English

‘आमाले जस्तैे सेल रोटी बनाउन खोज्छु, तर जान्दिनँ’



युवा पुस्ताले एकदमै रुचाएकी गायिका हुन् प्रीति आले । नेपाली गीत सङ्गीतमा फरक पहिचान बनाएकी गायिका प्रीति आलेले प्रकाश सपूतसँगको सहकार्यमा गाएको ‘दोहोरी ब्याटलले’ धेरै चर्चा कमाएको थियो । ‘बामरी,’ ‘दोहोरी ब्याटल’ र ‘दोहोरी ब्याटल २’ हिट भएसँगै उनलाई धेरैले चिने । उनले गाउने गीतहरू फरक–फरक धारका हुन्छन् । उनले गाएको प्राय गीतमा उनी स्वयं अभिनय पनि गर्छिन् । उनले पछिल्लो समय गाएका गीतहरू फरिया, फरिया–२ पनि चर्चित छन् ।

गायिका प्रीति आलेको बाल्यकाल तनहुँमा बितेको थियो । सानैदेखि उनी चुलबुले स्वभावकी थिइन् । गीत गाउनमा र नाच्नमा पनि उनको सानैदेखि रुचि थियो । आलेलाई आफ्नो बाल्यकाल सम्झँदा असाध्यै रमाइलो लाग्छ । बाल्यकालसँग जोडिएको विभिन्न पक्षहरूमध्ये खाना पनि एउटा राम्रो पक्ष भएको आले बताउँछिन् । ‘सानोमा खाएका हरेक खानेकुरा विशेष हुने गथ्र्यो, बजारमा गएर किनेर खाने भन्ने थिएन घरमा जे पाक्छ त्यही खानुपथ्र्यो ।’

आमाले बनाएको सेलरोटी एकदमै गोलो र स्वादिलो हुन्थ्यो, आमाले सेल रोटी पकाएको दिन घर नै पूरै सेल रोटी वासना आउँथ्यो । आमाले बनाएको सेल रोटी साह्रै स्वादिलो हुन्थ्यो, ओहो सम्झिँदै खान मन लाग्छ ।

बाल्यकालमा खाएको खानेकुरा सम्झँदै आले भन्छिन्– ‘बाल्यकालमा त जे खाए पनि मिठो हुन्थ्यो, नमिठो लागेका खानेकुरा त कमै छन् ।’

कुनै विशेष चाडबाडको बेला उनको घरमा सेल रोटी पाकिहाल्थ्यो । आमाले बनाएको सेल रोटीको स्वाद उनको जिब्रोमा नै झुन्डिएको छ । बाल्यकालमा आमाले पकाएको सेल रोटी सम्झँदै उनी भन्छिन्– ‘आमाले बनाएको सेलरोटी एकदमै गोलो र स्वादिलो हुन्थ्यो, आमाले सेल रोटी पकाएको दिन घर नै पूरै सेल रोटी वासना आउँथ्यो ।’

उनलाई बाल्यकालमा खाएको खानेकुराहरूमध्ये एकदमै नपर्ने खानेकुरा सेलरोटी हो । ‘आमाले बनाएको सेल रोटी साह्रै स्वादिलो हुन्थ्यो, ओहो सम्झिँदै खान मन लाग्छ ।’

कतै पाहुना भएर जाँदा अहिले पनि सेल पाकेको छ र उनले खान भ्याइनन् भने उनी सेललाई प्याक गर्न लाउँछिन् । उनको घरका अन्य सदस्यहरूलाई सेल चिल्लो हुने भएकोले त्यति धेरै मन पर्दैन तर उनलाई भने असाध्यै मन पर्छ । त्यसैले, सेलरोटी खान मन लाग्यो भने उनी एक्लै भए पनि बनाएर खान्छिन् । ‘आमाले बनाउनुभएको जस्तो बनाउन आउँदैन, राम्ररी जोडिँदैन पनि तर जस्तो आउँछ त्यस्तै बनाएर खान्छु ।’

बजारमा पाइने सेलमा सोडा हालेर पकाइन्छ त्यही पनि राम्ररी पाकेको हुँदैन । इस्ट तथा नराम्रो तेलको प्रयोग गरेर बनाइएको सेल स्वास्थ्यको लागि पनि राम्रो हुँदैन ।

अहिले बजारमा पनि छ्यापछ्याप्ती सेलरोटी पाइन्छ तर उनलाई भने बाहिर किनेर खाएको भन्दा घरमै बनाएको सेल मन पर्छ । ‘बजारमा पाइने सेलमा सोडा हालेर पकाइन्छ त्यही पनि राम्ररी पाकेको हुँदैन । इस्ट तथा नराम्रो तेलको प्रयोग गरेर बनाइएको सेल स्वास्थ्यको लागि पनि राम्रो हुँदैन ।’

बाल्यकालमा खाएको सेल सम्झँदै उनी भन्छिन् ‘आमाले कम चिनी राखेर सिमलको जरा तथा मुडलपातेको चोप राखेर सेल पकाउनुहुन्थ्यो ।’, ‘त्यो स्वाद पाउन त गाह्रो छ तर, जस्तो भए पनि सेल भनेपछि म हुरुक्कै हुन्छु ।’

यो पनि…
‘कालो दाल र ग्वारामरीमा बाल्यकाल देख्छु’– भुवन चन्द
‘आमाले बनाएको इमलीको खट्टीमिठ्ठी साह्रै याद आउँछ’– दीपाश्री निरौला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested