English

हिँडाइ उत्कृष्ट व्यायाम



हिँड्दा मन र शरीर दुवैलाई फाइदा हुन्छ । हामी हिँड्नको महत्त्वबारे खासै सोच्दैनौं तर विज्ञहरूका अनुसार यो विश्वकै उत्कृष्ट व्यायाममध्ये एक हो । हिँड्नु हाम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि फाइदाजनक रहेको धेरै अध्ययनहरूले पत्ता लगाएका छन् । यसले मानसिक शान्ति मात्र प्रदान गर्दैन संचार कौशलमा पनि सुधार गर्दछ । हिँड्नुका फाइदाबारे जानौं । हिँडाइले हाम्रो जीवन लामो र राम्रो बनाउँछ ।

हिँडाइले स्मरणशक्ति बढ्छ
हिँडाइले मस्तिष्क बढाउँछ । यसले एम्नेसियाको जोखिम कम गर्छ र स्मरणशक्ति सुधार गर्छ । युनिभर्सिटी अफ भर्जिनियाको अनुसन्धानका अनुसार हिँड्दा वृद्ध पुरुषमा डिमेन्सिया र अल्जाइमरको जोखिम कम हुन्छ ।

हिँड्दा गम्भीर रोगहरूको जोखिम कम
हिँड्दा मोटोपना, उच्च रक्तचाप र कोलेस्ट्रोल कम हुन्छ । यसका साथै मधुमेह, क्यान्सर र मुटुको रोग पनि हिँड्नबाट टाढा रहन्छ । हार्वर्ड मेडिकल स्कूलका अनुसार हप्तामा साढे दुई घण्टा मात्र हिँड्दा मुटु रोगको जोखिम ३० प्रतिशतसम्म कम हुन्छ ।

हिँड्दा तनाव कम हुन्छ
दिनमा केही मिनेट हिँड्दा तपाईंको मुड सुधार्न र चिन्ता कम गर्न सकिन्छ । प्रकृतिमा जाँदा हिँड्ने प्रभाव बढी हुन्छ । हिँड्दा मांसपेशी र हड्डी बलियो हुन्छ । तनाव पनि कम हुन्छ ।

हिँडाइले निद्रामा मद्दत गर्दछ
हिँड्दा हाम्रो ऊर्जा बढ्छ । यसका साथै निद्राको समस्याबाट छुटकारा पाउन मद्दत गर्छ । आर्थराइटिस फाउन्डेसनका अनुसार ५० देखि ७५ वर्षका महिलाले दैनिक केही समय हिँड्ने हो भने निद्रामा समस्या हुँदैन ।

हिँड्नु राम्रो कसरत
हिँड्नुलाई छोटो पैदल मात्रै ठान्नु गलत हुनेछ । छिटो हिँड्दा तपाईंको सम्पूर्ण शरीरको व्यायाम हुन्छ । हिँड्नेलाई उच्च तीव्रताको व्यायाम बनाउन, तपाईं भारी झोला लिएर हिड्न सक्नुहुन्छ ।

हिँड्दा सम्बन्ध सुधार हुन्छ
आफ्नो साझेदार वा बच्चाहरूसँग एक पैदल यात्राले आफ्नो जटिल सम्बन्ध समाधान गर्न सक्छ । सँगै हिँड्दा मनको कुरा गरेर सम्बन्धमा संवाद बढाउन सकिन्छ । मानिसहरू आफ्नो घरको वरिपरि घुम्ने गर्छन् र तिनीहरूको सामाजिक सम्बन्ध पनि धेरै राम्रो हुने धेरै शोधहरूमा यो पत्ता लागेको छ ।

यो पनि
लोप भए टुकी र दियालो, देखिनै छोडे आरन
उल्टो हिँड्दा हुने फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested