English

यस्तो छ दसैंको टीका, जमरा, दक्षिणा र आशिर्वादको महत्व



डा. गुरुप्रसाद सुवेदी, संस्कृतिविद्

दसैंलाई बडा दसैं, नवरात्री, दसहरा जस्ता विभिन्न नामले चिनिन्छ । यो चाड हिन्दु नेपालीहरुको विशेष र प्रमुख चाडको रुपमा मान्ने चलन रहिआएको छ । असोज महिनाको शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको आरधना गरी दशौँ दिन प्रसाद स्वरुप टीका तथा जमरा मान्यजनको हातबाट लगाई आशिर्वाद लिने चलन छ ।
दसैंमा टिका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परा मात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरु पनि लुकेका छन् यिनीहरुको विशिष्ट अर्थ र महत्व पनि छ ।

दसैं किन मनाउने ?

त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशौं दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दसैंलाई बडा दसैं एवम् विजयादशमीको नामले पुकारिन्छ । दसैंलाई असत्य माथि सत्यको विजयको रुपमा पनि हेरिन्छ ।
दसैंमा नवदुर्गाको नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पूजा तथा आराधाना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पूजा गरिन्छ । दशौं दिन विजयादशमीमा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टीका जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ ।

दसैंमा आफूभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आर्शिवाद लिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरुले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ ।आशिष भनेको शुभेच्छा हो ।

दसैंको आशिर्वाद

दसैंमा आफूभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आर्शिवाद लिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरुले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ ।
आशिष भनेको शुभेच्छा हो । सुभेक्छा शुभविचार ठुलाबडाले सानालाई दिनुपर्छ । ठुलाबडाले दिएको आर्शिवादले सानाले राम्रो कुरा सिकुन राम्रो बाटोमा हिड्ने प्रेरणा पाउन भन्ने पनि एउटा महत्व हो ।

दसैंको टिका

दसैंमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट आशिर्वाद लिन टिका थापिन्छ । यसरी मान्यजनले आशिष दिँदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ । टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ । साथै, रातो र सेतो टीका शान्ति एवं समृद्धिका प्रतीक हुन । यसले मस्तिष्क, मन र विचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने विश्वास गरिन्छ ।

दसैंमा टीका लगाइदिएपछि जमरा लगाउने चलन छ । घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र, टाउकोमा कपालभित्र वा कानमा आशिर्वाद दिँदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि छ । मन्त्र छ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकाश आउँदैन । त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।

जमरा

दसैंमा टीका लगाइदिएपछि जमरा लगाउने चलन छ । घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपी भित्र, टाउकोमा कपालभित्र वा कानमा आशिर्वाद दिँदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि छ । मन्त्र छ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकाश आउँदैन । त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।
जमराको धार्मिक पक्ष देवीमा अर्पण गरेका कुराहरु आफूले स्वीकार गरेर देवीको शक्ति आफूमा निहित गर्ने उदेश्यले जमरा लगाइन्छ । वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने यज्ञ–यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रुपमा लिइएको छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ ।
प्रशस्त औषधिय गुण पाइने हुनाले पनि अंकुरित जौलाई सांकेतिक रुपमा विजयादशमीको प्रसादका रुपमा ग्रहण गरिन्छ ।

दसैंको दक्षिणा

दसैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धन; वा द्रब्य नै दक्षिणा हो । विजयादशमीको दिन आ–आफ्नो गच्छे अनुसार मान्यजनबाट टीका लगाइसकेपछि दक्षिणा दिने गरिन्छ । सुख, शान्ती, शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्राउनु हो भन्ने आम विश्वास छ ।
दान दक्षिणा दसैंमा मात्र होइन अन्य समयमा पनि दिने गरिन्छ । दसैंमा विशेष गरी कन्याहरुलाई देवीको अवतारको रुपमा सम्मान गरेर दक्षिणा दिने प्रचलन छ ।
त्यसैले दसैं धार्मिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्व र मूल्य बोकेको पर्व हो । तर, पर्व मनाउँदा त्यसको वास्तविक मूल्य बुझेर, यथार्थ विधि पद्धति अनुसार निष्ठावान तरिकाले मनाउनुपर्छ । किनकि साधना नगरी फल त्यसै पाइन्न ।

(संस्कृतिविद् डा. गुरुप्रसाद सुवेदीसँग गरिएको कुराकानीमा आधारित )

यो पनि पढ्नुहोस् :
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested