English

पशुपतिमा शिवरात्रिको रौनक (फोटो/भिडियो पनि)



आज महाशिवरात्रि । देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो छ । पशुपतिनाथ मन्दिर परिसरमा पनि भक्तजनको घुँइचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी महाशिवरात्रि पर्व मनाइन्छ ।

पशुपतिनाथ मन्दिरमा हरेक वर्ष महाशिवरात्रिको अवसरमा विशेष मेला लाग्ने गर्छ । विगतझैँ यस वर्ष पनि महाशिवरात्रि मेलाको लागि पशुपति क्षेत्रलाई विशेष रूपले सजाइएको छ ।

सोमबार रातिदेखि नै भक्तजनहरूको भिड रहेको पशुपतिनाथ मन्दिरमा आज बिहान ३ बजेदेखि नै दर्शनको लागि पशुपतिको चारै ढोका खोलिएको छ ।

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रूपमा मनाउने हिन्दूहरूको परम्परा छ । यस रातलाई उनीहरू मानवआत्माले मोक्ष प्राप्त गरेको रातको रूपमा लिने गर्दछन् ।

महाशिवरात्रिको अवसरमा एकैदिन १० लाख दर्शनार्थीहरूले पशुपति दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको थियो । ५ बजेसम्म करिब ८ लाख भक्तजनले मन्दिर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । ‘अघिल्लो वर्ष कोरोना माहामारीले गर्दा सोचेजति भक्तजनको घुइँचो थिएन, तर यो वर्ष भने हामीले अनुमान गरेभन्दा धेरै भक्तजन आउने सम्भावना छ ।’

पशुपति क्षेत्रमा निःशुल्करूपमा पिउने पानी, भोजन, गुर्जो चियासहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धूलो, स्वास्थ्य शिविरलगायत सेवा प्रदान गरिएको छ ।

भिडियो :

फोटो/भिडियो : राजकुमार श्रेष्ठ/मेरो लाइफस्टाइल

यो पनि…
यसैले सत्यम् शिवम् सुन्दरम्
पशुपतिमा बाबा : कोही मास्टर्स गरेका, कोही वियोगमा परेका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested