English

‘स्कुल पढ्दा खाएको जेरी अझै याद आउँछ’



खुमन अधिकारी लोकदोहोरी क्षेत्रमा चलेका गायकमध्ये पर्छन् । उनले अहिलेसम्म लगभग आठ हजारभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनले गाएका गीतहरूमध्ये ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’, ‘कपाल कोर्ने काइँयो’, ‘स्याङ्जालीलाई नभन जाली’, लगायतका थुप्रै गीत चर्चित छन् ।

खुमन सानैदेखि गीत संगीतमा रुचि राख्थे । बाल्यकालसँग जोडिएको हरेक कुरा उनलाई सम्झनलायक लाग्छ । खुमन भन्छन्– ‘जीवनको सबैभन्दा प्रिय पल भनेको बालापन हो ।’

त्यतिबेला, गरेका हरेक क्रियाकलापहरू विशेष हुन्छ । उसबेला मनपरेका केही परिकार जीवनभर रोजाइमा पर्ने खुमन बताउँछन् । ‘बाल्यकालमा खाएको केही खानेकुराको स्वाद जिब्रोमै झुन्डिएको छ ।’

बाल्यकालमा खाएको खानेकुरामध्ये स्कुल नजिकको होटलमा खाएको जेरीको स्वाद भने मलाई सधैँ याद आउँछ । स्कुलमा १ बजे खाजा खाने छुट्टी हुन्थ्यो, छुट्टी हुनेबित्तिकै साथीहरूसँग मिलेर म खाजा खान स्कुल नजिकैको होटलमा गइहाल्थे ।

बाल्यकालमा खाएको खानेकुरालाई सम्झँदै उनी भन्छन् ‘बाल्यकालमा खाएको खानेकुरामध्ये स्कुल नजिकको होटलमा खाएको जेरीको स्वाद भने मलाई सधैँ याद आउँछ ।’

खुमनको बाल्यकाल स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा बितेको थियो । देउराली निम्न माध्यमिक विद्यालयमा पढ्ने क्रममा खाजाको रूपमा खाएको तात्तातो जेरीको स्वाद अझै उनको जिब्रोमा झुन्डिएको छ । बाल्यकालमा खाएको त्यो जेरीलाई सम्झँदै उनी भन्छन्– ‘स्कुलमा १ बजे खाजा खाने छुट्टी हुन्थ्यो, छुट्टी हुनेबित्तिकै साथीहरूसँग मिलेर म खाजा खान स्कुल नजिकैको होटलमा गइहाल्थे ।’, उनले भने ‘त्यस होटलको जेरी र समोसा फेमस थियो र म खाजामा प्राय जेरी नै खान्थे ।’

उनलाई बाल्यकालमा खाएका खानेकुरामध्ये एकदमै मनपर्ने खानेकुरा स्कुल नजिकको होटलमा पाइने जेरी हो । खुमनलाई अहिले पनि जेरी असाध्यै मन पर्छ । कहिलेकाँही उनी घरमै जेरी बनाएर पनि खान्छन् । तर, त्यो होटलको जस्तो स्वाद भने नपाएको उनी बताउँछन् । ‘कति मिठो हुन्थ्यो त्यो जेरी सम्झिँदै खान मन लाग्छ ।’

अहिले पनि उनी गाउँ पुगेको बेला त्यो होटलमा पुगेर जेरी खान्छन् । पछिल्लो समय दशैँमा पनि उनी त्यही होटेलमा पुगेर जेरी खाएका थिए ।

अहिले बजारमा जेरी त छ्यापछ्याप्ती पाइन्छ तर, त्यो बाल्यकालको स्वाद पाउन गाह्रो छ उनी सुनाउँछन् । ‘मलाई जेरी अहिले पनि उत्तिकै मन पर्छ कतै सफा गरी बनाएको देखेँ भने किनेर खाइहाल्छु ।’, उनले भने ‘गाउँमा पुगेको बेला पनि प्रायः त्यही होटलमा पुगेर जेरी खान्छु ।’

यो पनि…
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested