English

सवारी चालक अनुमति पत्रको नयाँ नियम कहिलेबाट ?

प्रतिक्षामा ६ लाख परिक्षार्थी


कोरोना महामारीले गर्दा दुई महिना यता सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा बन्द छ । अनलाइन आवेदन दिएकाहरु लिखित परीक्षा र ट्रायलको पर्खाइमा छन् ।

गत वर्षको लकडाउनपछि ४ महिना अनलाइन फर्म खुलाइएको थियो । त्यतिबेला ६ लाख जनाले फर्म भरेका थिए । उनीहरुले परीक्षा दिन पाएका छैनन् । अहिले काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएपछि ट्रायल अथवा लाइसेन्सको लिखित परीक्षा हुन्छ कि भन्ने चासो आममानिसमा बढ्न थालेको छ ।

चालक अनुमतिपत्रको नवीकरण, प्रतिलिपी, राजस्व संकलन तथा स्मार्ट लाइसेन्स सम्बन्धिको कामका लागि ९ असारबाट यातायात व्यवस्था कार्यालयहरुले सेवा सुचारु गरेका छन् । तर, लाइसेन्स परीक्षाको अनलाइन फर्म र ट्रायल कहिले खुल्छ कुनै टुंगो छैन ।

यातायात व्यवस्था विभागले लाइसेन्सको परीक्षा प्रणालीलाई व्यवस्थित गर्न नयाँ नियम लागू गर्ने तयारी गरेको छ । अब निषेधाज्ञा पछि भने लाइसेन्सको परीक्षा नयाँ नियमबाट लिइने डा. भुसाल बताउँछन् ।

अनलाइन फर्म खुलाएर चाप बढाउनु भन्दा पहिले नै फर्म भरेकालाई लिखित र ट्रायल परीक्षा गराउने तयारी भइरहेको यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसाल बताउँछन् । ‘अनलाइनको आवेदन कहिलेबाट खुल्छ भन्ने यकिन छैन,’ उनले भने, ‘स्कुल/कलेज सञ्चालन आएपछि मात्रै लिखित र ट्रायलको परीक्षा खुल्छ ।’

नयाँ नियम कहिलेबाट ?

यातायात व्यवस्था विभागले लाइसेन्सको परीक्षा प्रणालीलाई व्यवस्थित गर्न नयाँ नियम लागू गर्ने तयारी गरेको छ । अब निषेधाज्ञा पछि भने लाइसेन्सको परीक्षा नयाँ नियमबाट लिइने डा. भुसाल बताउँछन् । तर, लिखित परीक्षा दिइसकेकाले भने पुरानै नियमअनुसार ट्रायल दिनुपर्ने छ । ‘लाइसेन्सको लिखित परीक्षा दिइसकेकाहरुले ट्रायलमा १ सय नम्बर नै ल्याउनुपर्ने छ,’ उनले भने, ‘अब लिखित परीक्षामा सहभागि हुनेले ट्रायलमा ७० अंकमात्र ल्याए पुग्छ ।

ट्राफिक सङ्केतको पालना नगरेमा १५ अंक कटिने छ । बम्प्स (उभड खाबड) मा एकपटक सवारीको स्टार्ट बन्द भएमा ५ र एक पटक खुट्टा टेकेमा ५ गरी १० अंक काटिने छ ।

कस्तो छ नयाँ नियम ?

सवारी चालक अनुमति पत्र परीक्षाको लिखित परीक्षाका लागि ५ सय वटा प्रश्न तयार गरिएको छ । जसलाई पहिले नै विभागको वेबसाइटमा राखिने छ । त्यसैबाट २० प्रश्न परीक्षार्थीलाई सोधिने छ ।

ट्रायलमा यी कुरा बिगारे कति नम्बर काटिन्छ

लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ, उभड खाबड (स्पिड ब्रेकर), यु टर्न, ट्राफिक सङ्केत, र्‍याम्प (उकालो), ग्यारेज र परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कन गरी एक सय अंकबाट ७ चरणमा अंक दिइनेछ । जसबाट ७० अंक आएमा उत्तीर्ण गरिनेछ ।

घुमाउरो आठमा एकपटक अंकित रेखा छोएमा ५ अंक र एकपटक खुट्टाले जमिन टेकेमा ५ अंक गरी १० अंक कटिनेछ । युटर्नमा टर्निङ इन्टिकेटर लाइट नबालेमा १० अंक कटिनेछ । ट्राफिक सङ्केतको पालना नगरेमा १५ अंक कटिने छ । बम्प्स (उभड खाबड) मा एकपटक सवारीको स्टार्ट बन्द भएमा ५ र एक पटक खुट्टा टेकेमा ५ गरी १० अंक काटिने छ । परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याङ्कनमा सवारी चलाउनु पूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अंक, हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएमा ३ अंक काटिने छ ।

लिखित परीक्षा उत्तिर्ण गर्न ८० नम्बर

लाइसेन्सको लिखित परीक्षामा परीक्षार्थीले १०० पूर्णाङ्कमा ८० नम्बर ल्याउनुपर्नेछ । जसका लागि विभागले आफ्नो वेबसाइटमा ५ सय वटा प्रश्न सार्वजनिक गरिसकेको छ । अब यही प्रश्नबाट २० प्रश्न सोधिनेछ । हरेक प्रश्नको अंकभार ५ रहेको छ । त्यसैले परीक्षार्थीले उत्तीर्ण हुनका लागि १६ वटा प्रश्नको उत्तर मिलाउनुपर्ने हुन्छ ।

यी हुन् प्रश्न
यो पनि पढ्नुहोस्
बेलायती रेलमा गोर्खाली शान (भिडियोसहित)
सिन्धुबासीका साथमा कलाकारः पहिलो दिनै उठ्यो ३२ लाख, कसले कति गरे ? (भिडियोसहित)
सिन्धुपाल्चोक बारे किन मौन छ सरकार ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested