English

ग्ल्यामर मुडमा दुई चर्चित गायक–गायिका (भिडियोसहित)



चक्र बम र सिर्जना खत्री युवापुस्तामा चर्चित गायक–गायिका मानिन्छन् । उनीहरू दुवैका अलग–अलग गीतले अहिले चर्चा बटुलिरहेको छ । गीतले चर्चा पाएपनि अझैसम्म उनीहरूले एकैसाथ काम गर्ने मौका भने पाएका छैनन् ।

सुदूर पश्चिमको कैलालीमा जन्मिएका बमको मोडलिङप्रति सानै देखि रुचि थियो । बम साथीहरूलाई गीत समेत गाएर सुनाउँथे । उनको मोडलिङले भन्दा स्वरले साथीहरूबाट तारिफ पाउँथ्यो । मोडलिङको सपना बोकेका बमलाई साथीहरूले गायन क्षेत्रमै लाग्न हौंसाएपछि उनले गायनमै पाइला बढाए । उनका केही गीतहरू चर्चित भएपछि, अहिले साथीहरूको हौंसलाले नै यो ठाउँमा आफूलाई पुर्‍यायो, उनी भन्छन् ।

२०७० मा बमले पहिलो पटक ‘मोटा चामल’ बोलको देउडा गीत गाए । यो गीतले खासै सफलता भने पाएन । २०७३ मा उनले ‘नाच मेरी झुमा’ बोलको गीत गाए । पृथक् शैलीको यो गीतले सुदूर पश्चिम र कर्णाली प्रदेशमा निकै चर्चा बटुल्यो । ४० भन्दा बढी गीत गाइसकेका बमको दर्जन गीत हिटको सूचीमा छन् । ओइ काजल, पश्चिमेली चेलो, दारु सड्काउने, विद्यानास, बम्बई गइजाने उनका हिट गीतहरू हुन् । गायनका साथै बमले ३ सय भन्दा बढी गीतको मोडलिङ समेत गरिसकेका छन् ।

सिन्धुपाल्चोकमा जन्मिएकी गायिका सिर्जना खत्रीको ‘हाउडे माया’ युवापुस्ताको रोजाइमा परेको छ । ९ वर्ष अघि आफ्नै दाजु नवराज खत्रीले ‘रुन्छ यो मन’ बोलको गीत सार्वजनिक गरेपछि उनलाई पनि गीत गाउने हुटहुटी चल्यो । सन् २०१६ को फेब्रुअरीमा उनले हाउडे माया बोलको गीत पहिलो पटक रेकर्ड गरिन् । यो गीतले अपेक्षाकृत सफलता पाउन सकेन । तैपनि टेलिभिजनहरूमा यो गीतले राम्रै स्थान पायो । त्यसपछि उनले लाहुरे माया बोलको गीत सार्वजनिक गरिन् । यही गीतले उनलाई एकाएक चर्चामा ल्यायो ।

आफैँ शब्द सिर्जना गरेर गाउन रुचाउने खत्रीको पछिल्लो पटक एक्सको छम्मा चर्चामा आएको छ । युट्युबमा १ करोड भन्दा बढी पटक हेरिसकिएको यो गीतको अलावा नौटङ्की माया, डबल माया लगायतका गीत हिट रहेका छन् ।

लाजिम्पाटस्थित साङ्ग्रिला होटेलमा मेरो लाइफस्टाइलले यी दुई चल्तीका गायक–गायिकाको पहिलो पटक डुएट फोटोसुट गर्‍यो । खत्री र बमले एमकेएम फेसन हाउसकी फेसन डिजाइनर दिलमाया मगरले तयार पारेको तीन भिन्न ड्रेसमा फोटोसुट गरेका थिए । गीतसङ्गीतमा साथै काम नगरेको भए पनि मोडलिङ फोटोसुटमा भने दुवै निकै खुले ।

फोटोसुटको भिडियो हेर्नतलको लिंकमा जानसक्नुहुन्छ ।

फोटो : महेश प्रधान / भिडियो : नवीन श्रेष्ठ / लोकेशन : होटल सांग्रिला / मेकअप : ल्यासेस मेकअप स्टुडियो, लाजिम्पाट / पहिरन : एम के एम फेसन हाउस, डिल्लिबजार / सम्पादन : राजकुमार श्रेष्ठ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम