English

डन्डिफोरको कारण र ध्यान दिनुपर्ने कुराहरू



डन्डिफोर हाम्रो छालामा आउने एउटा सामान्य समस्या हो । ८० देखि ९० प्रतिशत मानिसलाई आफ्नो जीवनकालभरिमा डन्डिफोर आएको हुन्छ । अनुहारमा भएको डन्डिफोरले धेरैको आत्मविस्वास कम गर्छ । छालामा डन्डिफोर आएपछि चिन्तित हुनुभन्दा डन्डिफोर आउनै नदिनु नै राम्रो हुन्छ । कुनै एउटा कारणभन्दा पनि विभिन्न कारणहरूले डन्डिफोरको समस्या देखापर्छ । डन्फिोर आउने कारण हरू यसप्रकार छन् :

ग्रन्थीले धेरै चिल्लो उत्पादन गरेर

यौवन अवस्थामा पुगेपछि हरेक मानिसमा हर्मोनमा परिवर्तन आउँछ । जसले गर्दा हर्मोनले धेरै चिल्लो उत्पादन गर्छ र त्यसै कारणले डन्डिफोरको समस्या देखिन्छ ।

किटाणुको संक्रमण

हाम्रो छालामा हुने (प्रोपियोनि बैक्टीरियम एक्ने) नामक किटाणुले चिल्लो बनाउने ग्रन्थी बढाउने काम गर्छ जसले गर्दा पनि डन्डिफोरको समस्या हुने पर्छ ।

चिल्लो बनाउने ग्रन्थी ब्लक भएमा

हाम्रो छालामा हुने कोषहरू परिर्वतन भइरहेको हुन्छ । केही कारणले चिल्लो उत्पादन हुने ग्रन्थीको प्वालहरू बन्द भएको खण्डमा पनि डन्डिफोरको समस्या देखिन्छ ।

रासायनिक प्रक्रियाको कारण

यी तीन कारणले गर्दा छालामा विभिन्न किसिमको रासायनिक प्रक्रिया हुन्छ । जसले गर्दा छाला रातो हुने, पिप भरिने आदि समस्या हुन्छ जसले गर्दा पनि डन्डिफोर आउने गर्छ ।

अन्य कारण

– तनावको कारणले पनि डन्डिफोरको समस्या देखिने गर्छ
– बुबा आमालाई डन्डिफोरको समस्या छ भने छोराछोरीमा पनि यो समस्या हुन सक्छ । वंशाणुगत कारणले पनि डन्डिफोरको समस्या हुने गर्छ ।
– धेरै चिल्लो कस्मेटिकहरूको प्रयोगले यो समस्या निम्त्याउने तथा बढाउने गर्छ ।
– आजभोलि कोभिड–१९ का कारण लगातार मास्कको प्रयोगले गर्दा पनि डन्डिफोरको समस्या देखिने गरेको छ ।
– धेरै चिनी प्रयोग भएको खानेकुराको सेवनले पनि यो समस्या हुन्छ ।
– जंक फुडहरूको सेवनले पनि डन्डिफोरको समस्या देखिन्छ ।
– हर्मोन गडबडी भएको व्यक्तिमा पनि डन्डिफोर आउन सक्छ ।
– किटनाशक औषधि तथा विभिन्न रासायनिक औषधिको फ्याक्ट्रीमा काम गर्ने व्यक्तिमा पनि यो समस्या देखिन सक्छ ।

ध्यान दिनुपर्ने कुराहरू

डन्डिफोर विभिन्न किसिमको हुने भएकोले कुन किसिमको डन्डिफोर हो भन्ने कुराको जानकारी हुनु जरुरी हुन्छ । सामान्य किसिमको डन्डिफोर हो भने केही कुरामा ध्यान दिँदा डन्डिफोरको समस्यालाई कम गर्न सकिन्छ । तर, गम्भीर समस्या छ भने छालारोग विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

– छालालाई नियमित क्लिन्जिङ गर्ने ।
– चिल्लो हटाउने फेसवासको प्रयोग गर्ने ।
– तनाव कम लिने ।
– कुनै औषधिको असरलाई पत्ता लगाउने ।
– कस्मेटिकको प्रयोगको कारणले डन्डिफोर आए प्रयोग बन्द गर्ने
– जथाभावी औषधिको प्रयोग नगर्ने
– डाक्टरको सल्लाहअनुसार फेसवास, मोस्टराइजर तथा सनक्रिमको प्रयोग गर्ने ।
– हरियो सागपात, फलफुल र प्रसस्त मात्रामा पानी पिउने ।
– सन्तुलित आहार सेवन गर्ने ।
– दुग्द्यजन्य पदार्थको सेवन कम गर्ने ।
– डन्डिफोरलाई कोट्याउने तथा फुटाउने नगर्ने
– जिन्क पाइने खानेकुरा हरू खाने
–डन्डिफोरलाई समयमा उपचार नगर्दा के हुन्छ ?

डन्डिफोरको उपचार समयमा नगर्दा समस्या झन् बढेर जान्छ यसले हाम्रो दैनिक जीवनमा असर गर्छ । डन्डिफोर भएका व्यक्तिमा आत्मविश्वास कम हुने, डिप्रेसन, एन्जाइटीसमेत हुन सक्छ । त्यसैले, यसको समयमै उपचार गर्नुपर्छ ।

विशेष ध्यान दिनुपर्ने कुरा

रिर्पोडक्टिभ एजको महिलाले डन्डिफोरसम्बन्धी औषधिको सेवन गर्दा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ ।
यदि, महिलाले डन्डिफोरको औषधि सेवन गरिरहेका बेला गर्भ बसेमा बच्चालाई असर गर्न सक्छ । त्यसैले, औषधि सेवन गर्दा ध्यान दिनुपर्छ । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधिको प्रयोग गर्नु हुँदैन ।

यो पनि…
जोर्नी दुख्छ ? बन्दागोभीले गर्छ औषधिको काम
यस्ता छन् स्तन क्यान्सर पत्ता लगाउने तरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,