आखिर के छ, हङकङमा ?
‘हङकङको सुनको चुरा सिंगापुरे साडी…’
‘हङकङ पोखरा निर्मोही आफ्नो को छ र…’
‘तिमीलाई हङकङ पुर्यायो, आईडी कार्डैले…’
नेपाली जनमानसमा चर्चित माथिका यी गीतहरूमा बिम्ब बनेर जोडिएको चीनको स्वशासित क्षेत्र हङकङप्रतिको नेपाली आकर्षण आज देखिको हैन, संसारको अत्याधुनिक, ब्यस्त, महङ्गो यो ठाउँमा नेपालीहरूले जरा गाडेको आधा शताब्दी अघिबाटै हो ।
लाहुरे अर्थात् गोर्खा सैनिकसँग जोडिएर ६० को दशकबाट नेपाली समाजमा छाएको हङकङ क्रेज अहिले पनि उस्तै छ । हरेक कुरामा युरोप र अमेरिकाजस्ता देशहरूसँग तुलना हुने एशियाको आर्थिक केन्द्रकै रूपमा रहेको हङकङको नेपाल ‘कनेक्सन’ हरेक क्षेत्रमा देख्न पाइन्छ । एक समय नेपाली ब्यापारीहरूको सुरुवाती अन्तर्राष्ट्रिय ब्यापार झिटी–गुण्टा ब्यावसायको केन्द्र हङकङ नै थियो ।
नेपालका नेतादेखि कलाकार–साहित्यकारसम्मको विदेश यात्रा हङकङमा पाइला नटेकेसम्म अपुरो मानिन्छ । विदेशमा धेरै साँस्कृतिक कार्यक्रम, फिल्म प्रदर्शन हुने कारणले नेपाली गायक–गायिका, नायक–नायिका आदिको लागि यो आकर्षक गन्तव्य नै हो ।
आधुनिक फेशन, श्रृङ्गार होस् या ईलेक्ट्रोनिक्स सामान होस् हङकङको भन्ने वित्तिक्कै नेपालमा अलग्गै महत्व हुने गरेको छ । यो आकर्षण र शान विश्व बजारमा हङकङले बढाएको आफ्नो चमककै कारण हो । पूर्व झापादेखि पश्चिम कञ्चनपुर र संघीय राजधानी काठमाडौंसम्मको शहर–बजारमा फेशनको अर्को नाम हङकङलाई लिने गरिएको छ । कतिपय स्थानमा ‘हङकङ बजार’हरू नै खोलिएका छन् । धरानको भानुचोकमा हङकङको स्टारफेरीमा रहेको घण्टाघरको रिप्लीका नै ठडिएको छ । प्रवासका नेपालीले आफ्नो देश÷ठाउँका लागि गरेको योगदानको यो अनुपम उदाहरण हो ।
हङकङको निर्माण क्षेत्रमा काम गर्ने नेपालीहरूको लोभलाग्दो कमाई छ । दैनिक १०-१२ घण्टा काम गर्नेहरूले मासिक ३ लाखदेखि ७ लाख रुपैँयासम्म कमाई गरिरहेका छन् ।
७५ लाख जनसंख्या र विश्वकै सबैभन्दा बढी जनघनत्व भएको हङकङले ४२६ स्क्वायर किलोमिटर क्षेत्रफल ओगटेको छ । यहाँका २५० साना–ठूला आयल्याण्डले हङकङको सौन्दर्य बढाएको छ । हङकङप्रतिको नेपाली क्रेज बढ्नुमा हिजोका ब्रिटिस गोर्खा सैनिकदेखि आज यहीँ जन्मे हुर्केर हरेक क्षेत्रमा आफूलाई स्थापित गराउन तल्लीन नेपाली समाजको भूमिका महत्वपूर्ण छ ।
नेपाली साइनो
बेलायती सेनामा कार्यरत गोर्खालीहरूका कारण हङकङसँग नेपालीको गहिरो नाता गाँसिएको हो । सन् १८४१ देखि १९९७ सम्म बेलायतको अधीनमा रहेको हङकङमा बेलायती शासनको उत्तराद्र्ध (सन् १९९४) मा नेपालीको आगमन बाक्लिन पुगेको हो ।
बेलायती शासनको उत्तराद्र्धमा सन् १९८३ भन्दा अघि हङकङमा जन्मिएकाहरूले स्थायी बसोबासको अधिकार (राइट अफ अवोड) पाउने कानून बनेपछि सन् १९९७ पछि हङकङमा नेपालीहरूको बाक्लो उपस्थिति हुन थालेको हो । त्यसअघिसम्म गोर्खा सैनिक, केही घरेलु कामदार र व्यापारीहरूको मात्र आवागमन हुने गरे पनि अहिले स्थायी रूपमै बसोबास गर्ने नेपालीहरूको बाहुल्य बढ्दो छ । नेपालीहरूका लागि हङकङ बसोबासको ढोका खोल्ने गोर्खाली अग्रजहरूमध्ये धेरैको समाधिस्थल हङकङमै छ । गोर्खाली अग्रजहरूको सम्झनामा हरेक वर्ष यहाँ गोर्खा सिमेण्ट्री ट्रष्टले ‘पुर्खा दिवस’ मनाउदै आएको छ ।

हङकङस्थित नेपाली महावाणिज्य दुतावासका अनुसार यहाँको सरकारी रेकर्डमा २३ हजारको हाराहारीमा नेपालीहरू रहेका छन् । १० हजार भन्दा बढी नेपाली बेलायत बसाई सरेको अनुमान छ । आउने–जाने गरेर २५ देखि ३० हजार नेपाली रहेको अनुमान छ, जुन यहाँको जनसंख्याको ०.३ प्रतिशत मात्र हो । संसारकै व्यस्त यो व्यापारिक शहरमा नेपालीले सामान्य कामदारदेखि सफल व्यवसायीसम्मको पहिचान बनाएका छन् ।
नेपालबाट नजिक भएको कारण पनि हङकङका बहुसंख्यक नेपालीहरू सितिमिति अन्यत्र जान चाहदैनन् । बरु, ‘नेपाल नै फर्कने हो, आफ्नै देशमा केही गर्ने हो’ भन्नेहरू यहाँ धेरै भेटिन्छन् ।
हङकङबाट बेलायततिर बसाइँ सर्ने नेपालीहरूको संख्या पछिल्ला दिनमा बढ्दो रहे पनि नेपालमा हुर्कंदै गरेका र विवाह गरेर हङकङ आउनेहरू उत्तिकै रहेकाले पनि स्थायी बसोबास गर्ने नेपालीको संख्यामा त्यति ठूलो हेरफेर भएको पाईदैन ।
जीवन शैली
बाहिरबाट हेर्दा देखिने हङकङको क्रेज यहाँका नेपालीहरूको काम, कमाई र आकर्षक जीवन शैलीका कारण पनि बढेको हो ।
विश्वका अन्यत्र देशहरूमा रहेका नेपालीहरूको तुलनामा हङकङका नेपालीहरूको कमाई बढी छ । युरोप–अमेरिकामा औसत नेपालीहरूले मासिक डेढ लाखदेखि अढाई लाख रुपँैयासम्म कमाई गर्ने गरेका छन् । उताको तुलनामा हङकङको निर्माण क्षेत्रमा काम गर्ने नेपालीहरूको लोभलाग्दो कमाई छ । दैनिक १०-१२ घण्टा काम गर्नेहरूले मासिक ३ लाखदेखि ७ लाख रुपैँयासम्म कमाई गरिरहेका छन् । भने पार्लर, रेष्टुरेण्ट–बार, सुरक्षा क्षेत्रमा काम गर्नेहरूले पनि डेढ लाखदेखि तीन लाख रुपैँयासम्म कमाउँछन् ।
राम्रो कमाई हुने भएपछि सोही अनुसारको जीवनशैली हुने नै भयो । काममा जति कडा मिहिनेत गरेपनि यहाँका नेपालीहरूको लाइफ स्टाइल खर्चिलो छ ।
अपार्टमेण्ट होस् या भाडाका घर हङकङ संसारकै महङ्गो शहर हो । अधिकांश नेपालीहरू मासिक रु. ६० हजारदेखि साढे २ लाखसम्म घर भाडा तिरेर बस्छन् भने ५ देखि १० मिलियन हङकङ डलर अर्थात् रु. साढे ७ करोडदेखि १५ करोडसम्म पर्ने अपार्टमेण्ट किनेर बस्नेहरू पनि धेरै छन् । बसोवाससँगै खानपान र पहिरनमा पनि आफ्नो हैसियत अनुसारको खर्च गर्ने ठाउँ यहाँ छ । कोभिड–१९ को महामारी फैलिनु अघिसम्म युरोप–अमेरिकाको जस्तो नाइट लाइफ र स्वतन्त्र जीवन शैलीका कारण हङकङले वर्षेनी ६ करोडको हाराहारीमा पर्यटकलाई स्वागत गरिरहेको थियो ।

दैनिक आठदेखि १२ घण्टा काम गरेर बच्ने थोरै समयमा नेपालीहरू संघसंस्था सञ्चालन र सामाजिक कार्यदेखि कला–साहित्य, खेलकुदमा समेत सक्रिय छन् ।
सिटी युनिभर्सिटी हङकङले सन् २०१३ मा गरेको एक सर्वेक्षणले यहाँका नेपालीहरूमा १७ प्रतिशत निर्माण क्षेत्रमा, १३ प्रतिशत फुड एण्ड वेवरेज, १२ प्रतिशत सेक्युरिटी, ९ प्रतिशत सामुदायिक र शिक्षण, ७ प्रतिशत सरसफाई, ५ प्रतिशत ब्यावसायी तथा राम्रो पदमा कार्यरत रहेको देखिएको थियो । त्यस्तै ५ प्रतिशत विद्यार्थी र ७ प्रतिशत गृहिणी रहेको देखिएको थियो । ६३ प्रतिशत नेपालीहरूले यहाँ भाषाको कारण समस्या झेलिरहेको पाइएको थियो ।
२४ घण्टा नै जागा रहने हङकङ संसारकै सुरक्षित शहर मानिन्छ । यहाँ मध्यरातमा पनि निर्धक्क हिड्डुल गर्न सकिन्छ । साथै गगनचुम्बी भवनहरुदेखी नेपाली शैलीका गाउँले जीवन समेत देख्न पाइने यो ठाउँमा आफ्नै देशको जस्तै भीर–पाखा र डाँडा, हरियाली देख्न पाएकाले पनि होला हङकङ प्रतिको मोह नेपालीहरुमा देख्न पाइन्छ । त्यसमाथी नेपालबाट नजिकै साढे ४ घण्टाको मात्र हवाई दुरी भएकाले पनि यहाँका नेपालीलाई नेपाल आउ–जाउ गर्न युरोप–अमेरिकाका नेपाली जस्तो लामो योजना बनाई रहन पर्दैन ।
गोर्खाली शान
ब्रिटिस सरकारले सन् १८४२ मा चिनिया शासकसँग किनेको सानो टापु हङकङ विस्तारै आजको रूपमा आएको हो । ब्रिटिस सरकारले सन् १८९८ मा न्यू टेरिटोरी–काउलुन लगायत उत्तरी भू–भाग एक सय वर्षको लागि चीनसँग लिजमा लिएको थियो ।

सन् १९५० मा चीनमा कम्युनिष्ट शासन सुरू भएपछि हङकङमा शरणार्थीको चाप धान्नै नसक्ने गरी बढ्यो । त्यसबेलासम्म औद्योगिकीकरण उन्मुख हुन चाहे पनि हङकङले खासै आर्थिक विकास गर्न नसकेका कारण यहाँका धेरै बासिन्दाहरूको आर्थिक अवस्था दयनीय थियो । खेतीयोग्य जमिन नभएको समुन्द्री टापुका बासिन्दाका लागि आयश्रोत भनेकै समुन्द्री माछा, आन्तरिक व्यापार, औद्योगिक उत्पादन थियो । सीमित आयश्रोत तर जनसंख्याको चाप बढ्दै जाँदा हङकङ आर्थिक बोझले थिचिएको थियो । दोस्रो विश्वयुद्धको समयमा जापानको शासन प्रणालीसमेत भोगेको हङकङले सन् १९५० सम्म आर्थिक विकासतर्फ पाइला चालेको थियो । ब्रिटिस सरकारले एकपछि अर्को नयाँ आर्थिक विकासको योजना ल्याएपछि विस्तारै हङकङको स्वरुप बदलिन थालेको हो । यसको प्रतिफल त्यो वेलाको उजाड हङकङ टापु केही दशकमै विश्वकै ठूलो व्यापारिक तथा औद्योगिक क्षेत्र बन्न पुग्यो ।
नेपालीसँगको हङकहङको साईनो भने ब्रिटिस गोर्खा सैनिककै कारण जोडिएको हो । चिनियाँ क्रान्ति सन् १९४९ मा सफल भएपछि चीनको नयाँ र शक्तिशाली सत्ताले बारम्बार हङकङमाथि आक्रमण गर्ने धम्की दिइरहन्थ्यो । यस्तो बेला ब्रिटिस सरकारले यहाँको सुरक्षाको लागि ठूलो संख्यामा जल–थल–हवाई सेना परिचालन गरेको थियो । सोही समयमा हङकङमा गोर्खाली सेनाको ब्रिगेड स्थापना गरिएको थियो ।
राम्रो कमाई हुने भएपछि सोही अनुसारको जीवनशैली हुने नै भयो । काममा जति कडा मिहिनेत गरेपनि यहाँका नेपालीहरूको लाइफ स्टाइल खर्चिलो छ ।
सन् १९५० पछिको चीनिया साँस्कृतिक क्रान्तिपछि अर्थात् ६० को दशकपछि हङकङमा शरणार्थीको रूपमा अवैध रुपमा प्रवेश गर्न खोज्ने र अशान्ति मच्चाउन खोज्नेहरूलाई नियन्त्रण गर्न गोर्खा सैनिक परिचालित थिए । सिमा क्षेत्रमा गस्ती गर्न खटिएका गोर्खा सैनिक विस्तारै हङकङको विकास निर्माणमा समेत खटिए । गोर्खा ब्रिगेड अन्तर्गतको ईञ्जिनियरिङ विभागको संलग्नतामा धेरै निर्माणका कामहरू सम्पन्न भए । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि त्यहाँको गोर्खा सैनिकको एक रेजिमेण्ट हङकङ सरेको थियो ।
२६ औं गोर्खा ब्रिगेडको पहिलो टोली सन् १९४८ मा हङकङ आइपुगेको थियो । हालको काउलन पार्कमा ह्वायटफिल्ड ब्यारेक खडा गरी उनीहरूको पल्टन बसेको थियो । त्यस यता सन् १९९७ सम्ममा गोर्खा सैनिकहरू काउलनका र न्यु टेरिटोरिजका गन क्लब, से कोङ क्याम्पसँगै फान लिङ, सा टिन, चुनमुन क्षेत्रमा रहेका थिए । परिवार बाहेक बढीमा १० हजारको संख्यामा गोर्खाली सैनिक तैनाथ थिए । चीनलाई हङकङ हस्तान्तरण गर्ने समयमा यो संख्या ३ हजार ६ सय जति थियो ।
नेपाली भविष्य
पछिल्लो समय हङकङमा केही राजनैतिक, सामाजिक उथल–पुथल भए । केही वर्ष यता हङकङमा हुँदै आएको प्रदर्शन चीन सरकारद्वारा लागु सुरक्षा कानुन आदिले नेपाली भविष्य के होला भन्ने चासो र चिन्ता धेरैलाई छ ।
अल्पसंख्यकको रूपमा रहेका नेपाली समुदाय विगतका आन्दोलन र प्रदर्शनमा समेत खुलेर संलग्न भएको देखिएन । मुख्यतः नेपालीहरू यहाँको राजनीतिभन्दा पनि आफ्नै परिवार र समुदायकेन्द्रित रहेकाले यहाँ हुने हरेक किसिमका परिवर्तनले ठूलो असर गर्ने देखिदैन । केही समय यता बेलायत बसाइँ सर्ने नेपालीहरूको संख्या बढेको जस्तो देखिएपनि यो क्रम लामो समयदेखि नै चल्दै आएको हो । एक दशक अघिदेखि नै सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाएका केही समाजका अगुवाहरूसमेत हङकङ छाडेर बेलायतबासी बन्दै आएका छन् ।

सन् १९९७ जुलाई अघि जन्मने हङकङ आईडीबाहक र तिनका डिपेण्डेडहरूले बेलायत आउजाउ र बसोवासको सुविधा पाउँदै आएपनि धेरै विएनओ पासपोर्टबाहक र बेलायती नागरिक भइसकेका नेपालीहरू पनि हङकङको काम, कमाईसँगै सामाजिक वातावरणमै रमिरहेका थिए । त्यसमाथि बेलायत सरकारले हङकङमा रहेका लगभग ३ लाख ५० हजार विएनओ पासपोर्ट बाहकहरूलाई बेलायतमा स्वागत गर्ने घोषणा गरेपछि यसको प्रभाव अन्य समुदायहरूसँगै नेपालीहरूमा पनि परेको छ । तर, यहाँको आन्दोलन र सरकारको नयाँ नीतिले भन्दा पनि छोरा–छोरीको उच्च शिक्षा र खुल्ला र शान्त जीवन रोज्दै हङकङको भागदौडपूर्ण दिनचर्या छाडेर बेलायत बसाइँ सर्ने नेपालीहरू बढिरहेको पाइन्छ ।
बेलायतले हङकङका स्थायी वासिन्दाका वंशज, सन्तान भएका र उनीहरूका डिपेन्डेन्टलाई समेत लैजान सकिने आश्वासन दिएको छ । छ महिने भिजिट भिसालाई १ वर्ष बनाउँदै युके पुगेको एक वर्षमा आईएलआर (ईन्फिनिटिभ लिभ टु रिमाईन) अनिस्चित समयसम्म युके वस्न पाउने अनुमति दिने, अध्ययन गर्न, काम गर्न पाउने र आफ्नो डिपेन्डेन्ट साथै लैजान पाउनेछन् । त्यसैको आधारमा ५ वर्षपछि बेलायती नागरिकता दिने घोषणा गरेको कारण हङकङवाट ठूलो संख्यामा विएनओ पासपोर्टवाहकहरू परिवारसहित युके प्रवेश गर्ने अनुमान गरिएको थियो । तर, काम–कमाईको हिसाबले मात्र हैन, नेपालबाट नजिक भएको कारण पनि हङकङका बहुसंख्यक नेपालीहरू सितिमिति अन्यत्र जान चाहदैनन् । बरु, ‘नेपाल नै फर्कने हो, आफ्नै देशमा केही गर्ने हो’ भन्नेहरू यहाँ धेरै भेटिन्छन् ।
kem
Gdy w 1837 roku we Francji wydano zakaz uprawiania gier hazardowych ruletka wyemigrowała do krajów ościennych a stamtąd dalej na cały świat. W USA początkowo zdobyła uznanie w Nowym Orleanie, jej sympatyków przybywało, aż w końcu poznał ją cały kraj. Dzisiaj znana jest wszędzie i wszędzie ceni się jej elegancki styl. Jest to bardzo popularna wersja ruletki i swoje początki miała już na XVI w. Układ stołu do gry w ruletkę europejską od tamtego czasu niewiele się zmienił, nadal jest bardzo czytelnie przedstawiony. Europejska ruletka znajduje się pośrodku, jeśli chodzi o wypłacalność, przy czym francuska jest najkorzystniejsza dla gracza, a amerykańska najmniej korzystna. Warto zwrócić uwagę na fakt, że w grach internetowych nie ma obowiązku indywidualnego określania wartości i można wybierać spośród podanych wartości żetonów. Jeśli chodzi o przykładową grę: Roulette77, udostępniono do wyboru 4 nominały o kolorach: niebieskim, czerwonym, zielonym. Ich wartości to kolejno 1, 5, 25, 100. W tym przypadku wszystko jest prostsze i nikt nie musi się martwić o swoje żetony, czy ustawiło się odpowiednią wartość, czy nie itd. https://cristiansjxn431986.fare-blog.com/10618716/pan-kasyno-logowanie Blog o biznesie Inwestuj w swoją firmę już dziś Pomimo tego, że automat do gry został wynaleziony pod koniec lat 90. XIX wieku, dopiero w połowie lat siedemdziesiątych XX w. stał się naprawdę popularny, a później w poker internetowy grała prawie każda osoba. Video poker bierze swoje początki już pod koniec lat 90. XIX wieku, pojawił się dzięki Charlesowi Feiyu. Ten mało znany mechanik w swoim garażu wynalazł słynny automat do gry Liberty Bell. Później automat został uznany za pierwszą maszynę do gier. Po kilku modyfikacjach powstała współczesną maszyną do pokera wideo, w którą można obecnie grać w kasynach lądowych lub można spróbować grę online. Ponadto, korzystając z witryn pokera online, możesz wybierać spośród wielu innych odmian gry. Z reguły wszystkie kasyna online oferujące gry w pokera oferują pokera online texas holdem lub Omaha. Wybór jest ograniczony.