English

राजालाई नै जानकारी नभएको त्यो युद्ध, जहाँ मारिए हजारौँ सैनिक



विश्वको इतिहासमा धेरै युद्ध र लडाइँहरूको बारेमा पढ्नुभएको वा सुन्नुभएको होला । पहिलेका धेरै युद्धहरू अन्य राज्यहरूको कब्जा गर्न हुन्थ्यो । तर, सन् १६४४ मा भने एक खरबुजाको लागि युद्ध भएको थियो । करिब ३ सय ७६ वर्ष अघि भएको यो युद्धमा हजारौँ सैनिकको ज्यान गएको थियो ।

यो संसारको पहिलो युद्ध हो जुन एउटा मात्र फलको लागि लडिएको थियो । यो युद्ध इतियासमा ‘माटिरे की राड’को रूपमा लिपिबद्ध छ । वास्तवमा त्यसबेला बिमानेर रियासत राज्यको सिल्भा गाउँ र नागौर राज्यको जखानियाँ गाउँको सिमाना एक–अर्कासँग जोडिएको थियो । यी दुई गाउँहरू रियासतको अन्तिम सिमानामा थिए ।

बिकानेर राज्यको सिमानामा एउटा खरबुजाको बोट र नागौर राज्यको सिमानामा फलफूलको बोट लगाइएको थियो । तर, यही फलफूल भीषण युद्धको कारण बन्यो । सिल्भा गाउँका बासिन्दाले आफूले लगाएको फलफूलको हक आफ्नो रहेको बताउँथे भने राज्य नागौरका जनताले पनि आफ्नो अधिकार भएको दाबी गर्थे । यसरी दुवैले दाबी गर्दागर्दै रियासतमा दुवै राज्यको भीषण युद्ध भएर रक्तपातको रूप लिएको थियो ।

सिंघवी सुखमलले नागौरको सेनामा नेतृत्व गरेका थिए भने रामचन्द्र मुखियाले बीकानेरको सेनाको नेतृत्व गरेका थिए । यस युद्धमा बिकानेरको रियासत विजय भएको थियो तर दुवै पक्षका हजारौँ सौनिक मारिएका थिए । अचम्मको कुरा त के हो भने युद्ध भइरहँदा दुवै रियासतका राजाहरूलाई युद्धको कारण बारे जानकारी थिएन ।
यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये