English

राम मनोहर लोहियाको शिव र मेरो अनुभूत शिव



कैयौ मान्छे जो अध्यात्मिक छन् तिनीहरु ईश्वरले प्राणी जगतको श्रृष्टी गरे भन्छन्, कोही भन्छन् भुगोल, हावा पानी, संस्कृतिहरुले समय क्रममा थुप्रै ईश्वर बनायो मान्छेले । कति सत्य असत्य भन्दा हामी मानिसमा अभिट छाप परेको छ । ति मिथकहरु कति सत्य असत्य भन्दा दानी मानिसमा अमिट छाप परेको छ । मिथकहरु ऐतिहासिक छन् । कतिपय मिथक आफ्ना स्वार्थमा तत्कालिन विद्दत वर्गले थप्यो होला । समान्य संस्कृत सुत्र नघोकेको, संस्कृत नजानेको म जस्ताको लागि पुस्ताबाट हस्तान्तरण भएको संस्कृतिलाई बुझेर आफ्नो धारणा बनाउने हो । मनमा, तनमा, घरमा, परम्परमा शिव घुसेका छन्, आर्य अनार्थ दुवैमा । दुवैको श्रद्धेय छन् शिव ।

पशुपति जान्छौ, कुशेश्वर जान्छौ, कुम्भेश्वर जान्छौ, मौका परे केदारनाथ, विश्वनाथ, सोमनाथ लगायत भारतका शिव मन्दिरमा दर्शन गर्न पुगेका हुन्छौ । शिवको वारेमा अनेकौ कथा, उपकथा, मिथकहरु घर–घरमा गुन्जायमान छन् । शिव–शिव नै शिवको विकल्प शिव मात्र हुन भन्ने मनमा लागेर यसो मनोभावहरुलाई कोर्ने प्रयत्न हो । शिव आदिनाथको रुपमा लिने पनि छन् । आदिनाथको तिनवटा टाउका छन्, भूत, वर्तमान र भविष्य अनी अर्को रुपमा टाउको तिन अवस्था जागरण, सपना र सपना विहिन निद्राको अवस्था हुन्छ भन्ने मतहरु रहेका छन् । शिव दर्शनको आधारमा मत्स्येन्द्रनाथले लय, हठ र राजयोगको प्रक्रिया सुरुआत गरेका हुन भन्ने पनि छन् ।

शिव मान्ने अनेकौ सम्प्रदायमा रहेका छन् । भारतको कर्नाटकमा बसवेश्वरले विर शैव धर्मको अवधारणा ल्याए । जाति व्यवस्था वैदिक अधिकार, कर्मकाण्ड को पूजा र कर्मको अवधारणालाई अस्वीकार गदै लिङ्गलाई शिवको प्रतिकको रुपमा देखे । काश्मिरी शैव धर्मले शिवको प्रक्रियागत आराधनाबाट कुण्डलीनी जागृत भइ विश्वव्यापी चेतनामा विलिन होइन्छ भन्ने मतहरु राखे । शिवको अर्थ दयालु वा शुभ हो । शिव करुणाको सागरको रुपमा बुझ्नू हुन्छ मेरा आमा, बुवाहरु । पशुपतिनाथ विराजमान भएको देशको नगारिकको नाताले यसो शिवको इतिहास प्रति सामान्य जानकारी राख्दा २५००–२००० ईसा पूर्वमा सिन्धुघाटीको सभ्यता थियो भन्ने तथ्यहरु इतिहासकारहरुले भन्ने गरेका छन् । त्यपत खेरनेै शिवलाई देवको रुपमा मानी उनलाई पशुपति भन्ने र पशुपतिको मूहर चलेको कुरा यस सम्बन्धि अध्ययन गर्ने पुरातत्वविद्वहरुको धारणा छ ।

भन्नेहरु भन्ने गर्छन् । शिव ब्राह्मणको मात्र थिएनन् । उनी जातपात, भेद भाव उच निच भन्दा माथी थिए तर विस्तारै शिवलाई पुरोहितवादीको चंगुलमा राखियो भन्ने मत पनि छ । शिवलाई विभिन्न खालका अनूयायीहरुले पाशुपता, लकुलिषा, तान्त्रिक शैव, कपालिका आदीमा बाँडेको देखिन्छ । शिव मात्र मनमा राख्नेले यो सम्प्रदायको झन्झटमा किन पर्ने भनि गुनासो पनि छ । केहीको भनाईमा कपालिकहरु वेदलाई अस्वीकार गर्छन् भन्ने पनि छ । पाशुपता नै सवैभन्दा पुरानो शैव परम्परा हो भन्ने प्रवल जनमत पनि उत्तिकै छ । पाशुपताको उच्च रुपमा भगवान श्री पशुपतिनाथ नै हुन यो मेरो मनमा गढेको कुरा हो । शिव मेरो मनमष्तिष्कमा यसरी छाएका छन् कि जसरी असल कम्युनिष्ट र असल समाजवादीमा कार्लमाक्र्सको विचार छाय झै । शिव असिमित छन्, शिव जिवनको पूर्णता छन्, शिव मृत्युको शास्वत सत्यको ज्ञान दिने हुन् । शिव जिवन अवधीको महांकाल हुन् । शिव वैज्ञानिक हुन् । शिव नदिहरुका असल र कुशल प्राचीन इन्जिनियर हुन् । शिव नृत्यको श्रष्टा, संगीतका श्रष्टा शिव ।

सुरक्षाको लागि पाशुपतश्स्त्रको निर्माता । विष्णुलाई चक्र शिव बाटै प्राप्त भएको मिथक छ । काम, क्रोध, लोभ, मोहको विषलाई पिउन सक्ने र आर्थ –अनार्य मिलि समुद्र मन्थन गर्ने क्रममा निस्केको हलाहल विष पिउन सक्ने तत्कालिन परिवेश मा उनी मात्र थिए । उनैले पिएर ब्रह्माण्डको रक्षा गरे भन्ने कथाहरु छन् । देवताहरुले छल गरी मन्थनबाट प्राप्त अमृत हत्याए पछि अनार्यको लागि महामृत्युञ्जयको विधि र प्रक्रिया दिने शिव नै थिए । ऐरावत, लक्ष्मी, अमृत केही चाहिएन शिवलाई, सिर्फ ब्रह्माण्डको कल्याण बाहेक । पुराणमा उल्लेख छ विष्णुका आराध्यदेव शिव – शिवका आराध्यदेव विष्णु तर पूरोहित वर्गले दुवै देवतामा विभाजन गरे ।

आफ्नो आफ्नो सम्प्रदाय पूरोहितवादले निर्माण गर्याे । रावणलाई रावणको ज्ञान विज्ञान त्यति चासोका कारण वैभवता दिई ज्ञानी बनाए । ज्ञानी पनि विग्रन सक्छ भन्ने रावणले स्त्रीहरण पछि रावण र रामको यूद्ध अगाडी रामले शिवको आराधनाबाट शक्ति उपार्जन गरेको भन्ने मिथकहरु धार्मिक ग्रन्थमा उल्लेख छन् । मयलाई वरदान दिए, शक्तिको दुरुपयोग गरे वापत मयको संसारलाई ध्वस्त गरी जिउदै पाताल पठाउने शिव नै हुन् । राक्षसवर्गको तत्कालिन नेतृत्वालई शिवले मासेनन् । राक्षसका गुरु शुक्राचार्य शिव मार्गी र शिवभक्त थिए । सति र शिवको प्रेम नै आदी प्रेम हो । जो प्रेमिका हुन्छ, या प्रेमी हुन्छ दुवैको शरिर वेग्ला वेग्लै भएपनि भावनामा एकाकार हुन्छ, अर्धनारिश्वरको रुपमा । नारी प्रतिको सम्मान र शक्ति (नारी) विनाको शिव शव हो भन्ने अवधारणा दिए जनमानसलाई । नारी विना पुरुष र पुरुष विना नारीको जिवन अपुरो हुन्छ भन्ने दर्शन दिए । अपहेलित भूत, प्रेत, पिचास, नन्दी, भृङ्गी, चौसठ्ठी योगीनीलाई कैलासमा वास दिई आफ्ना अनुयायी बनाए । मृत्युको वोध प्राणी जगतलाई गराउन मसान वासी भए ।

यिनै मिथकहरु विच दन्दवादी दृष्टिकोण राख्नेहरुको शिव प्रति के अवधारणा छ, कि धर्म अफिम हो भन्ने नाराको वास्केट भित्र शिवलाई त राखेनन् ? शिव धर्म होइन । शिव जिवनको जिउने कला हो, आचरण र व्यवहार हो । शिव धर्म भन्दा माथी छन् भन्ने मनको कतै कुनामा घर गरेको छ । शिवको सम्पूर्णतामा शिवमय राज्यको सपना नदेखि रामको राज्यको सपना गान्धीले किन देखे प्रश्नको जवाफ अझै पाउन सकेको छैन । शिवप्रति भारतका प्रख्यात समाजवादी नेता राममनोहर लोहियाको राम, कृष्ण, र शिव भन्ने लेखमा शिव वारेमा लेखिएका कुराले मन छोयो । उनको भाव अनुसार शिव एक निराली भूमिका गर्ने हुन् । उनको कथाको न लम्वाई न चौडाइ– न मोटाई छ । शिव नन् डाइमेंशनल मिथ हुन भन्ने फ्रन्सिसि लेखकको भनाइ राखेका छन् । शिवको आगे–पिछे कोई छैन । शिवको हरेक कर्म क्रियाकलाप औचित्य पूर्ण छ । शिवको प्रत्येक घटना, मानव, जिवनमा पनि घटना घटाइने घटना जस्ता छन् ।

मेरो आफ्नो मनोगत विचारमा शिवलाई धतुरो गाँजा खाने, लागु पदार्थ दुव्र्यसनी भनी आरोप लगाउने पनि छन् । त्यो आरोप स्वघोषित गाजा पिउने जोगी सन्यासीका कारणबाट लागेका हुन् । म सहमत छु या छैन मेरो विचार हो । राम मनोहर लेहियाको लेखको यो उद्दरण भावानुवाद गर्ने प्रयत्न गरेको छु । रामको दुई अस्तित्व देखिन्छ मर्यादित र संकिर्ण, कृष्णको उन्मूक्त र क्षुद्र प्रेमी, शिपको असिमित र प्रासंगिक । अन्तमा लेख्छन् ‘हामीलाई शिवको मस्तिष्क देउ, कृष्णको हृदय देउ, रामको कर्म र वचन देउ, हामीलाई असिम मस्तिष्क र उन्मूक्त हृदयको साथ साथ जिवनको मर्यादाको रचना गर’ भनी उनी आफ्नो देशसंग प्रार्थना गर्छन् । मैले राम कृष्ण र शिव समान भाव राख्छु र समभाव राख्छु । नयाँ पिडिलाई नयाँ ढंगबाट वैज्ञानिक तवरबाट हाम्रा प्राचिन ऐतिहासिक गौरवशाली मिथकहरुलाई अध्ययन गरी नेपाली संस्कृतिबाट जिवन जिउने कला किन नसिकाउने, हामी संग त हाम्रै शिव पर्याप्त छन् । हाम्रै पशुपति पर्याप्त छन् । यो लहड होइन मेरो अन्तरआत्माको रहर हो ।

यो पनि…
मान्छेले बाँचेको आजको परिवेश
म र मेरो मध्यमवर्गीय भ्रमको आलाप



...
Brooks

References: Candy96 vip gladjobs.com

...
Antonietta

References: Sol Casino Bonus http://www.google.lk/url?sa=t&url=https://cut.gl/kerry87n067981

...
Dane

References: Vulcan Casino Bonus bbs.tejiegm.com

...
Ernest

References: %random_anchor_text% talenthubsol.com

...
Eve

References: Lollybet Umsatzbedingungen http://image.google.com.ag/url?q=https://lollybet.com.de/

...
Ethan

References: Lollybet Umsatzbedingungen planeta.tv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested