English

अभिनेता विपिन कार्कीका ४ अनौठा फ्यान



थिएटरबाट अभिनय यात्रा सुरु गरेका अभिनेता विपिन कार्की चलचित्र पशुपती प्रसादबाट थप चर्चामा आए । बहुमुखी प्रतिभाले धेरै दर्शकको मन जित्न सफल कार्कीका सबै चलचित्र दर्शकले रुचाएका छन् । हरेक चलचित्रमा फरक अभिनय, बेग्लै लवजमा प्रस्तुत हुन सक्नु कार्कीको अब्बल पक्ष हो । त्यसैले उनले थुप्रै समर्थक अर्थात फ्यान कमाएका छन् । तिनैमध्येका ४ जना फ्यानलाई उनले यसरी सम्झिए ।

मेरो गाडीले ठक्कर दिँदा पनि केही नभन्ने फ्यान

केही समय अघि कामको सिलसिलामा म कतै जाँदै थिए । एकजना भाईलाई मेरो गाडीले टक्कर दियो । सामान्य चोट मात्र लागेको थियो तर, म धेरै डराएँ । के गर्ने होला भनेर सोच्न थाले । उसले मदिरा पनि सेवन गरेको थियो । एकदमै रिसाएर पिटौँला झैँ गरि ऊ मतिर आयो । उसले जब मलाई देख्यो ऊ एक्कासी शान्त भयो र भन्यो ‘म तपाईको एकदम ठुलो फ्यान हुँ दाई चिनिन सरी ।’ त्यसपछि मैले उसलाई अस्पताल जाम भनेर अनुरोध गरें तर, मान्दै मानेन । तपाईंको गाडीमा आएर ठोक्किन पाउनु नै मेरो अहो भाग्य हो दाई भनेर न अस्पताल गयो न प्रहरीलाई नै खबर गर्यो । त्यसैले मलाई ती भाई अनौठा फ्यान लागेको थियो । जसले एउटा संकटको घडीमा मेरो अभिनयलाई माया गरेर झमेलाबाट बचाए ।

मलाई भेट्नकै लागि नेपालगञ्जबाट काठमाडौं आउने फ्यान

करिव एक वर्ष अघिको कुरा हो । नेपालगञ्जको एकजना फ्यानले मेरो नम्बर कताबाट पाएर मलाई फोन गरेर असाध्यै भेट्न मन छ भन्नु भयो । उहाँले धेरै पटक रिक्वेस्ट गरेपछि मैले पनि भेट्ने निधो गरेँ । मसँग धेरै समय थिएन सुटिङ्गमा नै व्यस्त थिएँ । मैले १० मिनेटका लागि एउटा क्याफेमा भेट्नको लागि समय मिलाएँ । त्यहाँ १०, १५ मिनेट भेटेपछि उहाँ नेपालगञ्ज फर्किहाल्नुभयो ।

फेसबुकमा साथी बनाउनुस् न भन्ने फ्यान

मलाई तपाईसँग भेट्न मन छ, कुरा गर्न मन छ भन्ने फ्यानहरु त धेरै छन् । फेसबुकमा तथा अन्य सोसल मिडियाहरुमा साथी बनुम् न भन्ने पनि धेरै । त्यस्तै एकजना फ्यान थिइन् जो मलाई फेसबुकमा साथी बनाउँनुस् न भनेर धेरैपटक रिक्वेस्ट गर्थिन् । फेसबुकमा जम्मा ५ हजार जनालाई साथी बनाउन मिल्छ । चर्चामा आउनुभन्दा पहिला नै मेरो फ्रेन्ड लिस्ट भरिएको थियो । अब चिनजानका साथीलाई हटाएर नयाँ साथी बनाउने कुरा भएन ।

नातिको नाम नै भस्मे डन राख्ने ती प्रिन्सिपल

केही समय अघि स्कुलको एउटा कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा आएको थियो । म त्यस कार्यक्रममा सहभागी भएँ । त्यसै स्कुलको प्रिन्सिपलले आफ्नो नातिको नाम नै भस्मे डन राख्नुभएको रहेछ । भेटमा मलाई भन्नुभयो ‘मलाई तपाईको भस्मे डन वाला क्यारेक्टर यति धेरै मन प¥यो कि मैले अमेरिकामा भएको आफ्नो नातिको नाम नै भष्मे डन राखेको छु । मेरो परिवारको अन्य सदस्यहरुलाई पनि तपाईं असाध्यै मनपर्छ । त्यसैले नातिलाई सबैले भष्मे डन भनेर नै बोलाउँछन् ।’ उहाँको कुरा सुनेर धेरै खुसी लाग्यो । मलाई यती धेरै माया र सम्मान गर्ने फ्यानहरु पनि रहेछन् ।

यो पनि पढ्नुहोस्
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested