English

विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म



नेपाली सिने क्षेत्रका चर्चित अभिनेता हुन्– विराज भट्ट । थुप्रै सुपरहिट नेपाली चलचित्र दिएका भट्टले भोजपुरी र थारु चलचित्रमा पनि अभिनय गरेका छन् । उनले अभिनय गरेका चलचित्रले सफलता पाएका छन् । सफलतासँगै उनको फ्यान फलोइङ पनि उत्तिकै राम्रो छ । कतिपय फ्यानका किस्सा उनले मेरोलाइफस्टाइलकर्मी सुमित्रा लुईंटेललाई सुनाएका छन् :

मलाई भेटेपछि मोबाइल फुटाउने महिला

एकपटक फिल्मको सुटिङको लागि एउटा गाउँमा गएको थिएँ । त्यहाँ सुटिङ हेर्न आउने दर्शकहरुको भिडभाड थियो । टेक हुँदै थियो एकजना महिलाको हातबाट मोबाइल खस्यो र त्यो उछिटिएर मेरो नजिक आइपुग्यो । मैले त्यो मोबाइल उठाए र उनलाई दिए । उनले मोबाइल समातेर तपाईलाई भेट्न पाए यो मोबाइलको के काम भनेर मोबाइल फेरि खसालेर फुटाइन् । मोबाइल नयाँ नै थियो । त्यो देखेर म अचम्ममा परे मलाई ती फ्यान एकदमै अनौठो लागेकी थिइन् ।

म चढेको गाडीलाई फलो गर्ने फ्यान

भारतमा चलचित्र छायाँकनका लागि सुटिङ स्पटमा जाँदै थिएँ । त्यहीक्रममा एउटा बाइकले हाम्रो गाडीलाई फलो गरिरहेको थियो । केहीसमय पछि त्यो बाइक हाम्रो गाडीलाई ओभरटेक गरेर अगाडी गयो र गाडीलाई रोक्न भन्यो । हामीले वास्ता नगरी गाडी रोकेनौ । त्यो बाइकबाट एक पुरुष ओर्लिएर बाइकलाई गाडी अगाडी ढलाईदिए र डाइबरलाई गाडी किन नरोकेको भनेर गाली गर्न थाले । मैले के भयो भनेर त्यस व्यक्तिलाई सोध्दा उनले भने ‘म तपाईको एकदमै ठुलो फ्यान हुँ । तपाईलाई भेट्नको लागि गाडी रोक्न लगाएको ।’ त्यसपछि मैले उनलाई राम्ररी सम्झाएर पठाएको थिएँ ।

घरको भित्ता भरि मेरो फोटो टास्ने फ्यान

केही समय अघिको कुरा हो । नेपाली चलचित्रमा निकै व्यस्त थिएँ । एकजना फ्यानले मेरो घरमा आइदिनु पर्यो भनेर धेरै अनुरोध गरे पछि म उहाँको घर गएको थिए । उहाँको घर पुग्दा घरको भित्ता भरि मेरो फोटो टाँसिएको थियो । ३÷४ वटा टिसर्टहरुमा पनि मेरो फोटो प्रिन्ट गरिएको थियो । उहाँले पछि पनि फोन गर्ने र म्यासेज गर्ने गरिरहने गर्नु हुन्थ्यो ।

स्याङ्जामा भेटिएका ति युवा फ्यान

लगभग एक वर्ष अघिको कुरा हो । म कामको सिलसिलामा स्याङ्जा गएको थिएँ । बाटोमा केही समय आराम गरेर चिया पिउन एउटा पसलमा बसिरहेको थिएँ । एक जना युवा आएर पसल अगाडी आफ्नो बाइक रोके अनि दौडिँदै आएर मलाई जुरुक्कै उचाले । उनको साथमा श्रीमती पनि थिइन्, श्रीमतीलाई ध्यान नदिई दौडेर आएर मलाई उचालेको देखेर म छक्क परे । उनले भने ‘मैले तपाईको एउटा पनि चलचित्र हेर्न छुटाएका छैन । तपाईलाई यसरी यहाँ भेटिएला भन्ने कल्पना पनि गरेका थिइनँ ।’

मेरो बाहेक अरुको फिल्म नहेर्ने फ्यान

मलाई माया गर्ने यति धेरै फ्यानहरु छन् भनेर सम्झदा खुसि लाग्छ । मलाई भेट्न चाहने, मसँग फोटो खिच्न चाहने फ्यानहरु त असाध्यै धेरै छन् । तर, एक जना फ्यान यस्ता पनि थिए जस्ले मेरो नेपाली, भोजपुरी कुनैपनि फिल्म हेर्न छुट्टाएका छैनन् रे । मैले अभिनय गरेका सबै चलचित्रहरु उत्कृष्ट पनि थिएनन् होला । तर, उनलाई मैले अभिनय गरेको सबै चलचित्र राम्रो लाग्ने । मेरो फिल्म बाहेक अरुको फिल्म नहेर्ने । गीतहरु सुन्दा पनि मैले अभिनय गरेको फिल्मको गितहरु मात्र सुन्ने । ती फ्यान पनि अलि अनौठो लागेको थियो ।

यो पनि पढ्नुहोस्

अभिनेत्री गौरी मल्लका फ्यान : जन्मदिनमा केक काट्नेदेखि सुटिङ भाड्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,