English

प्रकाश सपुतका फ्यान – दिनभर हिँडेर कार्यक्रम हेर्न आउनेदेखि रुनेसम्म



पछिल्लो समयका सफल सर्जक तथा गायक हुन् – प्रकाश सपुत । उनका एकपछि अर्को सिर्जनाले नेपाली सांगीतिक बजारमा तहल्का पिट्दै आएको छ । ‘बोल माया’बाट थप चर्चा बटुलेका सपुतका ‘गलबन्दी’, ‘कुरा बुझ्न पर्च’, ‘मेरो पनि होइन र यो देश’ लगायतका दर्जनौं गीत हिटको सूचीमा छन् । त्यसो त उनी राम्रो फ्यान फलोइङ भएका गायक हुन् । तिनै मध्ये ४ अनौठा फ्यानलाई उनी यसरी सम्झन्छन् ः

हात समातेर रुने ८२ वर्षीया आमा

करिब एक वर्ष अघिको कुरा हो एक जना पत्रकार मार्फत लगभग ८२ वर्षीय वृद्ध आमासँग मेरो भेट भएको थियो । उहाँ मुटुको बिरामी हुनुहुँदो रहेछ । उहाँले दिनभरी घरमा परिवारलाई मेरो मात्र गीत बजाएर सुन भन्नु हुँदो रहेछ । उहाँ मेरो नजिक आएर मेरो हात समाएर रुनु भयो र भन्नुभयो मलाई तिम्रो भाव तिम्रो अनुहार सबै मेरो श्रीमान्को जस्तो लाग्छ । उहाँको कुरा सुनेर म पनि भावुक भएको थिएँ ।

म तपाईको ठूलो फ्यान हुँ दुर्गेश दाई भन्ने ति फ्यान

२ वर्ष अघि एउटा कार्यक्रमको लागि सुदुरपश्चिम गएको थिएँ । प्रस्तुति दिएर स्टेजबाट तल झरेको मात्र के थिए धेरै जना फोटो खिच्नको लागि तयारी अवस्थामा हुनुहुँदो रहेछ । त्यसैले सबै फ्यानहरुसँग पालैपालो फोटो खिच्दैं थिए । त्यसैक्रममा एकजना युवक सबैलाई धकेल्दै मसँग फोटो खिच्नको आउनु भयो । मसँग फोटो खिच्ने क्रममा उहाँले ‘म तपाईंको ठूलो फ्यान हुँ नि दुर्गेश दाई’ भन्नुभयो । म त ओहो मेरो ठुलो फ्यान हुँनुदो रहेछ भनेर मख्ख परेको थिएँ । तर, दुर्गेश दाइ भन्दा चाहीँ साह्रै अनौठो लागेको थियो । उहाँलाई पनि म कहिल्यै बिर्सन्न ।

‘बोल माया’सँग आफ्नो यथार्थ मिलेको भन्दै रुने ती महिला

कार्यक्रमकै सिलसिलामा नवलपरासी गएको थिएँ । त्यतिबेला बोल माया गीत भर्खरै सार्वजनिक भएको थियो । त्यस कार्यक्रममा धेरै जना टाढाटाढाबाट मेरो प्रस्तुति हेर्नको लागि आउनुभएको थियो । प्रस्तुति सकाएर म स्टेजबाट झर्ने क्रममा एकजना महिला मेरो हात समाएर धेरै रुनु भयो । मैले उहाँलाई के भयो भाउजु किन रुनु भएको भनेर सोधेँ । उहाँले रुँदै जवाफ दिनुभयो । तपाईको बोल माया गीतसँग मेरो यथार्थ मिल्छ । उहाँको कुरा सुनेर मेरो आँखाबाट पनि आँसु बग्यो ।

एक दिनभर हिँडेर मेरो प्रस्तुति हेर्न आउने फ्यान

सुदूरपश्चिमको एउटा कार्यक्रममा जाँदा एक जना फ्यान एकदम दुर्गम ठाउँबाट मेरो प्रस्तुति हेर्नकै लागि दिनभरी हिँडेर आउनु भएको थियो । उहाँलाई पनि म सम्झिरहन्छु । एक दिनभरी हिडेर आएर मेरो प्रस्तुती हेरेर मसँग भेट्न पाउँदा उहाँ एकदमै धेरै खुसी हुनु भएको थियो ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म
अभिनेता विपिन कार्कीका ४ अनौठा फ्यान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले