English

के हो ब्यालेन्स डाइट ? के–के समाबेस गर्ने ?



खाना शरीरको लागि अत्यावश्यक हो । मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि खानाको भूमिका धेरै हुन्छ । खानाको सन्तुलन मिलेन भने यसले शरीरमा विभिन्न समस्या निम्त्याउन सक्छ । त्यसैले ब्यालेन्स डाइटका कुरामा विशेष ध्यान दिन जरुरी हुन्छ । उसो भए ब्लालेन्स डाइट भनेको के हो त ? यसमा के के कुरा समावेश गर्न सकिन्छ भन्ने बारे डाइटिसियन अनुश्री आचार्यको सुझाव यस्तो छ :

ब्यालेन्स डाइट भनेको के हो ?

ब्यालेन्स डाइट भन्नाले खानालाई उचित रुपमा मिलाएर खानु भन्ने बुझिन्छ । हामीले खानामा विभिन्न किसिमका खाद्यान्नहरु समावेश गरिरहेका हुन्छौँ । त्यस्ता खाद्यान्नहरु उपयोग गर्दा कसरी र कुन—कुन खानाहरु उपभोग गर्ने भन्ने विषयमा ज्ञान नहुँदा त्यस्ता खाद्यान्नबाट प्राप्त गर्नुपर्ने पौष्टिक आहार प्राप्त गर्न सकिँदैन । त्यसैले हामीले खानाको सेवन गर्दा त्यसको परिमाणको बारेमा बुझेर मात्र उपभोग गर्नु पर्दछ ।

ब्यालेन्स डाइटमा के समावेस हुनुपर्छ

कार्बाेहाइड्रेट

कार्बाेहाइड्रेट हाम्रो शरीरका निम्ति अत्यावश्यक तत्व हो । हाम्रो दैनिक खानामा समावेश गर्नुपर्ने तत्वमध्ये यो पनि एक हो । यो सामान्य व्यक्तिको तुलनामा शारीरिक क्रियाकलापहरु बढी गर्ने ब्यक्तिलाई बढी मात्रामा आवश्यक पर्दछ । व्यक्तिको रोग र शरीरअनुसार फरक पर्ने गर्दछ । तसर्थ, हामी सबैको निम्ति एकै किसिमको र सबैलाई एकै मात्रामा कार्बाेहाइड्रेट आवश्यक पर्छ भन्ने हाम्रो सोच गलत हुन जान्छ । अर्थात्, यदि कुनै शारीरिक किसिमको काम गर्नु पर्दैन भने त्यस्ता व्यक्तिलाई कार्बाेहाइड्रेटको कम आवश्यकता पर्दछ । कार्बोहाइड्रेड दुध तथा दुधबाट बनेका परिकार, चामल, फलफुल गेडागुडी तथा रोटीजस्ता आदि खानाबाट प्राप्त गर्न सक्छौ ।

प्रोटिन

ब्यालेन्स डाइटअन्तर्गत आवश्यक तत्व प्रोटिन पनि हो । हाम्रो शरीरको मांसपेशीहरुलाई तन्दुरुस्त राख्नका लागि प्रोटिनले अहम् भूमिका निर्वाह गरेको हुन्छ । सामान्य ५० के.जी तौल भएको व्यक्तिलाई एक दिनमा ५० ग्राम प्रोटिनको आवश्यकता पर्छ । यसले हाम्रो शरीरको कोष, मांशपेशी तथा छाला राम्रो बनाउन मद्धत गरी घाउहरु छिटो निको पार्छ । जस्तो, कुनैपनि व्यक्तिको शल्यक्रिया गरेको छ भने बिरामीको घाउ छिटो निको पार्न प्रोटिनको आवश्यकता पर्छ । हाई प्रोटिनयुक्त खाना खानाले उक्त घाउलाई कम समयमा नै निको पार्दछ । यो दुध, चिज, दहि, अण्डा तथा आलमन्ड जस्ता खानामा पाइन्छ ।

फ्याट

फ्याटलाई पनि डाइट ब्यालेन्सका निम्ति आवश्यक तत्व मानिन्छ । यसले हाम्रो शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । कतिपय व्यक्तिहरुमा हामीले चिल्लो खानाहरु बाट टाढै बस्नुपर्छ भन्ने गलत मान्यता रहेको पाइन्छ । तर, हामीले स्वस्थ्य र ताजा तेलको सहि प्रयोग गरेको खण्डमा यसले हाम्रो शरीरमा फाइदा पु¥याउँछ । स्वस्थ व्यक्तिले दिनमा एक चम्चा घ्युको प्रयोग गर्दा उसको स्वस्थ्य राम्रो हुन्छ । एभोकाडो, चिज, ड्राई फ्रुट, ओइली फिसजस्ता आदि खानालाई फ्याटको प्रमुख स्रोत मानिन्छ ।

भिटामिन

भिटामिन हामीले फलफूल तथा तरकारीहरुबाट पाउँछौ । यसले शरीरको अंगहरु वृद्धि विकासमा सहयोग गर्छ । इम्युनिटि पावर बढाउनको लागि पनि विभिन्न प्रकारको भिटामिनहरुको महत्वपूर्ण भुमिका हुन्छ । कुनै पनि प्रकारका रोगलाई छिटो निको पार्ने काम पनि भिटामिनले गर्छ । त्यसैले हाम्रो दैनिक खानामा भिटामिनको मात्रा समाबेस हुनु पर्छ ।

मिनरल्स

शरीरको प्रतिरोधात्मक क्षमता बढाउनका लागि मिनरल्स भएका खानेकुरा पनि नियमित खानुपर्छ । आल्मोन्ड, फर्सीको बियाँ, ओखर, बदाम तरकारी र विभिन्न प्रकारका फलफुलमा धेरै मात्रामा मिनरल्स पाइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली