English

राजालाई नै जानकारी नभएको त्यो युद्ध, जहाँ मारिए हजारौँ सैनिक



विश्वको इतिहासमा धेरै युद्ध र लडाइँहरूको बारेमा पढ्नुभएको वा सुन्नुभएको होला । पहिलेका धेरै युद्धहरू अन्य राज्यहरूको कब्जा गर्न हुन्थ्यो । तर, सन् १६४४ मा भने एक खरबुजाको लागि युद्ध भएको थियो । करिब ३ सय ७६ वर्ष अघि भएको यो युद्धमा हजारौँ सैनिकको ज्यान गएको थियो ।

यो संसारको पहिलो युद्ध हो जुन एउटा मात्र फलको लागि लडिएको थियो । यो युद्ध इतियासमा ‘माटिरे की राड’को रूपमा लिपिबद्ध छ । वास्तवमा त्यसबेला बिमानेर रियासत राज्यको सिल्भा गाउँ र नागौर राज्यको जखानियाँ गाउँको सिमाना एक–अर्कासँग जोडिएको थियो । यी दुई गाउँहरू रियासतको अन्तिम सिमानामा थिए ।

बिकानेर राज्यको सिमानामा एउटा खरबुजाको बोट र नागौर राज्यको सिमानामा फलफूलको बोट लगाइएको थियो । तर, यही फलफूल भीषण युद्धको कारण बन्यो । सिल्भा गाउँका बासिन्दाले आफूले लगाएको फलफूलको हक आफ्नो रहेको बताउँथे भने राज्य नागौरका जनताले पनि आफ्नो अधिकार भएको दाबी गर्थे । यसरी दुवैले दाबी गर्दागर्दै रियासतमा दुवै राज्यको भीषण युद्ध भएर रक्तपातको रूप लिएको थियो ।

सिंघवी सुखमलले नागौरको सेनामा नेतृत्व गरेका थिए भने रामचन्द्र मुखियाले बीकानेरको सेनाको नेतृत्व गरेका थिए । यस युद्धमा बिकानेरको रियासत विजय भएको थियो तर दुवै पक्षका हजारौँ सौनिक मारिएका थिए । अचम्मको कुरा त के हो भने युद्ध भइरहँदा दुवै रियासतका राजाहरूलाई युद्धको कारण बारे जानकारी थिएन ।
यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested