English

सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म



मोडल तथा युट्युबर सोनिका रोकायाले एक साहसी नारीको पहिचान बनाएकी छन् । युवापुस्तामाझ लोकप्रिय ‘द सोनिका सो’ कार्यक्रममार्फत युट्युबको दुनियाँमा चर्चा बटुलेकी रोकायाका अन्य व्यवसाय पनि छन् । त्यसो त उनको फ्यान फलोइङ निकै राम्रो छ । पछिल्लो समय प्रायजसो उनी सिनामंगलस्थित फोनिक्स युनिसेक्स सलोनमा भेटिन्छिन् । दिनहुँजसो सलोनमा फ्यानहरुसँग भेटघाटमै उनी व्यस्त हुन्छिन् । आखिर, सोनिकाका फ्यान चाहिँ कस्ता छन् ? तिनै मध्येका केही अनौठा फ्यानका बारेमा उनी यसरी खुलिन् ।

मलाई भेट्न विराटनगरबाट काठमाडौँ आउने फ्यान

२ दिन अघिको मात्र कुरा हो । बिराटनगरबाट एकजना फ्यान मलाई भेट्नकै फोनिक्स पार्लर खोज्दै आएकी थिइन् । बिहान काठमाडौँ उत्रने बित्तिकै उनी मलाई भेट्न पार्लर आइपुगेकी रहिछन् । त्यति बिहानै त्यहि पनि विराटनगरबाट मलाई भेट्न आएको सुन्दा निकै खुशी लाग्यो । उनलाई पार्लरमै भेटें । मलाई देख्ने बित्तिकै उनी रुन थालीन् र भनिन् ‘म पढ्नको लागि बाहिर जाँदै छु बाहिर जानु अघि तपाईंलाई भेट्ने रहर थियो पुरा भयो ।’ उनको कुरा सुनेर म पनि भावुक भएँ ।

सुनको सिक्री गिफ्ट दिने फ्यान

केही समय अघिको कुरा हो । एउटा कार्यक्रमको लागि म कोरिया गएको थिएँ । कोरियामा मेरो पहिलो कार्यक्रम थियो । त्यसैले उत्साहित थिएँ । मेरो सो हेर्नका लागि धेरै दर्शक उपस्थित थिए । त्यसैमध्ये एकजना फ्यान मेरो कार्यक्रम हेर्नकै लागि जापानबाट आउनुभएको रहेछ । कार्यक्रम सकिएपछि उहाँसँग मेरो भेट भयो । उहाँले म तपाईको एकदमै ठुलो फ्यान होनी भन्दै मलाई सुनको सिक्री गिफ्ट दिनु भएको थियो । त्यो एकदमै राम्रो छ । मैले सजाएर राखेकी छु ।

इन्डिया हिमाचलबाट मलाई भेट्न आउने वृद्धा फ्यान

मेरो धेरै फ्यानहरु मध्ये मलाई उहाँ एकदमै प्यारो लाग्छ । हिमाञ्चलबाट लगभग ५२ वर्षीय फ्यान मलाई भेट्न पार्लरमा आउनु भएको थियो । पार्लरमा आएर उहाँले मलाई हेरिरहनु भयो । अनि मलाई किन यसरी हेरिरहनु भयो भन्ने लाग्यो । एकछिन पछि उहाँ मेरो नजिक आउनु भयो र भन्नुभयो ‘नानी मलाई तिमी एकदमै राम्रो र साहसी लाग्छ’ त्यो सुनेर खुसी लाग्यो । उहाँले मलाई आफ्नो घरमा आउन निमन्त्रणा समेत दिनुभएको छ । समय मिल्यो भने म अवस्य पनि उहाँको घर जानेछु ।

मलाई सपनामा देखेर भेट्न आउने फ्यान

सामाजिक सञ्जालमा म तिमीलाई माया गर्छु मन पराउछु भन्नेहरु त धेरै छन् । उहाँहरु मेरो रियल फ्यान हो जस्तो लाग्दैन । तर, एक जना फ्यान मलाई भेट्न पार्लरमै आउनु भएको थियो । आजभोलि म पार्लरमा नै समय दिइरहेको हुन्छु । त्यसैले उहाँसँग पनि भेट भयो । मेरो नजिक आएर उहाँले भन्नु भयो ‘मैले तपाईलाई सपनामा देखेको थिएँ त्यसैले भेट्न आएको ठ्याक्कै भेट भयो ।’ उहाँ पनि मलाई अनौठो लागेको थियो ।

मलाई भेट्दा धेरै रुने ती बहिनी

एउटा कार्यक्रममा एकजना बहिनीसँग मेरो भेट भएको थियो । कार्यक्रम सकिए पछि उनी मलाई भेट्न आईन् । मेरो अगाडि धुरु–धुरु रुन थालिन् । मैले उनलाई किन रोएको भनेर सोध्दा उनले भनिन् ‘दिदि मलाई एक पटक चिमोटेनुस् त मलाई विश्वास नै लागेको छैन तपाईंलाई भेटिरहेको छु भनेर म तपाईको ठुलो फ्यान हुँ ।’ यतिसम्म डाइहार्ड फ्यान पनि हुन्छन् भन्ने मैले सोचेको पनि थिइनँ । उनले सेतो रङको टिसर्ट लगाएकी थिइन्, रुँदा–रुँदा उनको टिसर्टमा दागै–दाग भएको थियो ।

यो पनि पढ्नुहोस्
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म
अभिनेता विपिन कार्कीका ४ अनौठा फ्यान



...
Cliff

Соловьев владимир вечер воскресный выпуск. Вечер с владимиром соловьевым последний выпуск смотреть онлайн бесплатно в хорошем без рекламы. Сегодня вечером все выпуски. Смотреть бесплатно воскресный вечер с владимиром соловьевым последний выпуск. Вечер с владимиром соловьевым последний выпуск смотреть бесплатно в хорошем качестве.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो