English

समाजसेवा नै कमलाको उपलब्धि



कमला बोहोरा (खत्री) समाजसेवामा सुनिरहने नाम हो । सानै उमेरदेखि सामाजिक कार्यमा रुची राख्ने कमला विगत २० वर्षदेखि बेलायतको नर्थ इष्ट लण्डनस्थित कोल्चेटरमा बसोबास गर्दै आइरहेकी छन् । जुन बेलादेखि बेलायतमा बस्न थालिन्, त्यही बेलाबाट समाजसेवामा आवद्ध संघसंस्थाहरूमा जोडिएकी हुन् उनी । अहिले काल्चेटर नेपाली समाज यूकेमा आवद्ध महिला अध्यक्ष (लेडिज कोडिनेटर) को भूमिका निभाइरहेकी उनी अन्य संघसंस्थामा पनि आवद्ध छिन् ।

‘विदेशमा होस् वा स्वदेशमै किन नहोओस्, समाजसेवा जहाँ बसेर, जोसुकैलाई पनि गर्न सकिन्छ’ कमला भन्छिन् । उनी थप्छिन्, ‘समाजसेवा घरमै बसेर पनि गर्न सकिन्छ, पैसाको मात्रै समाज सेवा हुन्छ भन्ने पनि हुँदैन, आफ्नो घर वरपर रहेका दुःखीहरूको सेवा गरेर होस् वा सडकमा रहेका फोहोर हटाउँदै यसरी नगरौँ भन्ने जनचेतनाका कार्यक्रम गरेरै किन नहोओस् समाजसेवा विभिन्न किसिमले गर्न सकिन्छ ।’

उनले यसरी सहयोग कोरोनाले थलिएको सारा विश्वमा लकडाउन भएका बेला पनि गरिन् । कोरोनाका कारण लकडाउन भएपछि धेरै नेपालीहरू दुःख र पीडामा भौँतारिएको उनी झल्झली सम्झिन्छिन् । त्यो बेलामा धेरै नेपालीहरूलाई उनले सहयोग पनि गरिन् ।

समाजसेवी कमला लण्डन बस्न थालेको २० वर्ष पुगिसकेको छ । यो अवधिमा उनले धेरै नेपाली तथा विदेशीहरूलाई सहयोग गरिसकेकी छन् । दीनदु:खीलाई सहयोग गर्न उनलाई धेरै मनपर्छ । आफ्नो घरपरिवारलाई दिने समय घटाएर भएपनि उनी समाजसेवाका लागि समय निकाल्छिन् ।

नेपालमा रहँदा होस् वा विदेशमा बस्दा नै किन नहोस्, समाजसेवामा हात अघि बढाउन पाउँदा उनी झनै उत्साहित हुन्छिन् ।
‘समाजसेवा गर्न पाउँदा कहिल्यै मेरो हात थाक्दैन, बरु आफ्ना नेपाली आमाबुबा, दाजुभाई र दिदीबहिनीहरूलाई सहयोग गर्न पाएकोले झनै शरीरमा फूर्ति आउँछ’ उनी भन्छिन् ।

कमला समाजसेवालाई आफ्नो उपलब्धि सम्झिन्छिन् । उनले लामो समय यता व्यक्तिगत र समाजसँग मिलेर धेरै नै सहयोग गरिसकेकी छन् ।

उनले यसरी सहयोग कोरोनाले थलिएको सारा विश्वमा लकडाउन भएका बेला पनि गरिन् । कोरोनाका कारण लकडाउन भएपछि धेरै नेपालीहरू दुःख र पीडामा भौँतारिएको उनी झल्झली सम्झिन्छिन् । त्यो बेलामा धेरै नेपालीहरूलाई उनले सहयोग पनि गरिन् ।
‘कोरोनाले गर्दा विदेशमा रहेका नेपालीहरूलाई धेरै गाह्रो भयो, कामहरू सबै ठप्प भए, बजार, पसल सबै बन्द । यस्तोमा म पनि बाहिर निस्किन मिलेन । त्यसैले फोनबाटै भएपनि सोधपुछ गर्ने र केही सहयोग गर्ने गरियो’ उनी भन्छिन् ।

जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ, उनलाई यसरी सहयोग गर्न कुनै बाधाले रोकेन । उनलाई यो बेला पनि परिवारले समाजसेवामा लाग्नका लागि थप सहयोग गर्यो । अहिले कोरोनाको अवस्था अलि सहज भएकोले त्यति धेरै गाह्रो नभएको उनी बताउँछिन् ।

कमला समाजसेवालाई आफ्नो उपलब्धि सम्झिन्छिन् । उनले लामो समय यता व्यक्तिगत र समाजसँग मिलेर धेरै नै सहयोग गरिसकेकी छन् । बेलायत सरकारले पनि कोरोनामा थलिएका नेपालीहरूलाई थोरै भएपनि सहयोग गरेको उनी बताउँछिन् । यो व्यवस्था मिलाउन उनले धेरै पहल गरेकी छिन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली