English

आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म



कार्टुन्ज क्रिउकी आश्मा विश्वकर्मा चर्चित मोडल तथा डान्सर हुन् । उनको डान्सलाई साना बालबालिकादेखि वृद्धावृद्धासम्मले रुचाउँछन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी विश्वकर्मा सामाजिक सञ्जालमा पनि उत्तिकै भाइरल छिन् । त्यसो त उनका फ्यान फलोइङ पनि उस्तै राम्रो छ । तिनै फ्यानका बारेमा उनी यसरी खुलिन् ।

म्यासेजमार्फत प्रेम प्रस्ताव गर्ने फ्यान

म्यासेन्जर र फोटोको कमेन्टमा आई लभ यु भन्नेहरु त धेरै हुन्छन् तर एकजनाले म्यासेजमा आई लभ यु भनेर हैरान बनाउनु भएको थियो । हाम्रो डान्स क्लासमा धेरै जना डान्स सिक्न आएका हुन्छन् । उनीहरु मध्ये केहीसँग हाम्रो नम्बर पनि हुन्छ । सायद उहाँले पनि डान्स क्लासबाटै नम्बर लिनु भएको थियो । उहाँले म्यासेज गरे पनि मैले वास्ता नै गरिन । पछि उहाँले पनि म्यासेज गर्न छोडिदिनु भयो ।

आश्मा नै चाहियो भन्दै रुने फ्यान

करिव एकवर्ष अघि एकजना सानो भाई डान्स सिक्न एउटा डान्स क्लासमा गएछन् । उनले त्यहाँ गएर आश्मा म्याम हुनुहुन्न भनेर सोधेछन् । त्यहाँको सञ्चालकले यहाँ त आश्मा म्याम हुनुहुन्न अरु डान्स टिचर हुनुहुन्छ उहाँसँग सिक न भन्नु भएछ । उनले रोएर हुँदैन मलाई आश्मा म्याम नै चािहन्छ भनेछन् । पछि उनको अभिभावकले हाम्रो डान्स क्लासमा नै ल्याएर उनलाई डान्स सिकाउनु भयो ।

अमेरिकाबाटै प्रतिक्रिया दिने फ्यान

अमेरिकामा एकजना दिदी हुनुहुन्छ । उहाँसँग चिनजान भएको लगभग ३ वर्ष भयो । उहाँले मेरो हरेक डान्स भिडियो हेरेर प्रतिक्रिया दिनु हुन्छ । धेरै सर्पोट गर्नु हुन्छ । उहाँसँग बेलाबेलामा म्यासेजमा कुराकानी पनि हुन्छ । एकपटक म्यासेजमा नै कुरा गर्दा उहाँले ‘मैले तिम्रो सबै भिडियोहरु हेरेको छु सायद एउटा पनि छुट्टाएको छैन होला ।’ मलाई सर्पोट गर्ने यस्ता फ्यानहरु पनि छन् भन्ने लागेको थिएन । तर, त्यो सुनेर खुसी लाग्यो ।

हाम्रो सबै कार्यक्रममा उपस्थित हुने ग्रुप

हाम्रो डान्स मन पराएर हेर्न आउने धेरै हुन्छन् । तर, एउटा डान्स गु्रप थियो । जुन हाम्रो हरेक कार्यक्रममा पुगेको हुन्थ्यो । त्यो ग्रुप काठमाडौँ कै थियो । तर, काठमाडौँ बाहिरको कार्यक्रममा पनि त्यो ग्रुप उपस्थित हुन्थ्यो । सबै कार्यक्रम नछुटाएको देखेर अचम्म पनि लाग्यो । तपाईहरु सबै कार्यक्रममा सहभागी हुनु हुन्छ किन भनेर सोध्दा कार्टुन क्रिउको कार्यक्रम एकदमै मन पर्छ छुटाउन मन लाग्दैन भने ।

मलाई चिन्छौ भन्दै हाम्रो डान्स क्लासमा आउने फ्यान

करिव एक वर्ष अघिको कुरा हो । धेरै फ्यानहरु मध्ये मलाई यी फ्यान पनि अलि अनौठो लागेको थियो । हाम्रो डान्स क्लासमा प्रायः उनी आउँथे । मलाई र सरोज जीलाई चिन्छौ भनेर दिक्कै लगाउँथे । अनि मैले चिन्दिन भन्दिन्थेँ । तर, हिजोआज आउन छोडेका छन् ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested