English

निन्द्रा लागेन ? अब यसो गर्नुहोस्



प्रायः अधिकांश मानिसहरूलाई निदाउनको लागि धेरै कठिन हुने गर्दछ । यस्तो हुनुमा धेरै कारणले प्रभाव पारिरहेका हुन्छन् । थकान र तनावले गर्दा शरीर थाके पनि मस्तिष्कमा नानाथरी कुराहरू खेलिरहेका हुन्छन् । जसले गर्दा निन्द्रा लाग्न धेरै समय लाग्ने गर्दछ । यस्तो समस्याबाट मुक्त हुने एउटै उपाय भनेको हाम्रो दिमागलाई शान्त बनाउनु नै हो ।

अमेरिकी निन्द्रा विशेषज्ञ डा.एण्ड्रिउ विलले एक श्वासप्रश्वासको प्रविधिको विकास गरेका छन् जसले तपाईंलाई केवल ६० सेकेण्डमा नै निन्द्रा लगाउन मद्दत गर्दछ । तर यो विधिबाट प्रत्यक्ष असर देख्नको लागि तपाईंले ६० दिनसम्म हरेक दिन २ पटक यसलाई अभ्यास गर्नुपर्ने हुन्छ ।

यो विधिमा ४–७–८ को नियम लागू हुन्छ, यसको लागि कुनै बाह्य साधनको जरूरत पर्दैन र तपाईंले जहाँ बसेर पनि यसलाई अभ्यास गर्न सक्नुहुन्छ । डा.विलका अनुसार जति धेरै अभ्यास गर्‍यो त्यति नै आराम पाउन सकिन्छ र यसले तपाईंको रिसलाई नियन्त्रण गर्न पनि मद्दत गर्दछ ।

विधिहरू
-मुखबाट सबै हावा बाहिर निस्कने गरि लामो स्वास फाल्नुहोस् ।
-त्यसपछि मुख बन्द गरेर नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र मनमनै ४ सम्म गन्नुहोस् ।
-त्यसपछि स्वासलाई रोक्नुहोस् र मनमनै ७ सम्म गन्नुहोस् ।
-त्यसपछि फेरि मुखबाट सबै हावालाई बाहिर निस्कने गरि ८ गनुन्जेलसम्म स्वास फाल्नुहोस्, यसरी बाहिर फाल्दा आवाज निस्कनुपर्ने हुन्छ ।
-यति गर्दा एक स्वासप्रश्वास पूर्ण हुन्छ । अब फेरि नाकबाट बिस्तारै स्वास भित्र लिनुहोस् र यो प्रक्रिया ४ चोटि दोहोर्‍याउनुहोस् ।

यो पनि…
गहिरो निद्राका लागि के-के खाने ?

हिँडाइ उत्कृष्ट व्यायाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले