कोरोनासँगै बढ्दैछन् यस्ता मानसिक समस्या, कसरी बच्ने ?



धादिङकी ३६ वर्षीया शर्मीला (नाम परिवर्तन)ले केही साता अघि कोरोना संक्रमणका कारण काकालाई गुमाइन् । काकाको पूरै परिवार संक्रमित भएका थिए । काकाको निधनसँगै उनलाई तनाव हुन थाल्यो । कतै आफूलाई पनि संक्रमण भइहाल्ने पो हो कि, आफू पनि मर्ने पो हो कि भनेर लाई मृत्युदेखि निकै डर लाग्न थाल्यो । त्यही डर उनलाई चिटचिटाहट हुने, टोलाइरहने, अनिदो रहने, एकान्तमा बस्न रुचाउने लगायतमा समस्या देखिन थालेपछि उनी वरिष्ठ मनोविद् करुणा कुँवरको सम्पर्कमा आइन् ।

काठमाडौँका २४ वर्षीय अमर कार्की (नाम परिवर्तन) को यतिबेला कोरोनाले गर्दा कलेज बन्द छ । विज्ञान विषय लिएर अध्ययन गर्दै आएका उनी आफ्नो प्राक्टिकल कक्षाहरु छुटेकोमा निकै चिन्तित छन् । प्रयोगात्मक कक्षा नहुँदा पढाई बिग्रने चिन्ताले उनलाई सताउन थाल्यो । पढाई बिग्रिएर भविष्य अन्धकार हुने भयो भन्ने ठूलो डरले उनलाई यतिबेला सताउन थालेको छ । राती निन्द्रा नलाग्ने, खाना खान मन नलाग्ने, परिवारको सदस्यहरुसँग मनमुटाव हुने जस्ता समस्या उनमा झन्–झन् बढी हुन थालेपछि उनका परिवारका सदस्यले यो मानसिक समस्या नै हो भन्ने पहिचान गरेर मनोविद्सँग सम्पर्कमा आए ।

लकडाउनमा एक्लै बस्नुपर्दाको एक्लोपन तथा परिवारसँगै बस्दाको द्वन्द्वले मानिसहरू मानसिक स्वास्थ्य समस्याको दलदलमा फसिरहेको वरिष्ठ मनोविद् करुणा कुँवर बताउँछिन् । ‘

यसैगरी, काभ्रेपलाञ्चोककी २० वर्षीया जेनिसा कोइराला (नाम परिवर्तन)सहित उनको परिवारलाई नै २ साताअघि कोरोना संक्रमण भयो । कारोनाले परिवार नै थलिएपछि उनलाई छटपटी हुन थाल्यो । घरका अन्य सदस्य संक्रमित भएपनि सबैजना मिलेर तास, लुडो जस्ता खेलहरु खेलेर समय बिताउँथे ।

तर, उनलाई भने कोहीसँग बोल्न मन नलाग्ने, खाना खान मन नलाग्ने, सामाजिक सञ्जालहरु पनि चलाउन मन नलाग्ने जस्ता समस्याहरु देखिन थाल्यो । जे सोच्यो त्यही दिक्क लाग्ने, सरकार देखि पनि रिस उठ्ने, कहिले धेरै रिस उठेर कसैलाई क्षति नै पु-याउन मन लाग्ने हुन थाल्यो । यो समस्या बढ्दै गएपछि उनी केही दिन अघिमात्र मनोविद् कुँवरको सम्पर्कमा आइपुगेकी थिइन् ।

कोरोना महामारीको त्रास र निषेधाज्ञाका कारण बेचैन, दुश्चिन्ता अर्थात एन्जाइटी डिसअर्डर लगायतका मानसिक समस्या देखिँदैछ भन्ने थाहा पाउन माथिका तीन दृष्टान्त पर्याप्त छन् । अहिलेको अवस्थामा एन्जाइटीबाट युवा तथा तन्नेरीहरु सबैभन्दा धेरै प्रभावित भएको चिकित्सकहरु बताउँछन् ।

निषेधाज्ञाको समयअवधि लम्बिँदै जाँदा अब मानिसहरू निरास हुन थालिसकेका छन् । कतिलाई निषेधाज्ञा अझै कति दिन हुने हो भनेर दिक्क लागिसक्यो ।

निषेधाज्ञा अझ लम्बिँदा यस्तासमस्या भएका बिरामीको संख्या अझै बढ्न सक्ने मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारी बताउँछन् ।

‘निषेधाज्ञाले गर्दा मानिसहरुबिच एक आपसमा कुराकानी भएको छैन, काम छैन, बच्चाबच्चीहरुको पढाई अस्तव्यस्त छ,’ उनले भने, ‘दिनदिनै मृत्युको समाचारहरु सुनेका छौँ यस्ता कुराहरुले गर्दा पहिलेको तुलनामा मानिसहरु विचलित र बेचैन भएका छन्, अर्को निषेधाज्ञाको कारणले बिरामीहरु अस्पताल आउन पाएका छैनन् त्यो पनि अर्को कारण हो ।’

त्यसो त महामारीको समयमा मानसिक समस्याका बिरामीहरु बढेको डा. अधिकारी बताउँछन् । कोरोना संक्रमण भएका बिरामी तथा परिवारका सदस्यहरुमा यो समस्या अझ बढी देखिएको छ । यस्तो समस्याबाट बच्न सबैभन्दा पहिले आत्मबल बलियो बनाउनु पर्छ ।

लकडाउनमा एक्लै बस्नुपर्दाको एक्लोपन तथा परिवारसँगै बस्दाको द्वन्द्वले मानिसहरू मानसिक स्वास्थ्य समस्याको दलदलमा फसिरहेको वरिष्ठ मनोविद् करुणा कुँवर बताउँछिन् । ‘अहिले धेरै मानिसहरु शोकबाट गुज्रनु परेको छ, यस्तो अवस्थामा मनमा डर, त्रास र बेचैनी हुन्छ,’ उनी भन्छिन्, ‘यस्तो अवस्था लामो समयसम्म रहिरह्यो यसले ठूलो समस्याको रुप लिन सक्छ ।’

‘अहिले कोभिड–१९ र निषेधाज्ञाले गर्दा हाम्रो दिनचर्या असन्तुलित भएकाले पनि यस्तो अवस्था आएको छ,’ उनी भन्छिन्, ‘सुत्ने र उठ्ने तालिका मिलेन, खानपान मिलेन वा कामको बोझ बढी भयो भनेपनि बैचनी हुने चिन्ता बढ्ने हुन्छ ।’

कुँवरका अनुसार परिस्थिती नाजुक भएकोले अलिअलि डर लाग्नु, धेरै जिज्ञासा हुनु स्वाभाविक हो । तर, निषेधाज्ञाको समयअवधि लम्बिँदै जाँदा अब मानिसहरू निरास हुन थालिसकेका छन् । कतिलाई निषेधाज्ञा अझै कति दिन हुने हो भनेर दिक्क लागिसक्यो ।

दिक्क मानेर या निषेधाज्ञाको गाम्भीर्यता नबुझेर घरबाहिर निस्केको र प्रहरीको कारबाहीमा परेका कुराहरू पनि सञ्चारमाध्यममा आइरहेका छन् । महामारीको संक्रमण रोक्ने पहिलो उपाय होम क्वारेन्टाइन हो । तर, यसले नजानिदो ढंगले बेचैनी पनि निम्त्याइरहेको चिकित्सकहरु बताउँछन् ।

यतिबेला सम्पूर्णको ध्यान महामारीको नियन्त्रणतर्फ केन्द्रीत भइरहेको छ । जसकारण मानसिक समस्या उत्पन्न भइरहेकोतर्फ भने ध्यान पुग्न नसकेको कुँवर बताउँछिन् ।

‘अहिले कोभिड–१९ र निषेधाज्ञाले गर्दा हाम्रो दिनचर्या असन्तुलित भएकाले पनि यस्तो अवस्था आएको छ,’ उनी भन्छिन्, ‘सुत्ने र उठ्ने तालिका मिलेन, खानपान मिलेन वा कामको बोझ बढी भयो भनेपनि बैचनी हुने चिन्ता बढ्ने हुन्छ ।’

कसरी बच्ने ?

महामारीमा हुने यस्ता मानसिक समस्याबाट बच्ने बारे कुँवरको सुझाव यस्तो छ:

— पर्याप्त निद्रा, योग, ध्यान र व्यायाम गर्ने ।

— सकारात्मक सोच राख्ने

— सोसल मिडियाको प्रयोग कम गर्ने

— दिनमा एकपटक मात्र समाचार हेर्ने

— आफन्तहरुसँग फोन तथा सामाजिक सञ्जाल मार्फत कुराकानी गर्ने

— घरमा बस्दा खाली समयको सदुपयोग गर्न सिर्जनात्मक कामहरु गर्ने

— लागुपदार्थहरुको सेवन नगर्ने

— चुनौतिलाई सामना गर्नका लागि स्वयम् तयार हुने

— मनमा नराकात्मक धारणा नउब्जाउने ।

— कोरोना संक्रमण र निषेधाज्ञाको कारण आफ्नो दिनचर्या परिवर्तन गर्नु हुँदैन । पहिलेको जस्तै दिनचर्या बनाउनु पर्छ । आफूलाई सकारात्मक कुरामा समावेश गराउने ।

— भविष्यको चिन्ता छोडेर वर्तमानमा रमाउन सिक्ने ।

— बेचैनी सामान्य खालको मानसिक रोग भए पनि उपचार वा नियन्त्रणमा ध्यान नदिँदा दैनिकीमा असर पर्न थाल्छ । त्यसैले अनावश्यक रूपमा आत्तिने, डराउने, नकारात्मक भावना आउने, निद्रा नलाग्नेजस्ता लक्षण देखापरेमा सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ ।



...
सुनसान काठमाडौं र भाव विह्वल बनाउने आर्यघाट (फोटो फिचर) « Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको

भनिन्छ,कूटनीतिमा खानपिन तथा पहिरनले धेरै कुराको संकेत गर्छ । कूटनीति यस्तो क्षेत्र हो जहाँ लुगा लगाउने र खाना खाने,बोल्ने शैलीले

पातारासी गाउँपालिका-२ का दुई जोडीलाई सम्मान गरिएको छ । महिनाबारी  तथा रजस्वला भएका बेला घरैमा बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा तथा वीरे

विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार