English

‘जनैपूर्णिमाको दिनमात्र जनै लगाउँछु’



जनैपूर्णिमालाई हिन्दुहरुको एक विशेष चाडको रुपमा लिइन्छ । विभिन्न ठाउँ चलन तथा धार्मिक परम्पराअनुसार यस पर्वलाई फरक–फरक ढंगले मनाइन्छ । ब्राम्हण तथा क्षेत्रीहरुका लागि यो पर्व विशेष महत्वपूर्ण मानिन्छ । यस दिन बिहानै उठेर स्नान गरी शुद्ध भई भगवानको पूजा आराधना गरी मन्त्र जप गर्दै जनै फेरिन्छ र रक्षा बन्धन बाँध्ने गरिन्छ । यसरी हिन्दुहरुले विशेष महत्वका साथ मनाउँदै आइरहेको चाड जनैपुर्णिमा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले कसरी मनाउँदै आएका छन् भन्ने विषयमा केन्द्रित रहेर मेरोलाइफस्टाइलकर्मी सुमित्रा लुईंटेलले उनीसँग गरेको कुराकानी :

आज जनै फेर्नुभयो ?

कोरोनाको कारण केही आफन्त गुमाएका छौ । घरमा जुठो परेको कारणले यो वर्ष जनै फेरिन । तर, सामान्य अवस्था हुँदा वर्षेनी यो पर्व मनाउँथे । त्यस्तो विशेष त केही पनि हुँदैन । जनै फेर्ने, दिदी बहिनिहरुसँग रक्षा बन्धन गर्ने र क्वाँटी खाएर मनाउने हो ।

तपाईंको व्रतबन्ध कहिले भएको हो ?

कक्षा ९ मा पढ्दा व्रतबन्ध भएको थियो । त्यतिबेला हामी झापामै थियौं । व्रतबन्धको बेला अरु कुरा त रमाइलो नै लागेको थियो, तर कपाल खौरिए पछि म चिन्डे हुन्छु भन्ने कुराले साह्रै दुःख लागेको थियो । त्यसैले कपाल नकाटी व्रतबन्ध हुँदैन भनेर पनि सोधेको थिएँ । सबैले खौरिनै पर्छ भनेपछि मैले हारेँ ।

पहिलोपटक जनै लगाउँदाको अनुभव कस्तो थियो ?

व्रतबन्धको दिन पहिलो पटक जनै लगाउँदा त रमाइलो नै लागेको थियो । सानै थिएँ । त्यसैले पनि होला त्यत्ति धेरै याद त छैन । कपाल खौरिने चिन्ता बाहेकका अरु कुराहरु त रमाइलो नै लागेको थियो ।

जनै सधैं लगाउनुहुन्छ ?

अँह लगाउँदिन । जनैपूर्णिमाको दिन मात्र लगाउँछु । त्यसपछि लगाउँदिन ।

किन ?

जनैपूर्णिमाको दिन लगाएको जनै त्यही दिन फुकाल्दिनँ । त्यो जनै रहुन्जेल रह्यो । त्यो फुकालेपछि भने अर्को जनै फेर्दिनँ । किनभने, कामको सिलसिलामा विभिन्न ठाउँमा जानुपर्छ, हिन्दू धर्मले बन्देज लगाएका खानेकुराहरु खाइन्छ । त्यसैले लगाउँदिन ।

व्रतबन्धको बेला दिक्षा मन्त्र दिने गुरुसँग कुराकानी हुन्छ कि हुँदैन ?

झापामै हुँदा व्रतबन्ध भयो । त्यसैले मलाई कसले मन्त्र दिनुभयो नै थाहा छैन । अब जनै नलगाउने भएपछि नियमित मन्त्र जप गर्ने कुरा पनि भएन । त्यसैले मन्त्र दिने गुरु नै याद भएन ।

तपाईंलाई जनैपूर्णिमाको महत्व थाहा छ ?

जनै पूर्णिमा किन माइन्छ भन्ने सहि अर्थ त मलाई थाहा छैन । तर, यस दिन शुद्ध भएर जनै फेर्दा र रक्षाबन्धन बाँध्दा शरीर र आत्मा शुद्ध हुन्छ भन्ने सुनेको छु । यस दिन क्वाँटी खाने चलन पनि छ । स्वस्थ मानिसले क्वाँटी खानाले प्रोटिनको मात्रा पुग्छ । शरीर पुष्ट हुन्छ । मौसमअनुसार शरीरको तापमान ठीक रहन्छ भन्ने मान्यता छ । साथै, आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने र जनै फेर्ने गरिन्छ भनेर सुन्दै आएको छु ।

युवा पुस्ताले यो पर्वलाई कसरी मनाउनु पर्छ जस्तो लाग्छ ?

पहिले देखि हाम्रो पुर्खाहरुले मनाउँदै आएको यस चाडलाई नयाँ पुस्ताले पनि अपनाउनुपर्छ । एक पुस्ताको परम्परा अर्को पुस्तामा हस्तान्तरण भएमा मात्र संस्कृति जोगिन्छ । त्यसैले जसले जति जानेको छ, जसरी जानेको छ त्यसरी नै यो चाडलाई निरन्तरता दिनु राम्रो हो ।

जनैपूर्णिमाको अवसरमा अन्तिममा के भन्न चाहनु हुन्छ ?

सम्पुर्णमा जनै पुर्णिमाको धेरै–धेरै शुभकामना । अहिले कोरोनाको समय भएकाले सबैजनाले सचेत भएर आफ्नो कला संस्कृतिलाई जोगाउनु होला र जनैपूर्णिमा मनाउनु होला भन्न चाहन्छु ।



...
Heincaw

считаю верным выбором для SEO-оптимизации.

...
Ayybkeymn

price of voltaren

...
Zefbinimb

synthroid purchase

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली