English

फिल्म क्षेत्रका समस्याबारे विकास बोर्डमा छलफल



कोरोना महामारीकाे चपेटामा परेको सबैभन्दा ठूलो क्षेत्र हो, फिल्म । सरकारको निकै कम प्राथमिकतामा पर्ने गरेको यो क्षेत्रलाई विदेशी फिल्मको दबाब समेत रहने गरेको छ । सोही सिलसिलामा नेपाली फिल्मलाई कसरी प्राथमिकतामा राख्ने भन्ने विषयमा छलफलसमेत शुरू भएको छ ।

सोमबार चलचित्र विकास बोर्डले फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुलाई बोलाएर छलफल थालेको हो । विदेशी फिल्मलाई भन्दा नेपाली फिल्मलाई प्रथामिकता कसरी दिने भन्ने विषयमा छलफल शुरु भएको कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।

‘कोरोनाले ठप्प रहेको नेपालको फिल्म क्षेत्रलाई उठाउन सबै एकजुट हुनुपर्ने कुरा पनि छलफल भएको छ’ अध्यक्ष खड्काले भने, ‘दर्शकको मन छुने, स्तरीय फिल्म निर्माणका लागि ध्यान दिने निर्णय पनि भयो ।’

कार्यक्रममा हरेक किसिमबाट सरकारलाई दबाब दिने, दर्शकलाई अनुरोध गर्ने, नेपाली फिल्मको विकास तथा विस्तारका लागि स्कुल, कलेज, गाउँ, शहर जताततै दर्शकबीच पुगेर नेपाली फिल्मको उत्थान कार्य गर्नेसमेत छलफल भएको खड्काले सुनाए ।

कार्यक्रममा हरेक किसिमबाट सरकारलाई दबाब दिने, दर्शकलाई अनुरोध गर्ने, नेपाली फिल्मको विकास तथा विस्तारका लागि स्कुल, कलेज, गाउँ, शहर जताततै दर्शकबीच पुगेर नेपाली फिल्मको उत्थान कार्य गर्नेसमेत छलफल भएको खड्काले सुनाए ।

कार्यक्रममा चलचित्र संघ, निर्माता संघ, वितरक तथा चलचित्र कलाकार संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सोही अवसरमा कोभिडका कारण पहिलो शिकार बनेर हल बन्द गर्ने सरकारको निर्णयप्रति विरोध गर्दै कोरोनाका कारण अत्यन्तै मारमा परेका निर्माता, वितरक, प्रदर्शक लगायत कलाकार, प्राविधिकहरूलाई राहत प्याकेजका लागि सम्बन्धित निकायमा अनुरोध र दबाब दिने विषयमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा भुवन केसी, दीपकराज गिरी, अशोक शर्मा, सुदर्शन थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल लगायतको सहभागिता रहेको थियो ।

यो पनि
सरकारसँग चलचित्रकर्मीका मागै माग
स्वास्थ्य मापदण्ड पालना गरेर फिल्म छायांकन गर्न आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested