English

बेलायती रेलमा गोर्खाली शान (भिडियोसहित)

भिसी तुल बहादुर पुनका छोरा अर्जुनसँगको कुराकानी


भिसी तुल बहादुर पुन

वीर गोर्खालीको सान विश्वमा यति छ कि बयान गरि साध्य छैन । पहिलो विश्वयुद्धपछि गोर्खालीको नाम सुन्नासाथ विश्व शासकहरुको मुटु थर्किन्थ्यो । त्यसो त जर्मन सम्राट कैजर विलियम (द्धितिय) ले त्यतिबेला भनेका थिए, ‘म मेरा प्यारा सैनिकलाई संसारका कुनैपनि सेनासँग लडाउन रत्तिभर डर मान्दिन, तर गोर्खालीको नाम सुन्नासाथ मेरो मुटु थर्किन्छ ।’

मुटु थर्काउने वीर गोर्खालीहरुले विश्वसामू अमिट छाप छोडेका छन् । तिनैमध्येका एक हुन– तुलबहादुर पुन । पुनको निधन भएको १० वर्ष बितिसक्यो । तर, उनकै नाम, काम र सम्मानबाट फेरि एकपटक सारा नेपालीको शिर ठाडो भएको छ ।

भिक्टोरिया क्रस विजेता गोरखा सैनिक पुनको सम्मानस्वरूप बेलायतमा बुधबारबाट भिसी तुलबहादुर पुन अंकित रेल सेवा सुरू भएको छ । लण्डनको प्याडिङ्टन स्टेशनमा ग्रेट वेस्टर्न रेल्वेले आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले रेल सेवाको शुभारम्भ गरे । योसँगै आज फेरि एक वीर गोर्खालीको गाथाले विश्व भ्रमण गरेको छ ।

को हुन् तुलबहादुर पुन ?

तुल बहादुर पुन १९२३/२०११ भिक्टोरिया क्रस विजेता नेपाली हुन् । सन् १९४० मा बेलायती सेनामा भर्ती भएका पुनले दोश्रो विश्वयुद्धमा बर्माको लडाईंमा अद्वितीय युद्धकला प्रदर्शन गरेका थिए । यसबापत उनले २१ वर्षको उमेरमा बेलायतको सर्वोच्च सैन्य पदक भिक्टोरिया क्रस पाएका हुन् । वि.सं १९६९ फागुन २१ गते म्याग्दीमा जन्मिएका पुन ३ नम्बर बटालियन, ६ नम्बर गोर्खा राइफल्स गणमा कार्यरत थिए ।
बेलायत अधिनस्त भारतीय सेनाको १०११९ नम्बर सिक्स गोर्खा राईफल्स पल्टनमा कार्यरत रहँदा २३ जुन १९४४ मा बर्माको मकाउ रेल्वे पुलमा जापानी सैनिकको भीषण युद्धमा घाईते अवस्थामा पनि एक्लै बहादुरी पूर्वक लडी युद्ध जित्न सफल भएका थिए ।

यो युद्धमा उनले सबै जापानी सैनिकलाई परास्त गरी २ वटा मेशिनगनसहित धेरै हातहतियार कब्जा गर्न सफल भए । यो पदक उनलाई १ जनवरी १९४५ मा नयाँ दिल्लीको लालकिल्ला लर्ड ओभलमा प्रदान गरिएको थियो । मुटुको समस्याबाट पीडित पुन बेलायतस्थित चिज्विक वार मेमोरियल होममा बस्दै आएका थिए । २०६७ चैतमा उनी नेपाल फर्किए । उनकी श्रीमती, दुई छोरा र आठ छोरी छन् । स्वास्थ्योपचारका लागि बेलायत जान भिसा आवेदन दिएका पुनको भिसा अस्विकृत भएपछि एकाएक चर्चामा आए । उनलाई उपचारका लागि बेलायत लैजान त्यो बेला गोर्खा भूपु सैनिक संघ (गेसो), हलिउड अभिनेत्री जोआना लुम्ले र बेलायती जनताले पहल गरेका थिए । अभिनेत्री लुम्ले उनलाई पिता मान्थिन् । तुलबहादुरको ९२ वर्षको उमेरमा २०६८ वैशाख ९ गते जन्मथलो बगेखोलामा निधन भएको थियो ।

बुबाको भिक्टोरिया क्रस पाउने व्यक्तिहरुमा छुट्टै पहिचान बनेको छ । किनभने उहाँले गोर्खा समानता आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बुबाले लडाईका कुराहरु धेरै सुनाउनुहुन्थ्यो ।

पुन बारे के भन्छिन् जोआना लुम्ले ?

रेल सेवाको शुभारम्भ समारोहमा बेलायती अभिनेत्री जोआना लुम्ले पनि उपस्थित थिइन् । आफूले ६ वर्षको हुँदा भिसी पुनलाई देखेको भएपनि आफ्नो पिता बितेको ९ वर्षपछि मात्र उनीसंग भेट भएको उनले बताइन् । पुनसँगको भेटमा उनले आफ्नो पिताको बारेमा सोधेको र उनको मृत्यु भइसकेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण समेत गरेकी थिइन् ।

पुनको वीरगाथा बारे मेरोलाइफस्टाइले उनका छोरा अर्जुन पुनसँग गरेको कुराकानी :
बुबाको वीरगाथालाई कसरी सम्झनुहुन्छ ?

आज उहाँको कामले सारा नेपालीको शिर ठाडो भएको छ । बेलायत जस्तो विकसित देशमा एक सैनिकको नामबाट रेल सञ्चालन गरिनु सानो कुरा होइन । आजसम्म कसैले यस्तो सम्मान पाउनुभएको छैन । जो कि, बेलायतमा गोर्खाली सैनिकको नामबाट रेल चलोस् । बुबा पहिलो त्यस्तो व्यक्ति हुनुहुन्छ, जसको नामाकरणबाट रेल सञ्चालन भएको छ । पहिलो विश्वयुद्धदेखि अहिलेको ब्रुनई, इराक, अफगानस्तानको लडाईंसम्म आइपुग्दा १३ जना गोर्खा सैनिकले भिक्टोरिया क्रस पाउनुभएको छ । पछिल्लो समय ब्रुनेईको लडाईंमा राम बहादुर लिम्बू घिसीले पाउनुभएको थियो । बुबा २०११ मा बित्नुभएको हो ।

बुबाको भिक्टोरिया क्रस पाउने व्यक्तिहरुमा छुट्टै पहिचान बनेको छ । किनभने उहाँले गोर्खा समानता आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बुबाले लडाईका कुराहरु धेरै सुनाउनुहुन्थ्यो । यी कुराहरु धेरै लामो छन् । उहाँका भिडियोहरु मैले धेरै जम्मा गरेर राखेको छु । लण्डन गजेटमा प्रकाशित उहाँको वीरगाथा भन्दा कयौँ भयानक भीडन्तको कथा छ । उहाँले जापानी सैनिकसँग घाईते अवस्थामा पनि एक्लै लडेर जितेको कुराहरु रोचक छ । पुरानो मान्छे भएपनि नयाँ पुस्तासँग मिल्न सक्ने उहाँको व्यक्तित्व थियो । सामाजिक सेवाको कुरा गर्दा गाउँमा उहाँकै पहलमा बनेका दुई वटा स्कूलहरु सञ्चालित छन् । ती स्कूललाई हामीले पनि सहयोग गरिरहेका छौँ । उहाँ रिटायर्ड भएपछि पनि दुर्गम ठाउँमा धेरै विकासका काम गर्नुभएको छ । उहाँकै नाममा हामीले बेलायतमा तुल बहादुर पुन भिसी प्रतिष्ठान स्थापना गरेका छौं । त्यसैबाट केही कामहरु गरिरहेका छौँ । उहाँले सञ्चालन गर्नुभएको स्कूल अहिले एउटा मावि र अर्को निमावि भएर सञ्चालन भइरहेका छन् । गाउँमा अत्याधुनिक भवनहरु बनाएका छौँ, उहाँको नाममा बाटोहरु खनेका छौँ ।

उनको बुबा जेम्सले आफूलाई तुलबहादुर पुन भन्ने वीर योद्धाले बचाएकाले नै तँ जन्मिएकी होस् भनेका रहेछन् । त्यो कुरा जोआनाले सम्झिइन् । अनि मेरो बुबाले भिसा नपाएको कुरा उनले मिडियामा बोलेपछि ठूलो चर्चा भयो ।

तपाईकोको परिवारसँग यतिबेला बेलायती अभिनेत्री जोआना लुम्ले जोडिएकी छिन् ? यो संयोग कसरी जुर्यो ?

बुबाको नेतृत्व भूमिकासँग जोडिएको अवस्थामा बेलायतको चर्चित अभिनेत्री तथा समाजसेवी जोआना लुम्ले जोडिनुभएको हो । जोआनाको बुबा मेजर रुथोर्डफोर्ड जेम्स लुम्ले मेरो बुबाको साथी हुनुहुन्थ्यो । बुबा भर्खर २१ वर्षको राइफल म्यान हुनुहुन्थ्यो । त्यतिबेला अभिनेत्री लुम्लेको बाबा जवानीमै कम्पनी कमाण्डर हुनुहुन्थ्यो रे । उहाँको नेतृत्वमा दोस्रो विश्वयुद्धमा बर्माको मगाउ भन्ने ठाउँमा युद्धमा खटिएको अवस्थामा त्यहाँ भीषण युद्ध भएको कुरा बुबाले सुनाउनुहुन्थ्यो ।

त्यतिबेला आफ्ना धेरै साथी योद्धाहरुले वीरगती प्राप्त गरिसकेको अवस्था र कम्पनी कमाण्डर पनि गोली लागेर घाईते भएका थिए । त्यस्तो अवस्थामा कम्पनी कमाण्डरलाई बोकेर सुरक्षित स्थानमा राखेपछि आफू फेरि आएर जापानी सबै सेनालाई परास्त गर्नुभएको थियो रे । पछि उद्धार टोलीले खोज्दै जाँदा उहाँलाई भेट्टाएर आपत्कालिन कक्षमा करिव १ वर्षको सघन उपचारपछि सन्चो हुनुभएको थियो रे । सन्चो भएपछि पल्टन फर्किएपछि इण्डियाको कश्मीरमा पल्टन रहेको अवस्थामा अभिनेत्री जोआना लुम्ले जन्मिनुभएको हो । त्यतिबेला देखि नै उहाँसँग पारिवारिक सम्बन्ध विकास हुँदै आएको थियो ।

ट्रेनको साइटमा बुबा र क्रस खुकुरीको फोटोसहित वहाँको नाम राखिएको छ । यसले गर्दा हामी परिवारले अत्यन्तै गौरवान्वित र हर्षित भएका छौँ । तर, यो हर्ष, गौरव हामी सबै नेपालीको हो । २०६ वर्षसम्म बेलायतमा आएर युद्ध गरेका सबै गोर्खालीहरुको सम्मान हो ।

बुबालाई बेलायतले यति ठूलो सम्मान किन दियो जस्तो लाग्छ ?

बुबा गोरखा असमानता आन्दोलनसँग जोडिएर आउने क्रममा बेलायती दूतावासले भिसा नदिँदा बेलायतका अधिकांश सञ्चारमाध्यमले तुल बहादुर पुन जस्तो वीर व्यक्तिलाई भिसा नदिएको भन्दै समाचार बनाए । त्यो समाचार जोआनाले पनि हेरिन् ।

रेल सेवा उद्घाटका अवसरमा भिसी तुल बहादुर पुनका छोरा अर्जुन र बेलायती अभिनेत्री जोआना लुम्ले

उनको बुबा जेम्सले आफूलाई तुलबहादुर पुन भन्ने वीर योद्धाले बचाएकाले नै तँ जन्मिएकी होस् भनेका रहेछन् । त्यो कुरा जोआनाले सम्झिइन् । अनि मेरो बुबाले भिसा नपाएको कुरा उनले मिडियामा बोलेपछि ठूलो चर्चा भयो । त्यहाँका जनताले दुतावासले माफी मागेर एक हप्ताभित्र तलुबहादुरलाई बेलायत आउने वातावरण मिलाउनुपर्छ भनेपछि बुबा बेलायत आउनुभयो । त्यो सँगै बुबालाई भिसीको उपाधि दिने घोषणा बेलायत सरकारले गर्यो । बेलायतलाई योगदान गर्ने व्यक्तिहरुको इतिहास अझै अमर रहोस् भन्ने हिसावले अहिलेको रेल कम्पनी ग्रेट वेस्टर्न रेल्वेले तुलबहादुर पुनको नाममा रेल चलाउने घोषणा गरेको हो ।

बेलायतमा अरु विदेशीको नामबाट पनि रेल चलेका छन् ?

छैन । पहिलो नै बुबा हो । गत वर्ष युद्धको ७५ औं वर्षगाँठको अवसरमा घोषणा भएको थियो । तर, कोभिड–१९ को कारण कार्यक्रम हुन सकेको थिएन । अहिले अलि खुकुलो भएपछि २३ जूनमा बुबाले भिक्टोरिया क्रस पाउनुभएको दिनलाई उपर्युक्त ठानेर छोटो, मिठो तरिकाले कार्यक्रम सम्पन्न भयो ।

बेलायत सरकारले ढिलै भएपनि एउटा गोर्खालीको इतिहासमा नाम रहने गरेर ठूलो काम गरेको छ ।

कार्यक्रममा को–को उपस्थित थिए ?

वीरगेट अफ गोर्खाजका एकदमै ठूला व्यक्तित्व कर्णेल जर्नेल साबहरुदेखि लिएर बेलायतकी चर्चित अभिनत्री जोआना लुम्ले सहित धेरै अभियन्ताहरु आउनुभएको थियो । ट्रेनको साइटमा बुबा र क्रस खुकुरीको फोटोसहित वहाँको नाम राखिएको छ । यसले गर्दा हामी परिवारले अत्यन्तै गौरवान्वित र हर्षित भएका छौँ । तर, यो हर्ष, गौरव हामी सबै नेपालीको हो । २०६ वर्षसम्म बेलायतमा आएर युद्ध गरेका सबै गोर्खालीहरुको सम्मान हो । र, यो गोर्खाहरुसँग जोडिएको हाम्रो नेपाल र नेपालीको सम्मान पनि हो ।

यति ठूलो सम्मानपछि कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

कार्यक्रमपछि धेरैले यसलाई प्राथमिकता दिनुभएको छ । समाचारहरु धेरै नै आएका छन् । के हो, कस्तो हो ? भन्ने कुराहरु आइरहेको छ । जे होस् बेलायत सरकारले ढिलै भएपनि एउटा गोर्खालीको इतिहासमा नाम रहने गरेर ठूलो काम गरेको छ ।

आमा चाहिँ कता हुनुहुन्छ नि ?

आमा यतिबेला बेलायतमा हुनुहुन्छ । हामी ८ छोरी र २ छोरा हौँ । जसमध्ये हामी ८ जना बेलायतमै छौं । २ जना दिदीबहिनी हङकङमा हुनुहुन्छ । आमा ८२ वर्ष पुग्नुभयो । अस्ति कार्यक्रममा आमा होलि डेमा गएकाले लैजान सम्भव भएन । दिदी र म कार्यक्रममा गएका थियौं ।

लेखन:बेलायतबाट नरेन्द्र बस्नेतको सहयोगमा
तस्बिर: शिव भण्डारी
यो पनि पढ्नुहोस्
नेदरल्याण्ड्समा यसरी भएको छ, यौन व्यवस्थापन
आखिर के छ, हङकङमा ?
हङकङमा कोरोनाको प्रभाव, न्यूनीकरण र रोकथामका प्रयास
समाजसेवा नै कमलाको उपलब्धि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली