह गर्नुहोला । आफ्नो गाउँठाउँ र देशप्रतिको माया सधैं प्रगाढ रहोस्, शुभकामना दिँदै शाक्यले भनिन् ।

दोलखा जिल्लाको रोल्वालिङ गाउँको आरोही परिवारमा जन्मेका शेर्पाको परिवारको नाममा दुईवटा रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता छन् ।

राष्टिय युवा प्रतिभा पुरस्कार २०१७ का विजेता, नेपाल भ्रमण वर्ष २०११ मानार्थ गुडविल एम्बासडर तथा वि विल राइज फाउण्डेशनका गुडविल एम्बासडर शेर्पा विश्व वर्ल्ड रेकर्डमा कम उमेर (२४) मा धेरै पटक सफल सगरमाथा आरोहण गर्न सफल आरोही हुन् । दोलखा जिल्लाको रोल्वालिङ गाउँको आरोही परिवारमा जन्मेका शेर्पाको परिवारको नाममा दुईवटा रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा दर्ता छन् ।

मिस टिन शेर्पा २०१९ का पब्लिक च्वाइस अवार्ड विजेता निमा ल्हामु शेर्पा, उनका कान्छी बहिनी पनि यस वर्ष सगरमाथा आरोहण गर्दैछिन् । बहिनी निमा ल्हामूको आरोहण सफल रहेमा फुर्वा तेन्जिङ शेर्पाको परिवार विश्वमै ‘एकै परिवारका धेरै सदस्य सगरमाथा आरोही भएको एक मात्र नमूना परिवार बन्नेछ, यसको अर्थ उनीहरुले सन् २०१८ को आफ्नै गिनिज रेकर्ड पुनर्लेखन गर्नेछन् ।’

समारोहमा नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, पारिजात स्मृति केन्द्रका अध्यक्ष कवि स्नेह सायमी, खुला नेपाल डट कमका सल्लाहकार सम्पादक बालकृष्ण बस्नेत तथा कवि एवम् सामाजिक अभियन्ता अनिता लामा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested