English

दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?



दसैंमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ ।

एक निजी कलेजमा अध्ययनरत धनगढीका निशान खड्का आज बिहानै दसैंमा घर जाने टिकट लिन नयाँ बसपार्क पुगे । काठमाडौँको चाबहिलमा डेरा लिएर बस्दै आएका उनी बिहान ५ बजे नयाँ बसपार्क पुगेका थिए । यही असोज २२ गते घर जाने तयारीमा रहेका उनले दुई घण्टाको प्रतिक्षापछि टिकट लिए । औधी खुशी हुँदै यनले भने,‘अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन सहज भयो ।’

काठमाडौँबाट कैलाली हुँदै लम्की जाने तयारीमा रहेका आशिष पाण्डे टिकट लिन बिहान ४ बजे अन्यसाथीसहित नयाँ बसपार्क पुगे । निजी कम्पनीमा कार्यरत उनले यही असोज २५ गते लम्की जानका लागि एकजनाको दुई हजार ३५ रुपैयाँ भाडा तिरेर टिकट लिए । उनी काठमाडौँको पेस्सीकोलाबाट टिकट लिन नयाँ बसपार्क पुगेका थिए ।

यस्तै, प्यूठान जानका लागि टीकाराम पोखरेल बिहान ५ः३० बजे नयाँ बसापार्क पुगे । जावलाखेल एक निजी कम्पनी नुवाकोटमा कार्यरत उनले भने,‘अघिल्ला वर्षभन्दा यस वर्ष टिकट लिन व्यवस्थित गरिएको रहेछ । टिकट लिन सजिलो भयो ।’

सरकारले यस वर्षको दसैंका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन्थ्यो ।

सङ्क्रमण यथावत रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्सेले ३४ सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० सुरक्षाकर्मी खटाएको छ ।

गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन । यस वर्ष भने समयमा नै अग्रिम टिकट बुकिङ खुला गरिएको हो । यसका लागि नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा ११ टिकट बुकिङ काउण्टर थप गरेको छ ।

प्रालिका महाप्रबन्धक सुनिल कुँवरले दसैंमा घर जाने यात्रुलाई व्यवस्थितरुपमा टिकट प्रदान गर्नका लागि टिकट काउण्टर थप गरिएको जानकारी दिए । गत वर्षमा यात्रुलाई हस्तलिखित टिकट प्रदान गरिँदै आए पनि यसपटक भने हस्तलिखित र प्रविधिमैत्री दुबै खाले टिकट वितरण गरिएको छ ।

सङ्क्रमण यथावत रहेकाले अग्रिम टिकट बुकिङका लागि भौतिक दूरी कायम गरिएको छ । बसपार्क क्षेत्रमा चाडपर्वमा हुनसक्ने लुटपाट, चोरी, डकैतीलाई न्यूनीकरण गर्नका लागि लोत्सेले ३४ सेक्युरिटी गार्ड र नेपाल प्रहरीले ४० सुरक्षाकर्मी खटाएको छ ।

यस्तै, दसैंमा यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माण गर्न गाडीलाई राम्रो किसिमको मर्मतसम्भार गर्नुका साथै माक्स र स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाइएको उनले भने । प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले अग्रिम टिकट बुकिङका लागि बसपार्कमा ११ टिकट काउण्टर थप गरेको जानकारी दिए । बसपार्कबाट हाल ३२ टिकट काउण्टरमार्फत कम्युटर प्रणालीको माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आएको छ ।

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमति किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको सो बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले गत वर्षजस्तो यस वर्ष दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङका लागि आउने यात्रुको सङ्ख्या कमी भएको जानकारी दिए । ‘कोरोना सङ्क्रमण र बाटोको दूरावस्थाका कारण गत वर्षका तुलानामा यसवर्ष अग्रिम टिकट लिन आउनेको सङ्ख्या घटेको हुनसक्छ ’, उनले भने । उनी यात्रुलाई टिकट लिएपछि राम्रोसँग आफू जाने गन्तव्यस्थल, मिति र समय हेर्न आग्रह गर्छन् ।

महासचिव सिटौला यात्रुको चापलाई हेरेर यातायात व्यवसायीले बस थप्दै जाने बताउँछन् । नयाँ बसपार्कबाहेक चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीबाट समेत अग्रिम टिकट बुकिङ सुरुआत गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षले राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्ने जनाएको छ ।

कहाँको भाडा कति ?
टिकट बुकिङको क्रममा यात्रुहरू भाडादरमा ठगिने पनि हुन सक्छन् । त्यसैले आफू जाने गन्तव्यको लागि सरकारले तोकेको भाडादरको जानकारी राख्नु राम्रो हुन्छ ।

यो पनि पढ्नुहोस् :
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
सुपथ मुल्यका पसल चाडबाडमा मात्र लक्षित किन ?



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested