English

सुपथ मुल्यका पसल चाडबाडमा मात्र लक्षित किन ?



सरकारले चाडपर्वलाई लक्षित गरेर असोज १ गतेदेखि उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल खाद्य संस्थान, साल्ट्रटेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई सहुलियत दिन सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको हो ।

यसरी उपत्यका तथा उपत्यका बाहिर केही ठाउँमा खोलिएका सुपथ मुल्य पसलहरुबाट आमनागरिकले कसरी लाभ लिन सक्लान् त ? छुट कसरी उपभोग गर्न पाउँछन् ? यो प्रश्न पनि जिउँका तिउँ छ ।

अहिले हामी ३ तहको सरकारको अभ्यास गरिरहेका छौँ । संविधानले नै संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई उपभोक्ता हितसम्बन्धि अधिकारको व्यवस्था गरेको छ,’ सेडाई भन्छन्, ‘संघिय सरकारले उपभोक्तालाई राहत दिन यस्तो व्यवस्था गरेको छ भने जनताको नजिक रहेको स्थानीय तह र प्रदेश सरकारले पनि यस किसिमको प्रबन्ध गर्न सक्यो भने बल्ल धेरै उपभोक्ताले लाभ पाउन सक्छन् ।’

नेपालले संवैधानिक रुपमै अवलम्बन गरेको अर्थ नीति भनेको खुला उदार र बजारमुखी अर्थ व्यवस्था हो । यसमा मुख्य भुमिका निजि क्षेत्रको हुन्छ । अहिले हामी कोभिड माहामारीकै अवस्थामा छौँ । यसले आम उपभोक्ताहरुको क्रय शक्ति कमजोर भएको छ । दशैँ तिहारमा धेरै कारोबार हुने भएकोले आम उपभोक्ताको खर्चमा अलिकति राज्यको सहायता भयो भने आम नागरिकले केही राहत पाउँथे । र चाडबाडको अवसर पारेर निजी क्षेत्रले जथाभावी मुल्य वृद्धि गर्न नपाओस भन्ने उदेश्यले सुपथ मुल्य पसल संचालन गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेडाई बताउँछन् ।

‘अहिले हामी ३ तहको सरकारको अभ्यास गरिरहेका छौँ । संविधानले नै संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई उपभोक्ता हितसम्बन्धि अधिकारको व्यवस्था गरेको छ,’ सेडाई भन्छन्, ‘संघिय सरकारले उपभोक्तालाई राहत दिन यस्तो व्यवस्था गरेको छ भने जनताको नजिक रहेको स्थानीय तह र प्रदेश सरकारले पनि यस किसिमको प्रबन्ध गर्न सक्यो भने बल्ल धेरै उपभोक्ताले लाभ पाउन सक्छन् ।’

असोज १ गतेबाट संचालन भएको सुपथ मुल्य पसल कार्तिक २४ गतेसम्म संचालन हुने, र देशका ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

सरकारले कायम गरेको मूल्य दरअनुसार चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रुपैयाँ छुट गरिएको छ । त्यस्तै, भटमासको तेल, मासु र कर्णालीको सिमीमा १० रुपैयाँ छुट गरिएको छ ।

सबै आमनागरिकले आफ्नो क्षमताअनुसार चाडबाड मनाउने गर्छन् । यस्तो समयमा सामानहरु धेरै मात्रामा बिक्री हुने भएकाले बजारमा सामानको अभाव नहोस् केही मात्रामा भए पनि सस्तो मुल्यमा उपभोक्ताले सामानहरु पाउन सकुन् भन्ने उदेश्यले चाडबाड लक्षित गरेर यस्ता सुपथ मुल्य पसलहरु खोलिएको उनी बताउँछिन् ।

उनका अनुसार लिमिटेडले नै देशभर सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सरकारले कायम गरेको मूल्य दरअनुसार चामल, दाल, चिउरा, पिठो र तेलमा पाँच रुपैयाँ छुट गरिएको छ । त्यस्तै, भटमासको तेल, मासु र कर्णालीको सिमीमा १० रुपैयाँ छुट गरिएको छ । उपत्यकाभित्र नख्खु, थापाथली, रामशाहपथ, जावलाखेल, बल्खु, टेकु, जडीबुटी, सल्लाघारीलगायतका स्थानबाट सुपथ मूल्यमा खाद्य वस्तुको बिक्री–वितरण गरिने छ ।

उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगन्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरा, हुम्ला,जारजरकोट र बाजुरा लगायतका स्थानबाट खाद्य वस्तु बिक्री–वितरण हुने बताइएको छ । यसबाहेक हरेक वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ लिमिटेड, खाद्य संस्थान र दुग्ध विकास संस्थानले पनि विभिन्न ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका छन् । विभिन्न निकायद्वारा सञ्चालित सुपथ मूल्य पसल बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुन्छन् ।

यो वर्ष कोभिड संक्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भिडभाड नहुने गरी खाद्यान्न बिक्री–वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको हुनाले स्वास्थ्य मापडण्डलाई विशेष प्राथमिकता दिएर सुपथ मुल्य पसलहरु संचालन गरिरहेको सुवेदीले बताइन् ।

यो पनि पढ्नुहोस् :

असोज १० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने, कहाँ–कहाँबाट लिन पाइन्छ ?
नेपाली चलचित्र : डिजिटल रिलिज कत्तिको सुरक्षित ?

८२ चलचित्र अलपत्र : ‘करोडौं लगानी, बालुवामा पानी’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,