English

छालालाई राम्रो बनाउन अपनाउनुहोस् यी टिप्स



हामी अनुहारलाई आकर्षक, मुलायम, चम्किलो बनाउन प्रयास गछौँ । तर, अनुहारलाई सुन्दर राख्नका लागि खानपान, आनीबानी र दिनचर्यामा ख्याल राख्दैनौँ । यसका लागि आफ्नो आनीबानी र दिनचर्यामा ख्याल राख्न जरुरी हुन्छ ।

मोइस्चराइजर

छालामा क्लिन्जिङ गरेपछि त्यसमा मोइस्चराइज गर्न अति नै आवश्यक हुन्छ । जब तपाईं अनुहार धुनुहुन्छ, धुलो–धुवाँ, मेकअपसँगै अनुहारमा भएको तेल पनि पखालिन्छ । त्यसैले, छालालाई पोषण दिनका लागि मोइस्चराइजर लगाउन आवश्यक हुन्छ ।

फ्याट डाइट नलिने

अक्सर स्लिम बन्ने चक्करमा अहिलेका मानिसहरूले फ्याट डाइट लिने गर्छन् । तर, त्यसले छालाको सौन्दर्यलाई नष्ट गर्छ । छालाको चमक पनि हराउँछ । छालालाई स्वस्थ्य र मोस्चराइज राख्नका लागि फ्याटको जरुरी हुन्छ । त्यसैले, यसबाट बच्नका लागि फ्याटी एसिडको रूपमा हरियो सब्जी, अन्डाको सेवन गर्नुपर्छ ।

पर्याप्त निन्द्रा

राम्रो निन्द्राले छालालाई ताजा राख्न पनि मद्दत गर्छ । त्यसैले, हरेक रात कम्तिमा ८ घण्टा सुत्नैपर्छ । यदि, तपाईको पर्याप्त निन्द्रा पुगेन भने छालामा विभिन्न समस्या देखापर्न सक्छ ।

सनस्क्रिन क्रिम

हामी ठान्छौँ, सन प्रोटेक्सन क्रिम भनेको केवल बाहिर हिँडडुल गर्दा घाममा लगाउने मात्र हो । तर, बाहिर हिँडडुल नगरेको समयमा पनि सन प्रोटेक्न क्रिम लगाउन आवश्यक हुन्छ ।

पानी पिउने

धेरै पानी पिउनाले शरीर हाइड्रेटेड हुन्छ, तर हामी पानी धेरै पिउन बिर्सन्छौँ । हामीले खाएको खानेकुरालाई पचाउने र पोषक तत्वहरू शरीरको सबै भागमा पुर्याउन पानीले सहयोग गर्छ । साथै, धेरैं पानी पिउनाले छालालाई स्वस्थ र ताजा पनि बन्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested