English

नेपाली चलचित्र : डिजिटल रिलिज कत्तिको सुरक्षित ?



कोरोना महामारीका कारण सबै क्षेत्र अस्तव्यस्त छन् । त्यो मध्ये पनि नेपाली चलचित्र क्षेत्र घाटा व्यहोर्नेमा अग्रपङ्तीमा पर्छ । २०७६ साल चैत ५ यता सबै सिनेमा हलहरु बन्द छन् । कोरोनाको पहिलो छालमा कमी आएसँगै केही महिना हल खुले, चलचित्र प्रदर्शन पनि भए तर दर्शक गएनन् । फेरि, कोरोनाको दोस्रो लहरले पुनः हलहरु बन्द छन् । २ दर्जनभन्दा बढी हलहरु त सदाका लागि बन्द भइसकेका छन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी चलचित्र क्षेत्रलाई चलायमान बनाउन डिजिटल प्लेटफर्मलाई अहिले विकल्पको रुपमा अघि बढाउँदा केही राहत मिल्न सक्ने बताउँछन् ।

यही महामारीकै बीचमा बलिउड तथा हलिउड चलचित्र उद्योगमा डिजिटल रिलिज सुरु भइसकेको छ । त्यसैले नेपालमा पनि डिजिटल रिलिज बारे कुरा उठिरहेको छ । तर, नेपालमा डिजिटल रिलिज कत्तिको सुरक्षित छ त ? यो प्रश्न बहसमै छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी चलचित्र क्षेत्रलाई चलायमान बनाउन डिजिटल प्लेटफर्मलाई अहिले विकल्पको रुपमा अघि बढाउँदा केही राहत मिल्न सक्ने बताउँछन् । ‘कोरोना महामारीले गर्दा हलिउड, बलिउडमा पनि अनलाईनमार्फत फिल्म रिलिज भईरहेकाले नेपालमा पनि अब त्यसको बारेमा सोच्ने बेला आएको छ,’ उनले भने, ‘प्रदर्शनको तयारी अवस्थामा पुगेका चलचित्र प्रदर्शन हुन नसक्दा समस्या भएको छ त्यसैले नेपाली चलचित्रलाई पनि डिजिटल प्लेटफर्ममा लग्यौ भने अन्तराष्ट्रिय रुपमा पनि ख्याती कमाउन सफल हुन्छौ ।’

तत्काल हल खुले पनि ६ महिनादेखि १ वर्षसम्म दर्शक आउने वतावरण छैन । साँच्चै पहिला जस्तो दर्शकको भीड हलमा देखिँदैन त्यसैले पनि डिजिटल रिलिजमा जानुको विकल्प नरहेको अधिकारी बताउँछन् । डिजिटल प्लेटफर्म वैकल्पिक उपाय भएपनि नेपालको सबै भुगोल र जनताको पहुँचमा इन्टरनेट नपुगेकोले यो उपयुक्त नभएकोे निर्देशक दिपेन्द्र के खनाल बताउँछन् । ‘फिल्मको लगानी उठेर केही फाइदा हुने हो भने त यो विकल्प राम्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘नेपालमा डिजिटल प्रविधिको सहज पहुँच नभएसम्म ओटीटी प्लेटर्फममा फिल्म रिलिज गरेर फिल्मको लगानी पनि उठ्न गाह्रो पर्ने अवस्था छ ।’

डिजिटल प्लेटफर्म विदेशमा त सफल छ तर, नेपालको सन्दर्भमा सफल हुने सम्भावना कम रहेको अभिनेता तथा निर्माता दिपकराज गिरी बताउँछन् ।

तर, फिल्मको डिजिटल रिलिज गर्दा थोरै मात्र नाफा हुन्छ भने पनि यस्तो अवस्थामा रिलिज गर्न तयार रहेको खनाल बताउँछन् । तर, डिजिटल प्लेटर्फममा जनताको पहुँच हुनुपर्यो । यसैगरी, अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला पनि अब हलको विकल्प खोज्नुपर्ने बेला आएको बताउँछिन् । ‘हल कहिले खुल्छ भनेर बस्नु भन्दा पनि केही वैकल्पिक उपाय खोज्दा राम्रो हुन्छ, उनी भन्छिन्, ‘मपनि टेलिभिजनमार्फत केही नयाँ कार्यक्रम ल्याउने तयारीमा छु । टिभी मार्फत भए पनि दर्शकहरुसँग जोडीने सोच बनाउँदै छु ।’

डिजिटल प्लेटफर्म विदेशमा त सफल छ तर, नेपालको सन्दर्भमा सफल हुने सम्भावना कम रहेको अभिनेता तथा निर्माता दिपकराज गिरी बताउँछन् । नेपालमा ओटीटी प्लेटफर्म प्रयोगकर्ता नै कम छन् । अर्को चाँही नेपालमा पाइरेसी चलचित्र हेर्नेहरुको संख्या धेरै छ । ‘हामीले पनि चलचित्रलाई डिजिटल प्लेटफर्ममा प्रदर्शन गरेका थियौं तर, अत्याधिक पाइरेसी भयो ।’

हलिउड र बलिउडमा यसको प्रयोग भएर सफल भइसकेकाले नेपालमा पनि यो प्रविधि भित्राउँदा सुनमा सुगन्ध हुने अभिनेता विपिन कार्की बताउँछन् ।

पैसा तिरर भन्दा पनि सकेसम्म पाइरेसी चलचित्र हेर्न मन पराउने बानी नेपाली दर्शकहरुको छ । नेपाली फिल्मको मार्केट नै सानो छ । सबैको पहुँच डिजिटल प्लेटफर्ममा छैन । पाइरेसी गरेका फिल्महरु हेर्न हुँदैन भन्ने चेतना पनि सबैमा हुन जरुरी रहेको गिरी बताउँछन् ।नेटफ्लिक्स, एमाजोन प्राइममा प्रदर्शन गर्न क्वालीटीका कारण गाह्रो छ । तर, भविष्यमा नेपाली फिल्मका लागि डिजिटल प्लेटफर्म पनि एउटा राम्रो विकल्प हुन सक्ने उनी बताउँछन् । अहिले युगनै डिजिटल प्लेटफर्मको भइसकेको छ ।

हलिउड र बलिउडमा यसको प्रयोग भएर सफल भइसकेकाले नेपालमा पनि यो प्रविधि भित्राउँदा सुनमा सुगन्ध हुने अभिनेता विपिन कार्की बताउँछन् । फिल्महरु हल तथा थिएटरकै लागि बनेको हुन्छ । तर, महामारीले सबै हलहरु बन्द भएको छ । कति समय पछि सबै कुरा नर्मल हुन्छ भन्ने टुङ्गो छैन । त्यसैले नयाँ प्रवृतिसँग जोडिँदा केही राहत मिल्न सक्ने कार्कीको धारणा छ ।

‘थिएटरलाई बन्द गरेर पुरै डिजिटल प्लेटफर्ममा जानुपर्छ भनेको हैन,’ कार्की भन्छन्,छन्, ‘हल सँगसँगै डिजिटल प्लेटफर्मलाई पनि अगाडी बढाइयो भने धेरै दर्शक समक्ष पुग्न सक्छ । तर समय अनुसार चलेर नयाँ प्रविधिलाई भित्राएनौ भने हामी झन् पछि पर्छौं ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,