राम मनोहर लोहियाको शिव र मेरो अनुभूत शिव



कैयौ मान्छे जो अध्यात्मिक छन् तिनीहरु ईश्वरले प्राणी जगतको श्रृष्टी गरे भन्छन्, कोही भन्छन् भुगोल, हावा पानी, संस्कृतिहरुले समय क्रममा थुप्रै ईश्वर बनायो मान्छेले । कति सत्य असत्य भन्दा हामी मानिसमा अभिट छाप परेको छ । ति मिथकहरु कति सत्य असत्य भन्दा दानी मानिसमा अमिट छाप परेको छ । मिथकहरु ऐतिहासिक छन् । कतिपय मिथक आफ्ना स्वार्थमा तत्कालिन विद्दत वर्गले थप्यो होला । समान्य संस्कृत सुत्र नघोकेको, संस्कृत नजानेको म जस्ताको लागि पुस्ताबाट हस्तान्तरण भएको संस्कृतिलाई बुझेर आफ्नो धारणा बनाउने हो । मनमा, तनमा, घरमा, परम्परमा शिव घुसेका छन्, आर्य अनार्थ दुवैमा । दुवैको श्रद्धेय छन् शिव ।

पशुपति जान्छौ, कुशेश्वर जान्छौ, कुम्भेश्वर जान्छौ, मौका परे केदारनाथ, विश्वनाथ, सोमनाथ लगायत भारतका शिव मन्दिरमा दर्शन गर्न पुगेका हुन्छौ । शिवको वारेमा अनेकौ कथा, उपकथा, मिथकहरु घर–घरमा गुन्जायमान छन् । शिव–शिव नै शिवको विकल्प शिव मात्र हुन भन्ने मनमा लागेर यसो मनोभावहरुलाई कोर्ने प्रयत्न हो । शिव आदिनाथको रुपमा लिने पनि छन् । आदिनाथको तिनवटा टाउका छन्, भूत, वर्तमान र भविष्य अनी अर्को रुपमा टाउको तिन अवस्था जागरण, सपना र सपना विहिन निद्राको अवस्था हुन्छ भन्ने मतहरु रहेका छन् । शिव दर्शनको आधारमा मत्स्येन्द्रनाथले लय, हठ र राजयोगको प्रक्रिया सुरुआत गरेका हुन भन्ने पनि छन् ।

शिव मान्ने अनेकौ सम्प्रदायमा रहेका छन् । भारतको कर्नाटकमा बसवेश्वरले विर शैव धर्मको अवधारणा ल्याए । जाति व्यवस्था वैदिक अधिकार, कर्मकाण्ड को पूजा र कर्मको अवधारणालाई अस्वीकार गदै लिङ्गलाई शिवको प्रतिकको रुपमा देखे । काश्मिरी शैव धर्मले शिवको प्रक्रियागत आराधनाबाट कुण्डलीनी जागृत भइ विश्वव्यापी चेतनामा विलिन होइन्छ भन्ने मतहरु राखे । शिवको अर्थ दयालु वा शुभ हो । शिव करुणाको सागरको रुपमा बुझ्नू हुन्छ मेरा आमा, बुवाहरु । पशुपतिनाथ विराजमान भएको देशको नगारिकको नाताले यसो शिवको इतिहास प्रति सामान्य जानकारी राख्दा २५००–२००० ईसा पूर्वमा सिन्धुघाटीको सभ्यता थियो भन्ने तथ्यहरु इतिहासकारहरुले भन्ने गरेका छन् । त्यपत खेरनेै शिवलाई देवको रुपमा मानी उनलाई पशुपति भन्ने र पशुपतिको मूहर चलेको कुरा यस सम्बन्धि अध्ययन गर्ने पुरातत्वविद्वहरुको धारणा छ ।

भन्नेहरु भन्ने गर्छन् । शिव ब्राह्मणको मात्र थिएनन् । उनी जातपात, भेद भाव उच निच भन्दा माथी थिए तर विस्तारै शिवलाई पुरोहितवादीको चंगुलमा राखियो भन्ने मत पनि छ । शिवलाई विभिन्न खालका अनूयायीहरुले पाशुपता, लकुलिषा, तान्त्रिक शैव, कपालिका आदीमा बाँडेको देखिन्छ । शिव मात्र मनमा राख्नेले यो सम्प्रदायको झन्झटमा किन पर्ने भनि गुनासो पनि छ । केहीको भनाईमा कपालिकहरु वेदलाई अस्वीकार गर्छन् भन्ने पनि छ । पाशुपता नै सवैभन्दा पुरानो शैव परम्परा हो भन्ने प्रवल जनमत पनि उत्तिकै छ । पाशुपताको उच्च रुपमा भगवान श्री पशुपतिनाथ नै हुन यो मेरो मनमा गढेको कुरा हो । शिव मेरो मनमष्तिष्कमा यसरी छाएका छन् कि जसरी असल कम्युनिष्ट र असल समाजवादीमा कार्लमाक्र्सको विचार छाय झै । शिव असिमित छन्, शिव जिवनको पूर्णता छन्, शिव मृत्युको शास्वत सत्यको ज्ञान दिने हुन् । शिव जिवन अवधीको महांकाल हुन् । शिव वैज्ञानिक हुन् । शिव नदिहरुका असल र कुशल प्राचीन इन्जिनियर हुन् । शिव नृत्यको श्रष्टा, संगीतका श्रष्टा शिव ।

सुरक्षाको लागि पाशुपतश्स्त्रको निर्माता । विष्णुलाई चक्र शिव बाटै प्राप्त भएको मिथक छ । काम, क्रोध, लोभ, मोहको विषलाई पिउन सक्ने र आर्थ –अनार्य मिलि समुद्र मन्थन गर्ने क्रममा निस्केको हलाहल विष पिउन सक्ने तत्कालिन परिवेश मा उनी मात्र थिए । उनैले पिएर ब्रह्माण्डको रक्षा गरे भन्ने कथाहरु छन् । देवताहरुले छल गरी मन्थनबाट प्राप्त अमृत हत्याए पछि अनार्यको लागि महामृत्युञ्जयको विधि र प्रक्रिया दिने शिव नै थिए । ऐरावत, लक्ष्मी, अमृत केही चाहिएन शिवलाई, सिर्फ ब्रह्माण्डको कल्याण बाहेक । पुराणमा उल्लेख छ विष्णुका आराध्यदेव शिव – शिवका आराध्यदेव विष्णु तर पूरोहित वर्गले दुवै देवतामा विभाजन गरे ।

आफ्नो आफ्नो सम्प्रदाय पूरोहितवादले निर्माण गर्याे । रावणलाई रावणको ज्ञान विज्ञान त्यति चासोका कारण वैभवता दिई ज्ञानी बनाए । ज्ञानी पनि विग्रन सक्छ भन्ने रावणले स्त्रीहरण पछि रावण र रामको यूद्ध अगाडी रामले शिवको आराधनाबाट शक्ति उपार्जन गरेको भन्ने मिथकहरु धार्मिक ग्रन्थमा उल्लेख छन् । मयलाई वरदान दिए, शक्तिको दुरुपयोग गरे वापत मयको संसारलाई ध्वस्त गरी जिउदै पाताल पठाउने शिव नै हुन् । राक्षसवर्गको तत्कालिन नेतृत्वालई शिवले मासेनन् । राक्षसका गुरु शुक्राचार्य शिव मार्गी र शिवभक्त थिए । सति र शिवको प्रेम नै आदी प्रेम हो । जो प्रेमिका हुन्छ, या प्रेमी हुन्छ दुवैको शरिर वेग्ला वेग्लै भएपनि भावनामा एकाकार हुन्छ, अर्धनारिश्वरको रुपमा । नारी प्रतिको सम्मान र शक्ति (नारी) विनाको शिव शव हो भन्ने अवधारणा दिए जनमानसलाई । नारी विना पुरुष र पुरुष विना नारीको जिवन अपुरो हुन्छ भन्ने दर्शन दिए । अपहेलित भूत, प्रेत, पिचास, नन्दी, भृङ्गी, चौसठ्ठी योगीनीलाई कैलासमा वास दिई आफ्ना अनुयायी बनाए । मृत्युको वोध प्राणी जगतलाई गराउन मसान वासी भए ।

यिनै मिथकहरु विच दन्दवादी दृष्टिकोण राख्नेहरुको शिव प्रति के अवधारणा छ, कि धर्म अफिम हो भन्ने नाराको वास्केट भित्र शिवलाई त राखेनन् ? शिव धर्म होइन । शिव जिवनको जिउने कला हो, आचरण र व्यवहार हो । शिव धर्म भन्दा माथी छन् भन्ने मनको कतै कुनामा घर गरेको छ । शिवको सम्पूर्णतामा शिवमय राज्यको सपना नदेखि रामको राज्यको सपना गान्धीले किन देखे प्रश्नको जवाफ अझै पाउन सकेको छैन । शिवप्रति भारतका प्रख्यात समाजवादी नेता राममनोहर लोहियाको राम, कृष्ण, र शिव भन्ने लेखमा शिव वारेमा लेखिएका कुराले मन छोयो । उनको भाव अनुसार शिव एक निराली भूमिका गर्ने हुन् । उनको कथाको न लम्वाई न चौडाइ– न मोटाई छ । शिव नन् डाइमेंशनल मिथ हुन भन्ने फ्रन्सिसि लेखकको भनाइ राखेका छन् । शिवको आगे–पिछे कोई छैन । शिवको हरेक कर्म क्रियाकलाप औचित्य पूर्ण छ । शिवको प्रत्येक घटना, मानव, जिवनमा पनि घटना घटाइने घटना जस्ता छन् ।

मेरो आफ्नो मनोगत विचारमा शिवलाई धतुरो गाँजा खाने, लागु पदार्थ दुव्र्यसनी भनी आरोप लगाउने पनि छन् । त्यो आरोप स्वघोषित गाजा पिउने जोगी सन्यासीका कारणबाट लागेका हुन् । म सहमत छु या छैन मेरो विचार हो । राम मनोहर लेहियाको लेखको यो उद्दरण भावानुवाद गर्ने प्रयत्न गरेको छु । रामको दुई अस्तित्व देखिन्छ मर्यादित र संकिर्ण, कृष्णको उन्मूक्त र क्षुद्र प्रेमी, शिपको असिमित र प्रासंगिक । अन्तमा लेख्छन् ‘हामीलाई शिवको मस्तिष्क देउ, कृष्णको हृदय देउ, रामको कर्म र वचन देउ, हामीलाई असिम मस्तिष्क र उन्मूक्त हृदयको साथ साथ जिवनको मर्यादाको रचना गर’ भनी उनी आफ्नो देशसंग प्रार्थना गर्छन् । मैले राम कृष्ण र शिव समान भाव राख्छु र समभाव राख्छु । नयाँ पिडिलाई नयाँ ढंगबाट वैज्ञानिक तवरबाट हाम्रा प्राचिन ऐतिहासिक गौरवशाली मिथकहरुलाई अध्ययन गरी नेपाली संस्कृतिबाट जिवन जिउने कला किन नसिकाउने, हामी संग त हाम्रै शिव पर्याप्त छन् । हाम्रै पशुपति पर्याप्त छन् । यो लहड होइन मेरो अन्तरआत्माको रहर हो ।

यो पनि…
मान्छेले बाँचेको आजको परिवेश
म र मेरो मध्यमवर्गीय भ्रमको आलाप



...
Доставка алкоголя на дом Екатеринбург

I know this website provides quality dependent posts and other data, is there any other site which offers such information in quality? Алкоголь Екатеринбург круглосуточно доставка бесплатно

...
Заказать Алкоголь с доставкой Екатеринбург

What's Taking place i'm new to this, I stumbled upon this I have found It positively helpful and it has helped me out loads. I am hoping to give a contribution & assist other users like its helped me. Good job. Доставка алкоголя

...
Доставка алкоголя Екатеринбург Уралмаш

I pay a visit daily some websites and blogs to read articles or reviews, but this weblog offers quality based articles. Заказать Алкоголь с доставкой Екатеринбург

...
infoda4nik.ru

Hey there! I've been following your site for a long time now and finally got the bravery to go ahead and give you a shout out from Austin Tx! Just wanted to tell you keep up the fantastic job! infoda4nik.ru

...
infoda4nik.ru

I'm really enjoying the design and layout of your blog. It's a very easy on the eyes which makes it much more enjoyable for me to come here and visit more often. Did you hire out a designer to create your theme? Excellent work! infoda4nik.ru

...
гостиничные чеки с подтверждением

Your means of explaining everything in this post is actually pleasant, all can easily know it, Thanks a lot. гостиничные чеки куплю

...
indexation site

I do consider all the ideas you have introduced in your post. They are very convincing and will definitely work. Still, the posts are too quick for newbies. May you please prolong them a bit from next time? Thank you for the post. link indexing page

...
гостиничные чеки мск

Thank you, I have recently been searching for information approximately this topic for a while and yours is the best I have found out so far. However, what about the conclusion? Are you sure concerning the source? сделать чеки на гостиницу в москве

...
ogorodkino.ru

Thanks for sharing your thoughts on %meta_keyword%. Regards ogorodkino.ru

...
чек на проживание в гостинице купить

Wow, that's what I was looking for, what a information! present here at this blog, thanks admin of this web site. купить гостиничный чек в москве

...
гостиничные чеки

I know this if off topic but I'm looking into starting my own blog and was wondering what all is required to get set up? I'm assuming having a blog like yours would cost a pretty penny? I'm not very internet savvy so I'm not 100% positive. Any tips or advice would be greatly appreciated. Kudos чеки на гостиницу

...
agrosadovnik.ru

You're so awesome! I don't suppose I have read anything like this before. So good to find somebody with some original thoughts on this subject. Really.. thanks for starting this up. This site is something that is needed on the web, someone with some originality! agrosadovnik.ru

...
sadovoe-tut.ru

For latest news you have to pay a visit internet and on world-wide-web I found this web site as a most excellent web site for latest updates. sadovoe-tut.ru

...
химчистка матраса в жодино

What's up to every one, because I am actually keen of reading this website's post to be updated regularly. It contains nice information. химчистка мягкой мебели смолевичи

...
химчистка дивана в борисове

Terrific article! This is the type of information that are supposed to be shared around the web. Disgrace on the seek engines for not positioning this submit upper! Come on over and discuss with my site . Thank you =) химчистка дивана на дому в смолевичах

...
химчистка мебели жодино

Hi my loved one! I want to say that this article is awesome, great written and come with almost all important infos. I'd like to peer more posts like this . химчистка дивана в борисове

...
чистка дивана на дому цена смолевичи

Very soon this site will be famous among all blogging users, due to it's nice articles химчистка дивана в жодино

...
bezogoroda.ru

It is appropriate time to make a few plans for the future and it is time to be happy. I have read this submit and if I may I want to recommend you few fascinating things or suggestions. Perhaps you could write next articles relating to this article. I wish to read more things approximately it! bezogoroda.ru

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो

हरितालिका तीज महिलाहरूसँग सम्बन्धित छ । तीजको आफ्नै महत्त्व छ । धार्मिक कथनहरूलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह