English

‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द



नेपाली सिने नगरीकी पहिलो अभिनेत्री हुन्– भुवन चन्द । १४ वर्षकै उमेरमा उनले ‘आमा’ चलचित्रबाट डेब्यु गरिन् । जसमा उनले मूख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । त्यतिबेला गरेको संघर्ष अझै पनि उनको मानसपटलमा ताजै छन् । बालखैमा करिअर सुरु गरेकी चन्दलाई जीवनको कुनै क्षण सम्झनुपर्यो भने के सम्झनुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्– बालापन ।

सबैलाई बाल्यकाल प्रिय लाग्छ । त्यतिबेला गरेका हरेक क्रियाकलापहरू विशेष हुन्छन् । उसबेला मनपरेका केही परिकार जीवनभर रोजाइ बन्छ । त्यसो त बाल्यकालमा खाएको खानेकुरालाई सम्झँदै भुवन भन्छिन्–‘पहिले पाइने जस्तो शुद्ध खानेकुरा अहिले कहाँ पाइन्छ र ?’

चन्दको बाल्यकाल क्षेत्रपाटी, धोबीचौर र ठमेलमा बित्यो । त्यतिबेला अहिलेजस्तो घरैपिच्छे पसल थिएनन् । त्यसैले जंकफुड खाने कुरा परै जाओस् । बाल्यकाल सम्झँदै उनी भन्छिन्– ‘घरमा बिहान बेलुका खाना पाक्थ्यो दिउँसो खाजाका रुपमा भुटेको भात खाने चलन थियो ।’

उनलाई मनपर्ने परिकार भने कालो दालसँगको खाना हो । जो अहिले पनि उनको रोजाइमा पर्छ । भात, कालो दाल, चम्सुर पालुङ्गोको साग, गोलभेँडाको अचार र आलु भुजिया एकदमै मन पथ्र्यो । घरमा यी परिकार बनेको दिन उनी निकै खुशी हुन्थिन् ।

उनलाई मनपर्ने परिकार भने कालो दालसँगको खाना हो । जो अहिले पनि उनको रोजाइमा पर्छ । भात, कालो दाल, चम्सुर पालुङ्गोको साग, गोलभेँडाको अचार र आलु भुजिया एकदमै मन पथ्र्यो । घरमा यी परिकार बनेको दिन उनी निकै खुशी हुन्थिन् । ‘कालो दालसँग खाना भनेपछि हुरुक्कै हुन्थेँ,’ बाल्यकालमा खाएको कालो दाल सम्झँदै भन्छिन्, ‘अन्य दाल मन नपर्ने त होइन तर ताप्केमा बनाएको कालो दाल र फुर्र परेको खानाले मेरो मन जित्थ्यो ।’

कालो ताप्केमा बनाएको दालको स्वाद त अहिले पाइँदैन तर, पहिलेको जस्तै स्वाद बनाउने प्रयास गर्ने गरेको उनी सुनाउँछिन् । ‘कालो दाल बनाउँदा कुकरमा २ देखि ३ सिट्ठी लगाउँछु र फलामको कराईमा खनाएर सानो आगो पारेर पकाउँछु,’ उनी भन्छिन्, ‘दाल लतक्क हुने गरी पाकिसकेपछि घ्यूमा हिङ, अदुवा र जिम्बु राखेर झान्छु ।’

यसरी बनाएको दाल उनलाई असाध्यै मिठो लाग्छ । त्यसो त अहिले पनि उनको घरमा अन्य दालको तुलनामा कालो दाल धेरै पाक्छ । उनका श्रीमान्लाई उनले पकाएको कालो दाल निकै मन पर्छ ।

भुवन हिजोआज असन गएको बेला ग्वारामरी खान्छिन् । ‘ग्वारामरीमा बाल्यकाल देख्छु,’ भुवन भन्छिन्, ‘फेरि कहाँ आउला र घुमेर बालापनको त्यो उमेर ।’

बाल्यकालमा उनलाई हलुवा र स्वारी खुब मन पर्थ्यो । ‘असनमा रहेको नारायण दाइको पसलमा गएर हलुवा र स्वारी खुब खान्थे,’ उनी सुनाउँछिन् । संकटानजिक पाइने ग्वारामरी पनि उनको रोजाइमा पर्थ्यो । त्यसैले भुवन हिजोआज असन गएको बेला ग्वारामरी खान्छिन् । ‘ग्वारामरीमा बाल्यकाल देख्छु,’ भुवन भन्छिन्, ‘फेरि कहाँ आउला र घुमेर बालापनको त्यो उमेर ।’

यो पनि…
उहिले र अहिलेको दर
यी ८ नायिका जसको करिअर सञ्चार क्षेत्रबाट सुरु भयो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested