१५ वर्षमा नसिकेको पाठ नेपालले ५ महिनामै सिकायो

अमेरिकाबाट हिमाल मुनिको यात्रा



यो हिमाल आरोहणको बेला हो । आरोहण र आङरिता शेर्पा एकअर्काका पर्यायवाची झैँ लाग्छन् । सर्वोच्च शिखर, अक्सिजन बिनै दस–दस पटक आरोहण गर्ने अझ हिउँदको समयमा पनि बिना अक्सिजन सगरमाथा आरोहण गर्ने एक्ला कीर्तिमार्नी आरोही हुन् उनी । यसैका लागि आङरिता शेर्पा गोरखा दक्षिण बाहु र त्रिशक्ति पट्टले समेत विभूषित छन् । हिउँचितुवाका नाउँले विश्वपरिचित अन्तर्राष्ट्रिय धरोहर उनले ७२ वर्षका उमेरमा गतवर्ष देहत्याग गरे । यिलजुङ, सोलुखुम्बुमा जन्मेका यी कालजयी आरोहीको देहावसान हुँदा नेपाल मात्र होइन, विश्वभरका हिमालप्रेमीहरुको मन रोयो । अमेरिका क्यालिफोर्नियामा रहेका छोरा छेवाङ दोर्जे शेर्पा पिताको अन्त्येष्टिका लागि समेत स्वदेश फर्कन सकेनन् । कारण थियो कोभिड १९ । छेवाङलाई भिसाको समस्या भएपनि उनका छोरा (आङरिताका नाति) तेन्जिङ जाङ्बु शेर्पा भने यही छेक १५ वर्षपछि नेपाल फर्किए । केही समयअघि कार दुर्घटनामा परी दाँत गुमाएका उनले स्वास्थ्यकै कारण सजिलै भिसा पाएका थिए । ‘ड्याडीको भिसा मिलेन, असाध्यै चित्त दुखाउनु भयो अनि मैले नेपाल आउने निधो गरें ।’

खासमा बालसुलभ मानसपटलमा जम्मा भएर बसेका मामा, काका, फुपू, दाजुभाई, दिदीबहिनी सबै आफन्तलाई भेट्नु थियो तेन्जिङलाई, बिर्सेका कति सम्झनालाई फेरि व्युताउनु थियो र कति नयाँ सम्बन्ध जोड्नु थियो । खासमा आफ्ना हजुरबुबा आङरिता शेर्पाको देहावसान हुँदा परिवारलाई साथ दिने हातलाई धन्यवाद भन्नु थियो र थोरै भएपनि परिवारको दुःखसुख सँगै बाँड्नु थियो । धेरैपटक बाजे आङरिताका काखमा लुटपुटिए पनि उनको अदम्य शाहसबारे अनभविज्ञ नै रहे तेन्जिङ । ‘हजुरबा त हल्का कमेडी खाले हुनुहुन्थ्यो, जोकहरु गरिराख्ने, अमेरिका आउनु हुँदा पनि उहाँ नाम चलेको आरोही हुनुहुन्छ भनेर त थाहा थियो तर त्यो भनेको के हो ? त्यसको महत्व बुझेको थिइन ।’ उनले हजुरबुबासँग जोडिएका कुरा खोल्दै गए । ‘चाहे आफ्ना मामाहरुसँग भेट हुँदा होस् वा आफन्तको घर जाँदा होस् गोरखा दक्षिण बाहुको नाति भन्दा मलाई अनौठो लाग्थ्यो ।’ यतिबेला बल्ल उनी हजुरबुवाका कीर्तिमानी काम र पदकहरुको अर्थ बुझ्ने भएका छन् ।

उनको परिवार र आफन्तमा हिमाल नचढेका बिरलै छन् । मामा खलकका अधिकांशले दर्जनबढी सर्वोच्च शिखर सगरमाथालगायतका ८,००० मिटरका थुप्रै चुचुराहरु चुमिसकेका छन् भने उनका बुबाले समेत ६ पटक सगरमाथा चढिसकेका छन् ।

तेन्जिङ सोलुखुम्बुको खुन्दे हस्पिटलमै जन्मिएका हुन् । आमाबुबाको आर्थिक अवस्था राम्रो नहुँदा सानैमा हजुरबुबा आफैँले उनलाई काठमाडौंको स्कूलमा भर्ना गरिदिए, स्कूलमै बस्ने व्यवस्था गरिदिए । मात्र ७ वर्षको हुँदा तेन्जिङको परिवारलाई सपरिवार अमेरिका जाने अवसर जुट्यो । अनि तेन्जिङ हजुरबुबाबाट टाढा समुन्द्र पारि पुगे । तर हजुरबुबाकै कारण उनी फेरि समुन्द्र वारि तानिए ।

उनको परिवार र आफन्तमा हिमाल नचढेका बिरलै छन् । मामा खलकका अधिकांशले दर्जनबढी सर्वोच्च शिखर सगरमाथालगायतका ८,००० मिटरका थुप्रै चुचुराहरु चुमिसकेका छन् भने उनका बुबाले समेत ६ पटक सगरमाथा चढिसकेका छन् । आमा पासाङ फुटी शेर्पाले टासीलाप्चा पासमा मामाहरुसँगै सारै दुःखपूर्वक भरियाको काम गर्ने गरेको र हिमाल आरोहणले नै उनको आमा र बुवाको मागि विवाह जुरेको उनले बताए ।

वर्षौंंपछिको नेपाल भ्रमणलाई उनी सक्दो सार्थक बनाउन चाहन्थे । बाजे आङरितादेखि आमाबुबाले गरेको दुःखलाई आत्मसाथ गर्ने अवसर पनि थियो यो उनका लागि । त्यसपछि २१ वर्षे नवजवान तेन्जिङको हिमाली यात्रा सुरु भयो उनको मामाघर दोलखा जिल्लाको रोल्वालिङ उपत्यकाबाट । जहाँ उनकी हजुरआमा किन्जुम शेर्पा थिइन् । त्यहाँको जनजीवन, सरलता, प्राकृतिक सौन्दर्यता अनि दुःखसँगैको खुशीले उनी मन्त्रमुग्ध भए । ‘सुरुमा नेपाल आउँदा सहरका मान्छेहरु आनन्दले घाम तापेको देख्दा अचम्म लाग्थ्यो, कामै नभएर होकि अल्छि भएर अचम्म लाग्थ्यो, तर जब हिमाल पुगें नेपाली जनजीवनको यथार्थ भोगें, त्यसपछि भने नेपालीहरु त सारै मिहेनती लाग्यो । हजुरआमा र मामाहरुको मिहेनतले मलाई मोहनी नै लगायो ।’, फुरुंग हुँदै उनले सुनाए ।

हिमालप्रतिको माया सम्मानले यतिविघ्न उत्साह थपेछ कि सबैभन्दा गाह्रो पदमार्ग मानिने टासीलाप्चा पास पार गर्दा होस् वा तेङ्बोचे (३८६० मि.) बाट एकै दिनमा गोरकशेप (५१६४ मि.) यात्रा गर्दा थकाइ र अप्ठ्यारा नै बिर्सिए ।

च्छोरोल्पा तालको दर्शन गरेर फर्कने सोच बनाएका उनी अब आफ्नो आमाले पसिना बगाएको बाटो टासी लाप्चा पास पार गरी आफ्नो गाउँ सोलुखुम्बु खुम्जुङ सम्मै जान तयार भए ।

‘मेरो कान्छा काका त्यहीं बस्नुहुन्छ । सानोमा मलाई धेरै माया गर्नुहुन्थ्यो । ममी ड्याडीको मिहेनत मैले पनि त अनुभव गर्नुपर्यो नि होइन ? मेरो मामाहरु फुर्वा थिले शेर्पा र निमा ग्याल्जेन शेर्पा सँगै हुनुहुन्थ्यो, मलाई डर भन्दा नि भर बेसी थियो । ’

उनी रोल्वालिङ उपत्यकाको अन्तिम मानववस्ती ना गाउँ (४२०० मि.), छुगिमा (४९२० मि.), जाबो–डेभिड लामा बिवाक (५०५० मि.), टासी लाप्चा (५७५५ मि.) , थेंबो (४२३० मि.), थामे (३८०० मि.) हुँदै नाम्चे (३७५० मि.) र त्यहाँबाट आफ्नो गाउँ खुम्जुङ (३७८० मि.) सम्मै पुगे ।

‘मेरो हजुरबा त खत्रै हुनुहुँदो रहेछ, भरिया हुन् कि बटुवा, सहरी हुन् कि गाउँले विदेशीले समेत चिन्ने ।’, उनी आफ्ना कुरा थप्दै गए, ‘बाजे राजाले दुई वटा मेडलबाट सम्मान गर्ने एक्लो आरोही हुनुहुन्छ रे ।’ हिउँचितुवा उपनाम, गोरखादक्षिण बाहु पदवी र गरिबीबाट माथि उठेर ठूलो नाम कमाएका परिवारका सन्तान हुनुमा गर्वबोध भएको छ उनलाई । ‘अमेरिकामा साथीहरुले तेरो घर त हिमालमुनि छ भन्ने गर्थे । साँच्चै त्यस्तै नै त रहेछ । गूगलमा देखेका हिमालहरु आँखा अगाडि हुँदा आइ रियल्ली फेल्ट ब्लेस्ड ।’, उनले जोडे । हिमालप्रतिको माया सम्मानले यतिविघ्न उत्साह थपेछ कि सबैभन्दा गाह्रो पदमार्ग मानिने टासीलाप्चा पास पार गर्दा होस् वा तेङ्बोचे (३८६० मि.) बाट एकै दिनमा गोरकशेप (५१६४ मि.) यात्रा गर्दा थकाइ र अप्ठ्यारा नै बिर्सिए ।

‘म पोखरा र लुम्बिनी भ्रमणमा जाँदा मान्छेहरु परालको घर र छाप्रोमा बस्दा पनि खुशी देखें । अमेरिकाका बच्चाहरु म जस्तो युवा भनुं, सबै सुविधा हुँदा पनि खुशी हुँदैनन्, मानसिक तनाव र रोगले पीडित छन् । इट मेक्स यु वान्न एप्रिसियट लाइफ, बी थ्याङ्फुल फर लाइफ ।’ नेपालमा प्रतिभा भएर पनि अवसर नरहेको उनको अनुभव छ, अवसर भएपनि राम्रो आम्दानी छैन । ‘अहिले म आफ्नो जीवन सही अर्थमा बाँच्न चाहन्छु । आइ वान्न टेक मोर एडभान्टेज अफ ह्वाट आइ हेभ । ’

आमादब्लम, थामसेर्कु, पुमोरी, नुप्से, ल्होत्से, ल्होला र सगरमाथालाई आँखै अगाडि देख्दा उनी अवाक्क भए रे । यस्तो अनुभव सम्भवतः उनले पहिलोपटक महशुस गरेका थिए । भन्छन्, ‘म बयानै गर्न सक्दिन । ’ अब उनी हजुरबुबाको सम्मानमा सगरमाथा आरोहण गर्ने निर्णयमा पुगेका छन् । उनलाई आफ्नी आमाले सगरमाथा आरोहण बारे धेरै कुरा बताएकी रहिछन् । मामा फुर्वा तेन्जिङ शेर्पाले थप उत्साह भरिदिए । हजुरबुबाकै सम्मानका खातिर उनले अर्को वर्ष सगरमाथा चढ्ने योजना बनाएका छन् । ‘यसका लागि मम्मीसँग सल्लाह गरेर खर्च जुटाउँछु, यो सपना पूरा भए अनि बल्ल म पूरा नेपाली हुनेछु । ’ उनले परिवार र स्वदेश प्रेम दर्शाए ।

उनी सन् २०१८ मा प्रथम महिला पत्रकार टोलीको नेतृत्व गर्दै मेलै सगरमाथा आरोहण गर्दाको अनुभव जान्न चाहन्थे, म भने उनको यो ५ महिने नेपाल भ्रमणको कथा सुन्न उत्साहित थिएँ । जसरी तेन्जिङले आफ्नो आमा, बुवा मामाहरुको मिहेनत र पसिनालाई स्वयंम आत्मसाथ गर्ने प्रयास गरे, बाजे आङरिताको जीवनको भोगाई ग्रहण गर्ने प्रयत्न गरे, आरोहीलाई आरोहणबाटै सम्मान गर्ने अठोट लिए, अझ त्यसमा पनि आरोहण सम्पन्न भएपछि पूर्ण नेपाली भएको महशुस गर्ने पृथक पाठ सिकेको बताए । यसले यी नवजवान युवालाई १५ वर्षमा नसिकेको चेतना नेपाल र हिमालले ५ महिनामा सिकाएको अनुभूत भयो ।

जुम मिटिङको यो वार्तालापमा मैले आफ्नो अन्तिम प्रश्न राखें, क्यालिफोर्निया फर्किदै छौं, नेपालबाट के सिक्यौ त ? नेपाल मै बसुं जस्तो लागेन ? ‘म पोखरा र लुम्बिनी भ्रमणमा जाँदा मान्छेहरु परालको घर र छाप्रोमा बस्दा पनि खुशी देखें । अमेरिकाका बच्चाहरु म जस्तो युवा भनुं, सबै सुविधा हुँदा पनि खुशी हुँदैनन्, मानसिक तनाव र रोगले पीडित छन् । इट मेक्स यु वान्न एप्रिसियट लाइफ, बी थ्याङ्फुल फर लाइफ ।’ नेपालमा प्रतिभा भएर पनि अवसर नरहेको उनको अनुभव छ, अवसर भएपनि राम्रो आम्दानी छैन । ‘अहिले म आफ्नो जीवन सही अर्थमा बाँच्न चाहन्छु । आइ वान्न टेक मोर एडभान्टेज अफ ह्वाट आइ हेभ । ’

तेन्जिङ क्यालिफोर्नियामा कार डिर्‍फ्टिङ गर्ने, गाडी बनाउने तथा फिटनेश सेन्टरमा काम गर्छन् । साथै उनको साथीसँगको साझेदारीमा घरपालुवा कुकुरसँग सम्बन्धित व्यवसायमा संलग्न छन् ।

यो पनि पढ्नुहोस्


यसरी पूरा भयो राजकुमारको सगरमाथा चुम्ने सपना (फोटो/ भिडियो)

अमेरिकाबाट हिमाल मुनिको यात्रा

के चाहिन्छ ! सगरमाथा चढ्न ?
राइज मिडिया नेटवर्कको झन्डा सगरमाथामा फहरिने
१५ औँ पटक सगरमाथा चढ्दै फुर्वा, प्रधानमन्त्री पत्नीले दिइन् शुभकामना
३०३ जनाले लिए आरोहण अनुमति
लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जब वर्षामास सुरु हुन्छ । तब, राजमार्गमा यात्रा गर्नेहरुको मन अतालिन्छ । अझै सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबाको फेदी छिचोल्न

कोरोनाको दोस्रो लहरको निषेधाज्ञा अहिले जारी छ । केही खुकुलो गरिएपनि पूर्ण रुपमा सबै कुरा सञ्चालनमा आउन सकेका छैनन् ।

आकर्षण केवल मेनिकेयर, पेडिक्योरहरू, मोइस्चराइजरहरू प्रयोग गर्ने, महँगो लुगा लगाउनु होइन । व्यक्तिगत सौन्दर्यता पनि आकर्षण हो । त्यहि व्यक्तिगत

काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा बढाइएको छ । उपत्यकाका तीन जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको