English

ब्रेन डेड मानिसमा सुँगुरको किड्नी प्रत्यारोपण सफल



अमेरिकाको प्रान्तीय राज्य अलाबामामा चिकित्सकहरूले वंशानुगतरूपमा परिवर्तन गरिएको सुँगुरको किड्नी एउटा ब्रेन डेड मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । अलाबामा विश्वविद्यालयका चिकित्सकहरूले शल्यक्रिया सम्पन्न गरेका हुन् ।

गत वर्षको सेप्टेम्बरमा मोटरसाइकल दुर्घटनामा परेपछि ५७ वर्षीय जिम पार्सनलाई ब्रेन डेड घोषणा गरिएको थियो । शल्यक्रियापछि प्रत्यारोपण गरिएको किड्नीले तत्काल काम गर्न थाले प्राप्त विवरणहरूमा जनाइएको छ ।

यसै महिना शल्य चिकित्सकहरूले वंशानुगतरूपमा परिवर्तन गरिएको बंगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको थियो । डेभिड बेन्नेट नाम गरेका व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति भएको जनाइएको छ । युनिभर्सिटी अफ म्यारिल्यान्डका चिकित्सकहरुको समूहले गरेको सो शल्यक्रियालाई बेन्नेटले चमत्कार भनेका छन् ।

सो विवरण सार्वजनिक भएपछि एक भारतीयले आफूले २५ वर्षअघि नै सुँगुरको मुटु पत्यारोपण गरेको दाबी गरेका थिए ।

यो पनि
सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

Latest










Popular
Suggested