English

मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म



पछिल्लो पुस्ताका चर्चित मोडल तथा डान्सर हुन्– सरोज अधिकारी । कार्टुन्ज क्रिउबाट बेग्लै छवि बनाएका अधिकारीको फ्यान फलोइङ राम्रो छ । कतिपय फ्यान सामान्य हुन्छन् भने कसैले असामान्य गतिविधि गरेर सेलिब्रिटीलाई अप्ठ्यारोमा पार्ने काम गर्छन् । त्यसो त अधिकारी पनि आफ्ना त्यस्तै अनौठा फ्यानका बारेमा यसरी खुल्छन् :

प्रेम प्रस्ताव राख्ने ती यूवती

एकजना यूवती हुनुहुन्छ । उहाँ मलाई निरन्तर फोन गरिराख्नु हुन्छ । म व्यस्त हुँदा फोन रिसिभ गर्न भ्याइन भने पनि फोर गरेको गर्यै गर्नुहुन्छ । उहाँले मलाई सयौंपटक प्रेमपस्ताव राखिसक्नुभयो । तर, मैले आफ्नो राम्रो समर्थकको रुपमा मात्र लिएको छु भन्दा पनि उहाँले मान्दै मान्नुहुन्न ।

घर छोडेर डान्स सिक्न आउने ती भाई

चावहिल बस्ने एकजना ८ वर्षीय भाई मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । उहाँलाई मसँग भेटेर डान्स सिक्ने ठूला इच्छा भएकाले घर छोडेरै हिँड्नुभएछ । पछि अभिभावकले कार्टुन्ज क्रिउको डान्स स्टुडियोमा लिएर आएनुभएको थियो । अहिले उनी राम्रो नृत्य गर्ने भएका छन् ।

बिहान ५ बजे ढोकामा कुर्ने

हाम्रो गु्रप पोखरामा एउटा कार्यक्रमको लागि गएका थियौं । त्यस दिन कार्यक्रम सकाएर हामी होटल गयौँ । भोलिपल्ट बिहान ५ बजे एकजना सानो बाबु हामीलाई भेट्न ढोकामा कुरेर बसेका थिए । त्यति सानो मान्छे यति बिहानै कसरी त्यहाँ आएको होला भनेर अचम्म पनि लाग्यो । आखिर ति बालक मलाई भेट्नका लागि भनेर बिहान ५ बजेदेखि ढोकामा कुरिरहेका रहेछन् ।

२ दिन हिँडेर भेट्न आउने फ्यान

हामीलाई भेट्न धेरैजना डान्स स्टुडियो र सुटिङ भएको ठाउँमा आइरहेका हुन्छन् । तर, एकजना युवक निकै टाढाबाट भेट्न आएका थिए । दुई दिन लगाएर दुर्गम ठाँउबाट तपाईलाई भेट्न आएको भन्नुहुन्थ्यो ।

जता सुटिङ छ त्यतै आइपुग्ने

एकजना फ्यान यस्तो हुनुहुन्थ्यो । उहाँ मेरो सुटिङ जहाँ जहाँ हुन्थ्यो त्यहीँ आइपुग्नुहुन्थ्यो । सुटिङ भइरहेको ठाउँ कसरी पत्ता लगाएको होला भनेर अचम्म पनि लाग्थ्यो । धेरै पटक उनी डान्स स्टुडियोमा पनि भेट्न आएका थिए । आफूलाई यति धेरै माया गर्ने मनपराउने फ्यानहरु पाएकोमा खुशी लाग्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested