भष्मेश्वर घाट र चिताको आगोको साक्षि मलामी !



पशुपतिको भष्मेश्वर घाट मृत्युको साक्षि ! मृतक शरीर भष्म भएपछि जन्म मरणको चक्रबाट मूक्त हुने श्मसान ! आर्यघाट तिर्थ घाट तर संभ्रान्तको लास जलाउन थोपारिएको एउटा छुट्टै वर्ग हुने चहाना राख्नेको घाट ! भष्मेश्वर घाट औंशीमा पनि उज्यालो छ चिताको अग्नीबाट ! पूर्णिमामा त अझ आगोको लप्काले घाटलाई मृत्युमय बनाउदै मसाने वैरागलाई केही छिनको लागि जिवन्तता दिन्छ । काठमाण्डौको अध्याँरो भए पनि मृत्यु भएको लासको वोसो, थपेको घ्यू र दाउराले एक किसिमको प्रकासको अनुभूति हुन्छ ।

सन्तान, आफन्त जो साच्चिकै पिडाको अनुभूति गरेकाहरु मुख्यानी दिँदा रुँदै हात काम्दै मृत्युको मुखमा सानो आगो झोसिरहेका हुन्छन् । त्यतिखेर शायद भनौं वा मेरै कुरा गरौं, बाबुको मूखमा मुख्यानी दिँदा मलाई बुवा मरेको पिडा धेरै थियो । भोली मेरो अन्त यसरी नै हुन्छ भन्ने अनुमान गरिन । तर मलामी जादा मेरो अन्त यसरी नै हुन्छ भन्ने सामान्य भावहरु वेला वेलामा प्रकट हुन्थे ।

घाटबाट २ मिनेट दाहसंस्कार सकेर हिडेपछि म पुनः भौतिक संसारमै रमाउने । एउटा मान्छे मरेको देख्दा वैराग्य अनुभूति हुने गौतम बुद्ध र हरदिन दाहसंसकारको कर्म गर्नेहरु कहि पनि तालमेल नै भेटिन । अग्नीको शैयामा निर्जिव शरिर, चट् चट् का आवाज, शरिर पोलिएको गन्ध । लासलाई जति सजाएपनि, श्रीखण्डले मात्र पोले पनि, दाउरा जलेको अवाज र गन्धमा यत्रो फरक देखिन शैया त अग्नी प्रज्वलितका लागि रुखबाट बनेका काठहरु सुकेका या नसुकी ढालिएका हुन । पवित्र नदि वागमती भनेपनि वागमतिका पानी मूहान तिरैबाट जिवितका लागि खाने व्यवस्था गरेका छौ हामीले ।

विना पानीको बागमती दुर्गन्धित ढलले सजिएको वागमती । एउटा पात्र जो दाहसंस्कारलाई पेसा बनाएको छ, परिवारको लालनपालनको लागि चिताको आगोसँग खेलीरहेको हुन्छ, लडिरहेको हुन्छ, त्यसको तापले जेठको धुपमा पनि पसिना पुछ्दै लास घोचिरहेको हुन्छ । सूर्यको उज्यालोपनमा आगोको लप्काले आँखा तिर्मिराउँदा त्यो पात्र रैथाने होइन, कामको खोजीमा शहर पस्यो, शहरमा हरायो, भारी बोक्ने भरिया भयो खानै पुग्दैन । डेलागाडा चलायो, रिक्सा चलायो । संयोग हो मृत्यु जस्तै । मृत्यु यतिखेर हुन्छ भन्ने ज्ञात हुदैन, तर मृत्यु अनिवार्य छ ।

संयोगले भेट्यो आधूनिक हरिश्चन्दसंग । आधुनिक अर्थ राज्य हारेको थिएन, राज्य शर्त बमोजिम छोडेको थिएन । रोजगारीको लागि, पेटको लागि, सन्तानको लागि, वारुणयन्त्रको चालक नभै आगो निभाउने, मानिसको मृत्युको देहलाई आगोमा खरानी बनाउने संग । उ जस्तै, गरिवीको परछायाँले नछोडेको । सयौको संख्यामा उसले मान्छे पोल्यो । बक्सिसको आस गर्यो साह्रै वितृष्णा भएको वेला रक्सी मासु खायर पनि जलायो मूर्दालाई । भोको पेटमा पनि जलायो । स्वास्नी आमा, छोरा छोरी, वावु घरमा कोही विरामी भएपनि उसले त्यसलाई मनभरी पिडा गरेर औषधी किन्नको लागि जलायो ।

मलामी पनि आफन्तहरुको क्रन्दनबाट पहिले पहिले अत्तालिन्थ्यो । आज भोली वानी परेको छ । मृत्युमा आफन्तहरु रुने कुरा उसले आफन्तको एउटा नियमपालना सम्झेको छ । धर्मशास्त्रको मान्यता अनुसार भन्ने हो भने पापी पनि खरानी बनायो, धर्मभिरु पनि, मृतकराजा जस्तालाई पनि आगोको लप्का संगै बाँसको टुप्पाले घोच्यो । महान भनिने हरुपनि मृत्यु पछि खरानी भएको कुरा उसकै हातबाट भएको उ साक्षि छ । जलाउदा भय नमानी जलाउँछ ।

भूत प्रेत संग, मृतकको आत्मासंगै डर नमानी जलाउछ । हिजोसम्म उसले देखेको छिमेकीको अहं, रोग, शोक, अभाव, दुःख, मान सम्मान वैंशको खेल, ऐश आराम, मृत भएपछि उसले देखेन । मलामीहरुको चर्चा केही सुन्यो मृतकको वारेमा । उसलाई ज्ञात छ कसको लास जलाउदा सवैभन्दा धेरै वक्सीस पाएको दस्तुर भन्दा पनि धेरै माथि । जलाएको लासले सालोक्य प्राप्त भएको उसले देखेन ।

उ पनि मलामी भएर आएको छ । त्यसवेला पनि देखेन । उ पालो पालो गरेर वावु र पत्नीको मृत्यु पछि घाटमा आएको छ । उ निरास छ, दिग्भ्रमित छ, मोहले सताएको छ, पिडा छ । वावुले आफू खाइनखाई डल्लो ढिडो उसको भागमा थपिदिएको, दशैमा नाना साहु संग रिन काडेर किनीदिएको, बोकी बोकी खेतीपातीको काममा जाँदा उसलाई लगेको संझनामा उ हराएको छ । अब बाबु भनेर जिवित व्यक्तिलाई संबोधन गर्नै सक्तैन ।

किनकी उसको बाबु मृत्युको चक्रमा आत्मसात गरेको छ । पोलेको दृष्य, बाँसले घोचेको, आफूले दागवत्ति दिएको, उसको साक्षि जसले उसको वावुलाई पोलेको छ, उसले मानवियता र परिचयले होला समवेदना प्रकट गरेको थियो । तर तल्लिन छ । जसरी उसले अरुलाई पोलेको थियो चिताको आगोमा । मृत्यूको सैजिवन छैन, कथा कहानीको वेग्लै कुरा ।

बाचिन्जेल तापित, तृषित, क्षुभित, शान्त, क्लान्त, आत्म विस्मृत हुने हो । स्वप्नको यो दूनियाँमा स्वप्नको पछि लाग्दा लाग्दै मृत्यु वरण हो । घाट जहाँको होस कासीको, कोसी किनारको, कन्काईको, गण्डकीको, कर्णालीको, देवघाटको जतासुकै होस मूल चरित्र दाउरा, घ्यू, मलामी र आफन्तको क्रन्दन, हरियो बाँस, पोल्ने मान्छे कै हो । दागवत्ति दिने नहुदा पोल्नेले केही पैसा लिएर सन्तान झै बनी दिएकै छन् । मृत्यूको व्रजपात जिवनको अनिवार्य शर्त हो ।

मृत्युको भयले मनको विश्व व्रह्माण्ड कापे पनि आगोको संग दायराको ठेली भित्र मृत शरिर जल्ने नै हो । कसैले गाड्लान, कसैले नदीमा बगाउलान, कसैले मृत देहको शरिरलाई टुक्रा टुक्रा परेर काटेर चराचुरुङ्गीलाई खुवाउलान् । किला ठोकेर नमारेको भए पनि जिसस एकदिन मर्नेनै थिए । पैगम्वर पनि मरेकै हुन्, बुद्ध पनि मरेकै हुन, कृष्ण पनि मरेकै हुन्, प्राकृतिक र दैविक प्रकोपबाट । भष्मेश्वर घाटमा मृतकको दाहसंस्कारले जिवन्तता पाएको छ र पाइरहने नै छ ।

चिताको आगोको लप्काले घाट प्रकाशमय बनिरहने छ । यो शास्वत सत्यको ज्ञान मसाने वैराग्यमा वाहेक वाकी दिनचर्यामा विस्मृतिको गर्भमा हाल्दै कोहि विलगेट्स् र कोही आधूनिक हरिश्रचन्द्र बनीरहेका छौ । म अपवादमा छुइन मोह मायाको संसारमा अरु बाँचे झै म पनि बाँचीरहेको छु । बाँच्नु कठिन हो, मृत्यु पछि त भष्मेश्वर घाट छँदै छ । बाँच्नको लागि आम मानिस संघर्ष गरे झै म पनि संघर्षरत छु ।

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
समीक्षा : जिउने कला र आत्ममार्गका लागि



...
पत्रकारका साहित्यमा मातृभूमि र महामारी - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले प्लेअफ सम्भावना कायम राखेको छ

मानिसहरू सुत्ने समयमा अनेक गल्ती गर्छन् जसले गर्दा विभिन्न रोग तथा समस्या सामना गर्नु पर्छ । खास गरी केही मानिस

यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा पनि सन्

बजेटको सीमितताले गर्दा घरलाई चाहेजस्तो आकर्षक बनाउन सकिँदैन । तर कतिपय तौर तरिका अपनाउँदा कम बजेटमै पनि आफ्नो घरलाई आकर्षक

Suggested