English

सुनसान काठमाडौं र भाव विह्वल बनाउने आर्यघाट (फोटो फिचर)



कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा लिन काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ । निषेधाज्ञा जारी भएको एक महिना पुग्न लागिसक्दा पनि संक्रमण नघटेपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले जेठ २० गते राति १२ बजेसम्मको निषेधाज्ञालाई कडा बनाएका हुन् । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको थियो ।

आजबाट लागू हुने गरी थप गरिएको निषेधाज्ञामा किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ । बिहान–बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ ।

यसपालि निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री (तरकारी, फलफूल, दूध, डेरी, मासु, खानेपानी र ग्यास) खरिद, बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि बिहान १० बजेसम्म खुला गरिएको थियो ।

निषेधाज्ञामा गरिएको कडाइका कारण यतिबेला काठमाडौं उपत्यकाका सडक सुनसान छन् । तर पशुपती आर्यघाट भने भरिभराउ देख्न सकिन्छ । कोरोना भाइरसका कारण ज्यान गुमाएकाहरुको दाहसंस्कार गरिरहेको यो दृश्यले साँच्चै भाव विह्वल बनाउँछ । आर्यघाटमा पुग्दा कोरोना संक्रमणका कारण ज्यान गुमाएका आफन्तहरुको रोदनले मन भकानिन्छ ।

हेर्नुहोस् काठमाडौंको स्वयम्भू, त्रिपुरेश्वर, माईतीघर, एयरपोर्ट र पशुपति आर्यघाटका यी तस्विर ।



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested