English

चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम



दशैं नजिकिँदै गर्दा अहिले सहरबजारमा भिडभाड अत्यधिक बढेको छ । पछिल्लो केही महिना क्रमिक घट्दो क्रममा रहेको कोरोनाको जोखिम यस्ता भिडभाडले बढाउने हो कि भन्ने आशंका उब्जिन थालेको छ । संक्रमणको संख्यामा केही कमी देखिएतापनि जोखिम भने अझै कायम रहेको जनस्वास्थ्यविद् डा. शरद् वन्त बताउँछन् ।

चाडबाडमा होस् या अन्य समयमा हुने भिडभाडले कोरोना संक्रमितको संख्यामा वृद्धि हुन सक्ने भएकोले आम नागरिकले सचेत भएर स्वास्थ्य मापदण्डलाई अपनाउनुपर्ने डा. वन्तको सुझाव छ । ‘कोरोना संक्रमितको संख्यामा वृद्धि हुन नदिने हो भने अहिलेको समयलाई अवसरको रुपमा प्रयोग गरेर सचेत हुनुपर्छ,’ उनले भने, ‘अहिले तुलनात्मक रुपमा संक्रमितहरु घटेको अवस्था छ । त्यसैले सरकारले चाडबाडको बेलामा मात्र होइन अन्य समयमा पनि कोरोना फैलन नदिनको लागि धेरै प्रयास गर्नुपर्छ ।’

कोभिड–१९ ले नयाँ–नयाँ रुप परिवर्तन गर्ने, भेरियन्ट बनाउने जोखिम कायमै भएकाले रोकथाम र नियन्त्रणको प्रभावकारी एकमात्र उपाय भनेको जनस्वास्थ्यका मापदण्ड पालना रहेको डा. अधिकारी बताउँछन् ।

संक्रमण दर घटेको देखाएता पनि जति नियन्त्रण हुनुपर्ने हो त्यो भएको छैन । ‘मुख्य कारण त जनस्वास्थ्यको पालना राम्ररी नगर्नु नै हो । हामी जोखिमकै वरिपरी छौँ,’ उनी भन्छन्, ‘जोखिममुक्त नभइसकेको परिवेशमा चाहे त्यो विद्यालय होस् वा चाडपर्व, राजनीतिक भेटघाट, जुलस जस्ता कुराले संक्रमण विस्तार हुन सक्ने कुरालाई नकार्न सकिन्न ।’

कोरोना संक्रमण दिनहुँ घटेपनि यसको जोखिम भने कायमै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी कोरोना नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प नभएको बताउँछन् । ‘धेरैजसो मानिसहरु कोरोना विरुद्धको खोप लगाएकाले कोरोना नसर्ने भन्दै हेलचेक्राईँ गरिरहेका छन्,’ उनले भने, ‘यो नै सबैभन्दा ठूलो जोखिम हो ।’

कोभिड–१९ ले नयाँ–नयाँ रुप परिवर्तन गर्ने, भेरियन्ट बनाउने जोखिम कायमै भएकाले रोकथाम र नियन्त्रणको प्रभावकारी एकमात्र उपाय भनेको जनस्वास्थ्यका मापदण्ड पालना रहेको डा. अधिकारी बताउँछन् ।

‘सरकारले आफ्नो तर्फबाट यसलाई नियन्त्रण गर्ने कोशिस जारी राखेको छ,’ उनले भने, ‘देश बाहिरबाट आउनेहरुको कडा रुपमा स्वास्थ्य जाँच गर्ने । एक जिल्लाबाट अर्को जिल्लामा जानेहरुको तथ्यांक राख्ने र गाडीमा पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न लगाउने जस्ता कामहरु भईरहेको छ ।’

त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर चाडपर्व मनाउन डा. अधिकारीले आग्रह गरेका छन् । ‘मापदण्डलाई भूल्यौँ भने महामारीले अर्को रुप लिएर आउने जोखिम छ,’ उनले भने, ‘अबको महामारी कसरी अगाडी जान्छ भन्ने कुरा हामी सबैको हातमा छ । सकेसम्म भिडभाड नगर्ने, भौतिक दुरी कायम गर्ने र स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्दा आफूसँगै अरुलाई पनि संक्रमणबाट बचाउन सकिन्छ ।’

खोप नपाएका बालबालीका र दिर्घ रोगीहरु अझै संक्रमणको खतरामा छन् । त्यसैले संक्रमणको जोखिममा रहेका व्यक्तिहरुले विशेष ध्यान पुर्याएर भीडभाडमा जान नहुने डा. अधिकारी बताउँछन् । ‘चाडबाडमा मद्यपान गर्ने धेरै चिल्लो तथा अस्वस्थकर खाना खानाले पनि मानिसको रोग प्रतिरोधी क्षमता कम हुन गई संक्रमणको जोखिम बढ्छ,’ उनले भने, ‘चाडबाडमा खानामा पनि ख्याल राखेर पोषणयुक्त खाना खानुपर्छ ।’

संक्रामक रोग विशेषज्ञ डा.प्रभात अधिकारीका अनुसार आउँदै गरेको चाडबाडमा भिडभाड गरेर स्वास्थ्य मापदण्ड पालना नगर्दा जोखिम बढ्न सक्छ । त्यसैले चाडबाडका नाममा अनावश्यक भिडभाड नगर्न डा. अधिकारीको सुझाव छ । ‘रुघाखोकी जस्ता लक्षण देखियो भने हेल्चेक्राईँ गर्नु हुँदैन । आइसोलेसनमा बसेर परीक्षण गरि हाल्नु पर्छ,’ उनले भने, ‘केही व्यक्तिहरु लक्षणहरु देखियो भने सामान्य रुघाखोकी होला भनेर हेल्चेक्राई गरेर बस्नु हुन्छ । यसो गर्दा दशैँको बेलामा घरमा टिका लगाउन आउने व्यक्तिहरुमा संक्रमण फैलने साम्भावना हुन्छ ।’

खोप नपाएका बालबालीका र दिर्घ रोगीहरु अझै संक्रमणको खतरामा छन् । त्यसैले संक्रमणको जोखिममा रहेका व्यक्तिहरुले विशेष ध्यान पुर्याएर भीडभाडमा जान नहुने डा. अधिकारी बताउँछन् । ‘चाडबाडमा मद्यपान गर्ने धेरै चिल्लो तथा अस्वस्थकर खाना खानाले पनि मानिसको रोग प्रतिरोधी क्षमता कम हुन गई संक्रमणको जोखिम बढ्छ,’ उनले भने, ‘चाडबाडमा खानामा पनि ख्याल राखेर पोषणयुक्त खाना खानुपर्छ ।’

चाडबाडको बेलामा बजार तथा गाडीहरुमा धेरै भिडभाड हुन्छ । त्यसलाई नियन्त्रण गर्न सरकारले प्रहरी तथा ट्राफिकहरुलाई सुसुचित गर्नुपर्छ । एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा त्यहाँको स्थानीय सरकारले त्यसको व्यवस्थापन गर्नु पर्ने डा. अधिकारी बताउँछन् । उनी भन्छन्, ‘कोही व्यक्ति बिरामी हुने बित्तिकै उसले उपचार पाइहाल्ने व्यवस्था गर्नुपर्छ र सबै नागरिकलाई खोप उपलब्ध गराउनु पर्छ अनि मात्र जोखिमको न्युनिकरण गर्न सकिन्छ ।’

यो पनि पढ्नुहोस्
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?
सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,