English

छालालाई राम्रो बनाउन अपनाउनुहोस् यी टिप्स



हामी अनुहारलाई आकर्षक, मुलायम, चम्किलो बनाउन प्रयास गछौँ । तर, अनुहारलाई सुन्दर राख्नका लागि खानपान, आनीबानी र दिनचर्यामा ख्याल राख्दैनौँ । यसका लागि आफ्नो आनीबानी र दिनचर्यामा ख्याल राख्न जरुरी हुन्छ ।

मोइस्चराइजर

छालामा क्लिन्जिङ गरेपछि त्यसमा मोइस्चराइज गर्न अति नै आवश्यक हुन्छ । जब तपाईं अनुहार धुनुहुन्छ, धुलो–धुवाँ, मेकअपसँगै अनुहारमा भएको तेल पनि पखालिन्छ । त्यसैले, छालालाई पोषण दिनका लागि मोइस्चराइजर लगाउन आवश्यक हुन्छ ।

फ्याट डाइट नलिने

अक्सर स्लिम बन्ने चक्करमा अहिलेका मानिसहरूले फ्याट डाइट लिने गर्छन् । तर, त्यसले छालाको सौन्दर्यलाई नष्ट गर्छ । छालाको चमक पनि हराउँछ । छालालाई स्वस्थ्य र मोस्चराइज राख्नका लागि फ्याटको जरुरी हुन्छ । त्यसैले, यसबाट बच्नका लागि फ्याटी एसिडको रूपमा हरियो सब्जी, अन्डाको सेवन गर्नुपर्छ ।

पर्याप्त निन्द्रा

राम्रो निन्द्राले छालालाई ताजा राख्न पनि मद्दत गर्छ । त्यसैले, हरेक रात कम्तिमा ८ घण्टा सुत्नैपर्छ । यदि, तपाईको पर्याप्त निन्द्रा पुगेन भने छालामा विभिन्न समस्या देखापर्न सक्छ ।

सनस्क्रिन क्रिम

हामी ठान्छौँ, सन प्रोटेक्सन क्रिम भनेको केवल बाहिर हिँडडुल गर्दा घाममा लगाउने मात्र हो । तर, बाहिर हिँडडुल नगरेको समयमा पनि सन प्रोटेक्न क्रिम लगाउन आवश्यक हुन्छ ।

पानी पिउने

धेरै पानी पिउनाले शरीर हाइड्रेटेड हुन्छ, तर हामी पानी धेरै पिउन बिर्सन्छौँ । हामीले खाएको खानेकुरालाई पचाउने र पोषक तत्वहरू शरीरको सबै भागमा पुर्याउन पानीले सहयोग गर्छ । साथै, धेरैं पानी पिउनाले छालालाई स्वस्थ र ताजा पनि बन्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको