English

आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म



कार्टुन्ज क्रिउकी आश्मा विश्वकर्मा चर्चित मोडल तथा डान्सर हुन् । उनको डान्सलाई साना बालबालिकादेखि वृद्धावृद्धासम्मले रुचाउँछन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी विश्वकर्मा सामाजिक सञ्जालमा पनि उत्तिकै भाइरल छिन् । त्यसो त उनका फ्यान फलोइङ पनि उस्तै राम्रो छ । तिनै फ्यानका बारेमा उनी यसरी खुलिन् ।

म्यासेजमार्फत प्रेम प्रस्ताव गर्ने फ्यान

म्यासेन्जर र फोटोको कमेन्टमा आई लभ यु भन्नेहरु त धेरै हुन्छन् तर एकजनाले म्यासेजमा आई लभ यु भनेर हैरान बनाउनु भएको थियो । हाम्रो डान्स क्लासमा धेरै जना डान्स सिक्न आएका हुन्छन् । उनीहरु मध्ये केहीसँग हाम्रो नम्बर पनि हुन्छ । सायद उहाँले पनि डान्स क्लासबाटै नम्बर लिनु भएको थियो । उहाँले म्यासेज गरे पनि मैले वास्ता नै गरिन । पछि उहाँले पनि म्यासेज गर्न छोडिदिनु भयो ।

आश्मा नै चाहियो भन्दै रुने फ्यान

करिव एकवर्ष अघि एकजना सानो भाई डान्स सिक्न एउटा डान्स क्लासमा गएछन् । उनले त्यहाँ गएर आश्मा म्याम हुनुहुन्न भनेर सोधेछन् । त्यहाँको सञ्चालकले यहाँ त आश्मा म्याम हुनुहुन्न अरु डान्स टिचर हुनुहुन्छ उहाँसँग सिक न भन्नु भएछ । उनले रोएर हुँदैन मलाई आश्मा म्याम नै चािहन्छ भनेछन् । पछि उनको अभिभावकले हाम्रो डान्स क्लासमा नै ल्याएर उनलाई डान्स सिकाउनु भयो ।

अमेरिकाबाटै प्रतिक्रिया दिने फ्यान

अमेरिकामा एकजना दिदी हुनुहुन्छ । उहाँसँग चिनजान भएको लगभग ३ वर्ष भयो । उहाँले मेरो हरेक डान्स भिडियो हेरेर प्रतिक्रिया दिनु हुन्छ । धेरै सर्पोट गर्नु हुन्छ । उहाँसँग बेलाबेलामा म्यासेजमा कुराकानी पनि हुन्छ । एकपटक म्यासेजमा नै कुरा गर्दा उहाँले ‘मैले तिम्रो सबै भिडियोहरु हेरेको छु सायद एउटा पनि छुट्टाएको छैन होला ।’ मलाई सर्पोट गर्ने यस्ता फ्यानहरु पनि छन् भन्ने लागेको थिएन । तर, त्यो सुनेर खुसी लाग्यो ।

हाम्रो सबै कार्यक्रममा उपस्थित हुने ग्रुप

हाम्रो डान्स मन पराएर हेर्न आउने धेरै हुन्छन् । तर, एउटा डान्स गु्रप थियो । जुन हाम्रो हरेक कार्यक्रममा पुगेको हुन्थ्यो । त्यो ग्रुप काठमाडौँ कै थियो । तर, काठमाडौँ बाहिरको कार्यक्रममा पनि त्यो ग्रुप उपस्थित हुन्थ्यो । सबै कार्यक्रम नछुटाएको देखेर अचम्म पनि लाग्यो । तपाईहरु सबै कार्यक्रममा सहभागी हुनु हुन्छ किन भनेर सोध्दा कार्टुन क्रिउको कार्यक्रम एकदमै मन पर्छ छुटाउन मन लाग्दैन भने ।

मलाई चिन्छौ भन्दै हाम्रो डान्स क्लासमा आउने फ्यान

करिव एक वर्ष अघिको कुरा हो । धेरै फ्यानहरु मध्ये मलाई यी फ्यान पनि अलि अनौठो लागेको थियो । हाम्रो डान्स क्लासमा प्रायः उनी आउँथे । मलाई र सरोज जीलाई चिन्छौ भनेर दिक्कै लगाउँथे । अनि मैले चिन्दिन भन्दिन्थेँ । तर, हिजोआज आउन छोडेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested