English

सुनसान काठमाडौं र भाव विह्वल बनाउने आर्यघाट (फोटो फिचर)



कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा लिन काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ । निषेधाज्ञा जारी भएको एक महिना पुग्न लागिसक्दा पनि संक्रमण नघटेपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले जेठ २० गते राति १२ बजेसम्मको निषेधाज्ञालाई कडा बनाएका हुन् । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको थियो ।

आजबाट लागू हुने गरी थप गरिएको निषेधाज्ञामा किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ । बिहान–बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ ।

यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री (तरकारी, फलफूल, दूध, डेरी, मासु, खानेपानी र ग्यास) खरिद, बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि बिहान १० बजेसम्म खुला गरिएको थियो ।

निषेधाज्ञामा गरिएको कडाइका कारण यतिबेला काठमाडौं उपत्यकाका सडक सुनसान छन् । तर पशुपती आर्यघाट भने भरिभराउ देख्न सकिन्छ । कोरोना भाइरसका कारण ज्यान गुमाएकाहरुको दाहसंस्कार गरिरहेको यो दृश्यले साँच्चै भाव विह्वल बनाउँछ । आर्यघाटमा पुग्दा कोरोना संक्रमणका कारण ज्यान गुमाएका आफन्तहरुको रोदनले मन भकानिन्छ ।

हेर्नुहोस् काठमाडौंको स्वयम्भू, त्रिपुरेश्वर, माईतीघर, एयरपोर्ट र पशुपति आर्यघाटका यी तस्विर ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested