English

मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म



पछिल्लो पुस्ताका चर्चित मोडल तथा डान्सर हुन्– सरोज अधिकारी । कार्टुन्ज क्रिउबाट बेग्लै छवि बनाएका अधिकारीको फ्यान फलोइङ राम्रो छ । कतिपय फ्यान सामान्य हुन्छन् भने कसैले असामान्य गतिविधि गरेर सेलिब्रिटीलाई अप्ठ्यारोमा पार्ने काम गर्छन् । त्यसो त अधिकारी पनि आफ्ना त्यस्तै अनौठा फ्यानका बारेमा यसरी खुल्छन् :

प्रेम प्रस्ताव राख्ने ती यूवती

एकजना यूवती हुनुहुन्छ । उहाँ मलाई निरन्तर फोन गरिराख्नु हुन्छ । म व्यस्त हुँदा फोन रिसिभ गर्न भ्याइन भने पनि फोर गरेको गर्यै गर्नुहुन्छ । उहाँले मलाई सयौंपटक प्रेमपस्ताव राखिसक्नुभयो । तर, मैले आफ्नो राम्रो समर्थकको रुपमा मात्र लिएको छु भन्दा पनि उहाँले मान्दै मान्नुहुन्न ।

घर छोडेर डान्स सिक्न आउने ती भाई

चावहिल बस्ने एकजना ८ वर्षीय भाई मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । उहाँलाई मसँग भेटेर डान्स सिक्ने ठूला इच्छा भएकाले घर छोडेरै हिँड्नुभएछ । पछि अभिभावकले कार्टुन्ज क्रिउको डान्स स्टुडियोमा लिएर आएनुभएको थियो । अहिले उनी राम्रो नृत्य गर्ने भएका छन् ।

बिहान ५ बजे ढोकामा कुर्ने

हाम्रो गु्रप पोखरामा एउटा कार्यक्रमको लागि गएका थियौं । त्यस दिन कार्यक्रम सकाएर हामी होटल गयौँ । भोलिपल्ट बिहान ५ बजे एकजना सानो बाबु हामीलाई भेट्न ढोकामा कुरेर बसेका थिए । त्यति सानो मान्छे यति बिहानै कसरी त्यहाँ आएको होला भनेर अचम्म पनि लाग्यो । आखिर ति बालक मलाई भेट्नका लागि भनेर बिहान ५ बजेदेखि ढोकामा कुरिरहेका रहेछन् ।

२ दिन हिँडेर भेट्न आउने फ्यान

हामीलाई भेट्न धेरैजना डान्स स्टुडियो र सुटिङ भएको ठाउँमा आइरहेका हुन्छन् । तर, एकजना युवक निकै टाढाबाट भेट्न आएका थिए । दुई दिन लगाएर दुर्गम ठाँउबाट तपाईलाई भेट्न आएको भन्नुहुन्थ्यो ।

जता सुटिङ छ त्यतै आइपुग्ने

एकजना फ्यान यस्तो हुनुहुन्थ्यो । उहाँ मेरो सुटिङ जहाँ जहाँ हुन्थ्यो त्यहीँ आइपुग्नुहुन्थ्यो । सुटिङ भइरहेको ठाउँ कसरी पत्ता लगाएको होला भनेर अचम्म पनि लाग्थ्यो । धेरै पटक उनी डान्स स्टुडियोमा पनि भेट्न आएका थिए । आफूलाई यति धेरै माया गर्ने मनपराउने फ्यानहरु पाएकोमा खुशी लाग्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली