English

८२ चलचित्र अलपत्र : ‘करोडौं लगानी, बालुवामा पानी’

२ वर्ष थलिएको चलचित्र क्षेत्र कसरी उठ्ला ?


२०७६ चैत ५ गतेबाट बन्द भएका चलचित्र हल अझैसम्म खुल्न सकेका छैनन् । कोरोनाको एकपछि अर्को छालका कारण यतिबेला चलचित्र छायांकनको काम पनि ठप्प छ । प्रदर्शोन्मुख रहेका २ दर्जनभन बढी चलचित्र थन्किएका छन् । कतिपय सिनेमा हल नै बन्द भइसके भने थुप्रै हल सञ्चालकहरु उठ्नै नसक्ने गरी आर्थिक रुपमा थला परेका छन् ।

नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान

अब यस्तो अवस्थाबाट फिल्म क्षेत्र कसरी माथि उठ्ला ? भन्ने चिन्ताले आम चलचित्रकर्मीलाई सताएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान बताउँछन् । ‘कोरोना महामारी कहिलेसम्म जान्छ भन्ने टुङ्गो छैन अब फेरि तेस्रो भेरियन्ट पनि आउँछ भन्ने अनुमान स्वास्थ्यकर्मीहरुले गरिरहेका छन्,’ उनले भने, ‘महामारीको त्रासबाट बाहिर ल्याउन मनोरञ्जन क्षेत्रको ठूलो भूमिका हुन्छ, त्यसैले यो कोरोना माहामारीको डर हटेपछि राम्रो चलचित्र बनाउन सकियो भने दर्शकहरु हलसम्म आउँछन् ।’

सरकारले फिल्म क्षेत्रको विकासलाई केही सहयोग गर्ने हो भने पक्कै पनि सुस्ताएको फिल्म क्षेत्र फेरी बिस्तारै अगाडि बढ्ने सरोकारवालाहरु बताउँछन् । अहिलेको अवस्थामा सबैभन्दा बढी मारमा फिल्म क्षेत्र नै परेको छ । १५ देखि २० वटा हलहरु अब उठ्न नसक्ने भन्दै बन्द भइसकेको प्रधान बताउँछन् । ‘चलचित्र क्षेत्रलाई नीतिगत रुपमा राहत प्याकेजको व्यवस्था भयो भने यो क्षेत्रले केही गती लिन सक्छ,’ प्रधान भन्छन्, ‘अर्थ मन्त्रालयलाई ६ बुँदे माग पेस गरेका छौं ।’

हल सञ्चालक ५ करोड घाटामा

नेपालमा १ सय ९० को हाराहारीमा सिनेमा हल छन् । जसमध्ये, मल्टिप्लेक्स ७० वटाजति छन् । त्यसैले कोरोना महामारीको यो अवस्थामा एउटा हल सञ्चालकलाई हालसम्म ५ करोडभन्दा बढी घाटा भएको प्रधान बताउँछन् ।

त्यसैले सरकारले नीति तथा कार्यक्रममा कोरोनाबाट प्रभावित सबै क्षेत्र देख्यो तर, चलचित्र क्षेत्रलाई उपेक्षा गरेको प्रधानको गुनासो छ । ‘सरकारले होटल रेष्टुरेन्टलगायत सबै क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राख्यो तर, चलचित्र क्षेत्रलाई उपेक्षा किन गरेको ?,’ प्रश्न गर्दै प्रधान भन्छन्, ‘चलचित्र क्षेत्र राष्ट्रको संस्कृती, पर्यटन, भेषभुषालगायतका क्षेत्रसँग जोडिएको छ । यहाँ १ लाखभन्दा बढी जनशक्ति जोडिएका छन् । यही क्षेत्रलाई सरकारले उपेक्षा गर्नु दुःखद् हो ।’

‘डिजिटल माध्यमको विश्व बजारमा कसरी जाने कसरी जोडिने भनेर निर्माता संघले पहल गरिरहेको छ,धेरै मात्रामा चलचित्र निर्माण गर्नु भन्दा पनि राम्रा चलचित्रहरु निर्माण तर्फ जोड दियौं र नेपाली कथानक विषयवस्तुलाई जोड दिइयो भने चलचित्र क्षेत्र फेरि उठ्छ र विश्व बजारमा पनि ख्याती कमाउन सक्छ ।’

यो बेला सरकारले यो चलचित्र क्षेत्र उठाउनका लागि अनुदान, २ वर्षजति करमा छुट दिने हो भने सहज हुने प्रधानको भनाई छ । ‘हामीलाई नगद बाँड्नु पर्दैन,’ उनले भने, ‘२ वर्ष सरकारले नीतिगत रुपमा सहयोग गरोस् बाँकी हामी नै गर्छौं ।’

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि चलचित्र क्षेत्रलाई पलायन हुनबाट जोगाउन सरकारले बेलैमा ध्यान केन्द्रीत गर्नुपर्ने बताउँछन् । ‘चलचित्र क्षेत्रलाई कसरी उठाउने भन्ने विषयमा निजी संघ संस्थाहरुले विभिन्न योजनाहरु बनाइरहेका छन्,’ उनले भने, ‘चलचित्र क्षेत्रलाई डुब्न र पलायन भएर जान त हामी दिँदैनौँ। तर, यसलाई उठाउन सरकारको साथ र सहयोगको जरुरी छ ।’

२३ जेठमा उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलसँग भेटगरी चलचित्र निर्माण, प्रदर्शन, कलाकार, श्रस्टा, सर्जक, गीत–संगीत, श्रमजीवी चलचित्रकर्मीले कोभिडबाट भोगेका समस्या र सोको समाधानबारे छलफल गरेका थिए । । ‘बैंकिङ सहुलियत, सुबिधाका लागि मौद्रिक नीतिको पर्खाइमा छौ,’ अधिकारीले भने ।

अबको विकल्प के ?

तत्काल महामारी सामान्य अवस्थामा आउने छाँटकाँट छैन । त्यसैले डिजिटल, ओटिटि र अनलाईन सिनेमा रिलिजलाई पनि विकल्पको रुपमा लिइएको अधिकारी बताउँछन् । ‘डिजिटल माध्यमको विश्व बजारमा कसरी जाने कसरी जोडिने भनेर निर्माता संघले पहल गरिरहेको छ,’ उनी भन्छन्, ‘धेरै मात्रामा चलचित्र निर्माण गर्नु भन्दा पनि राम्रा चलचित्रहरु निर्माण तर्फ जोड दियौं र नेपाली कथानक विषयवस्तुलाई जोड दिइयो भने चलचित्र क्षेत्र फेरि उठ्छ र विश्व बजारमा पनि ख्याती कमाउन सक्छ ।’

सबै नागरिकले कोभिड खोप पाएपछि मात्र चलचित्रसँगै अन्य व्यापार व्यवसायहरु चलायमान हुने अधिकारीको बुझाई छ । ‘गत वर्ष पनि १÷२ महिना त हल खुलेका थिए,’ उनले भने, ‘तर जनता हलसम्म आएनन् त्यसैले कोरोना खोप नै अहिलेको पहिलो प्राथमिक्ता हो ।’

‘छायाँकन सकिएर प्रर्दशनको तयारीमा रहेको चलचित्र प्रदर्शन हुन पाएका छैनन्, महामारी विस्तारै कम हुँदै गयो भने पनि फिल्म क्षेत्र अन्तिममा मात्र खुल्छ, अनलाईन मार्फत फिल्म रिलिज गर्ने अवस्था पनि अहिलेसम्म नेपालमा छैन ।’

अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला

कोरोना महामारीले थलिएको चलचित्र क्षेत्र तत्काल माथि उठ्न गाह्रो रहेको अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला बताउँछिन् ।

‘कोरोना संक्रमणको त्रास क्रमश कम हुँदै गएपछि सबै संघसस्थाहरु मिलेर चलचित्र क्षेत्रलाई अगाडी बढाउनु पर्छ,’ उनी भन्छिन्, ‘यो क्षेत्रलाई कसरी चलयमान बनाउन सकिन्छ सरकारबाट के–के राहत मिल्न सक्छ भन्ने विषयमा छलफल गरिरहेका छौं ।’

सामान्य अवस्था आएर हल खुल्ने वातावरण भएपछि प्रदर्शनका लागि तयार रहेका चलचित्रलार्य पहिलो प्राथमिक दिनुपर्ने सबैको राय छ । हलहरु खुल्ने बित्तिकै चलचित्रहरु तछाड मछाड गरेर प्रदर्शन गर्नु हुँदैन । सबै निर्माता बाँचोस् भन्ने कुराको पहल गर्नुपर्ने निरौला बताउँछिन् ।

उनी पनि छक्का पन्जा ४ को छायाँकनको तयारीमा थिइन् । यद्यपि, महामारीका कारण रोकियो । त्यसैले यो बेला टेलिभिजनमार्फत कुनै कार्यक्रम ल्याउने विचारमा उनी छिन् ।

निर्देशक दिपेन्द्र के खनाल

फिल्म क्षेत्र अब कसरी माथि उठ्ला भन्ने विषय नै अहिले अन्योलको विषय भएको निर्देशक दिपेन्द्र के खनाल बताउँछन् । ‘छायाँकन सकिएर प्रर्दशनको तयारीमा रहेको चलचित्र प्रदर्शन हुन पाएका छैनन्,’ उनले भने, ‘महामारी विस्तारै कम हुँदै गयो भने पनि फिल्म क्षेत्र अन्तिममा मात्र खुल्छ, अनलाईन मार्फत फिल्म रिलिज गर्ने अवस्था पनि अहिलेसम्म नेपालमा छैन ।’

अनलाईन मार्फत रिलिज गर्दा फिल्म निर्माणमा लागेको पैसा उठ्यो र थोरै नाफा भयो भने त्यो पनि एउटा विकल्प हुने उनी बताउँछन् । तर, त्यसरी फिल्म रिलिज गर्दा लागतको एक भाग पनि उठ्दैन त्यसैले त्यो पनि विकल्प बन्न नसकेको हुनाले यस क्षेत्रलाई उठ्न र गति लिन लामो समय लाग्न सक्ने उनको भनाई छ ।

स्थिती बिस्तारै सामान्य भएपछि बजारमा समय सापेक्ष कथावस्तु बोकेका चलचित्रहरु बढी रुचाइने खनाल बताउँछन् । ‘अन्य देशको सन्दर्भ हेर्ने हो भने पनि दोस्रो विश्व युद्धपछि त्यसै विषयवस्तुमा आधारित चलचित्र बढी रुचाइएको थियो,’ खनाल भन्छन् ‘आशा गरौँ सबैकुरा बिस्तारै ठिक हुँदै जान्छ र हामी पहिलेकै अवस्थामा फर्कन पाउँछौ ।’

हाल ८२ वटा लगानी भइसकेका चलचित्र थन्किएर बसेका छन् । जसमध्ये ३५ वटा प्रदर्शनको तयारीमा, २८ वटा पोष्ट प्रोडक्सन र बाँकी छायाँकन सुरु हुने चरणमा थिए ।

निर्माताको लगानी बालुवामा पानी

केही दिन अघि चलचित्र निर्माता संघले नेपाल उद्योग वाणिज्य संघ लगायतका विभिन्न सरोकारवाला निकायसँग एउटा छलफल गरेको थियो । उक्त छलफलका क्रममा निर्माताहरुको मात्र २ वर्षको अवधिमा १ अर्ब ५५ करोड लगानी चौपट भएको तथ्यांक निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जनाएका थिए ।

अधिकारीका अनुसार हाल ८२ वटा लगानी भइसकेका चलचित्र थन्किएर बसेका छन् । जसमध्ये ३५ वटा प्रदर्शनको तयारीमा, २८ वटा पोष्ट प्रोडक्सन र बाँकी छायाँकन सुरु हुने चरणमा थिए । ‘सबैले कलाकारदेखि प्राविधिकसम्मलाई पैसा तिरिसकेका छन्,’ उनले भने, ‘उनीहरु त्यो ऋणको व्याज तिरिरहेका छन् त्यसैले यतिबेला निर्माताहरु ठूलो आर्थिक चपेटामा छन् ।’

बेलायती रेलमा गोर्खाली शान (भिडियोसहित)
सवारी चालक अनुमति पत्रको नयाँ नियम कहिलेबाट ?



...
зарубежные сериалы в хорошем HD качестве

Hi, yes this piece of writing is in fact good and I have learned lot of things from it about blogging. thanks. зарубежные сериалы смотреть онлайн

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो