English

सिन्धुबासीका साथमा कलाकारः पहिलो दिनै उठ्यो ३२ लाख, कसले कति गरे ? (भिडियोसहित)



नेपाली सिने क्षेत्रको होस् या सांगीतिक क्षेत्रका कलाकारबीचको द्धन्द्धका खबर बेला–बेला आउँछन् । तर, देशलाई दुखेको बेला सहयोग गर्नेमा यिनै कलाकार पहिलो नम्बरमा आउँछन् । महाभूकम्पमा होस् या विभिन्न विपद्का बेला कलाकारहरु एकजुट भएको पाइन्छ ।

यतिबेला सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण बस्ती उजाडिएका छन् । मानिसहरु घरबार बिहिन भएका छन् । गाँस, बास, कपास सबै बाढीले खोसेको छ ।

घोषणा भएको रकम बैंकमा जम्मा भएपछि बाढीपीडितको तत्काल अस्थायी आवास निर्माण गर्न सहयोग गरिने कलाकारद्धारा सञ्चालित सिन्धु सहयोग कोषकी सह–संयोजक तथा अभिनेत्री करिश्मा मानन्धरले बताइन् ।

त्यसो त सिन्धुपाल्चोकको यो पीडामा मल्हम लगाउन राष्ट्रियस्तरका कलाकारहरु एकजुट भएका छन् । बिहिबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ दर्जनभन्दा बढी कलाकारले व्यक्तिगत वा संस्थागत रुपमा सहयोगको घोषणा गरेका छन् ।

कलाकार तथा यससँग सम्बन्धित संघसंस्थाबाट प्रतिबद्धता जनाएअनुसार एकैदिन करिव ३२ लाख रुपैयाँ सहयोगको घोषणा भएको कलाकारद्धारा सञ्चालित सिन्धु सहयोग कोषका संयोजक तथा अभिनेता कृष्ण मल्लले जनाए ।

कोषले बैंक खाता खोलेपछि सहयोग घोषणा गर्नुहुने र गर्न चाहनेले खातामा रकम जम्मा गर्न सक्ने मल्ल बताउँछन् । ‘आज ज–जसले सहयोगको घोषणा गर्नुभएको छ उहाँहरुले बैंक खातामा जम्मा गर्नुहुनेछ,’ उनले भने, ‘यसो गर्दा हिसाब पारदर्शी हुन्छ भन्ने सोचेका छौं ।’

कार्यक्रममा उपस्थित भएका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले केहीदिन भित्रै सहयोग घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।

घोषणा भएको रकम बैंकमा जम्मा भएपछि बाढीपीडितको तत्काल अस्थायी आवास निर्माण गर्न सहयोग गरिने कलाकारद्धारा सञ्चालित सिन्धु सहयोग कोषकी सह–संयोजक तथा अभिनेत्री करिश्मा मानन्धरले बताइन् । ‘हामीले सिन्धुपाल्चोकका बाढीपीडितका अस्थायी आवासका लागि यो सहयोग संकलन गरेका हौं,’ उनी भन्छिन्, ‘यसमा सरकारले पनि सहयोग गर्नुपर्छ ।’

हास्यकलाकार जितु नेपालले जुनसुकै विपत्तिका बेला कलाकारहरु जुट्ने गरेको बताए । । ‘अहिले सिन्धुपाल्चोक दुःखमा पर्यो भनेर मात्र होइन,’ उनले भने, ‘जहाँ संकट पर्दा पनि हामीले सहयोग गरेका छौं, गर्नुपनि पर्छ ।’

कार्यक्रममा उपस्थित भएका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले केहीदिन भित्रै सहयोग घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।

कसले कति गरे सहयोग ?

शोभित उप्रेती – २ लाख ५१ हजार र घर बनाउनका लागि ११ लाख

हास्यकलाकार किरण केसी – २ लाख ५३ हजार

नेपाल फिल्म सोसाइटीको तर्फबाट अभिनेता कृष्ण मल्ल– १ लाख १ हजार

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला– १ लाख १ हजार

निर्देशक समाजका महासचिव जनकदिप पराजुली – १ लाख १ हजार

अभिनेत्री करिश्मा मानन्धर – १ लाख

अभिनेता भुवन केसी – १ लाख

सुभास खड्का – १ लाख

हर्केहवल्दारका इन्द्र दोङ खम्बे – ७५ हजार

गायिका सुनिता दुलाल – ५१ हजार ५ सय ५५

हास्यकलाकार जीतु नेपाल – ५१ हजार

चलचित्र कलाकार संघ – ५१ हजार

गायक चेतन सापकोटा – ५१ हजार

कलाकार मदनदास श्रेष्ठ – ५१ हजार र घर निर्माणका लागि ५ लाख रुपैयाँ

मधु कुमार श्रेष्ठ – ५१ हजार

अधिवक्ता कृष्ण ढुंगाना – ५० हजार ५ सय ५५

हास्यकलाकार शिवहरी नेपाल ‘वैरागी’ – २५ हजार ५ सय २५

गोपालकाजी कायस्थ – २५ हजार

कलाकार सुरेन्द्र केसी – २५ हजार

चलचित्र द्धन्द्ध कलाकार संघका नारायण प्रधान – २५ हजार

नेपाल चलचित्र नृत्य संघ – २५ हजार

बालकलाकार अपेक्षा शेरचनको आमा अनु उर्मिला शेरचन – १० हजार

भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।

यो पनि पढ्नुहोस्
मेलम्ची बाढी पीडितका गुनासो : ‘राहत आयो तर, कहाँ गयो ?’ (भिडियोसहित)
ग्ल्यामर मुडमा दुई चर्चित गायक–गायिका (भिडियोसहित)
सिन्धुपाल्चोक बारे किन मौन छ सरकार ?
मेलम्ची बाढी पीडितका गुनासो : ‘राहत आयो तर, कहाँ गयो ?’ (भिडियोसहित)
बेग घट्यो, घटेन मेलम्चीबासीको पीडा (फोटो फिचर)
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
रातभरमै बगर बन्यो मेलम्ची : २ को मृत्यु, १५ जना सम्पर्कविहिन (ड्रोन तस्बिर)
निषेधाज्ञामा निदाएको कन्याम (फोटो फिचर)
यस्तो बन्यो २२ अर्बको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)
चुरेको दोहन होइन संरक्षण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested