English

दशैंको मुखमा पनि भारत जानेको लर्को उस्तै



दिपायल सिलगढी नगरपालिका–५ का गोविन्द भुल भारतको मुम्बईमा मजदुरी गर्छन् । वर्षौदेखि त्यहीबाट आयआर्जन गरी परिवारको रोजीरोटी चलाउँदै आएका छन् । तर, कोरोना महामारीपछि उनी बेरोजगार भएर घर फर्के । संक्रमण दर घट्दै गएपछि नेपाल र भारतको सिमाना पनि खुकुलो भयो । यो सँगै दशैं तिहारजस्ता ठूला चाडपर्व पनि नजिकिँदै छ । यद्यपि, उनलाई यो चाडबाडले रोक्न सकेन । केहीदिन अघिमात्र उनी रोजगारीका लागि भारत प्रस्थान गरे ।

गोदावारी नगरपालिका–२ की निर्मला कुमारी जोराका परिवार नै मुम्बई बस्छन् । गोविन्द जस्तै उनी महामारीकै बेला बेरोजगार भएपछि नेपाल फर्किएकी थिइन् । तर, परिवार उतै मजदुरी गर्ने भएपछि पर्वको मुखमा बाहिर जान बाध्य भइन् ।

यी दुई प्रतिनिधी पात्र मात्र हुन् । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाबासीहरु भारतमा मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । कोरोनापछि दैनिकी चलाउन समस्या परेकाले चाडबाडले पनि उनीहरुलाई रोक्न नसकेको गौरीफन्टा नाकाका प्रहरी सहायक उपरीक्षक दिपेन्द्र थापा बताउँछन् ।

भदौमा ५० प्रतिशत घटेर १५ हजार ६ सय ५६ जनाले भारत प्रस्थान गरे । साथै, नेपाल भित्रिनेको संख्या १५ हजार ५ सय ५६ रहेको थापाले जानकारी दिए । थापाका अनुसार असोज महिना लागेसँगै गौरीफन्टा नाका हुँदै नेपाल भित्रिनेको संख्या ५ हजारभन्दा माथि छ । यस्तै, ३ हजारको हाराहारीमा बाहिरिएका छन् ।

गौरीफान्टा नाकाबाट एक साता यता नेपालमा भित्रिनेको संख्या बढेको छ । तर, चाडबाड नजिए पनि मजदुरीका लागि भारत जानेको संख्या भने नरोकिएको उनले बताए । ‘कोरोना महामारीका बेलामा उहाँहरु फर्किए पनि गाउँघरमा आम्दानीको बाटो नभएपछि मजदुरी गर्न भारतमै जाने गर्नु भएको छ,’ उनले भने, ‘यस नाकाबाट भारतको पुन, गुजरात, मुम्बाई र दिल्ली जान्छन् ।’

यस नाकाबाट साउन महिनमा मात्रै ३३ हजार ९ सय ५२ जना महिनामा मजदुरीका लागि भारत गएका छन् । भने, ४ हजार ७ सय ६५ जना नेपाल भित्रिएको थापाले जनाए ।

भदौमा ५० प्रतिशत घटेर १५ हजार ६ सय ५६ जनाले भारत प्रस्थान गरे । साथै, नेपाल भित्रिनेको संख्या १५ हजार ५ सय ५६ रहेको थापाले जानकारी दिए । थापाका अनुसार असोज महिना लागेसँगै गौरीफन्टा नाका हुँदै नेपाल भित्रिनेको संख्या ५ हजारभन्दा माथि छ । यस्तै, ३ हजारको हाराहारीमा बाहिरिएका छन् ।

एक साता आगाडिबाट नेपाल आउनेको संख्या बढेपनि मजदुरीको सिलसिलामा भारत जानेको संख्या भने अझै नरोकिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कोरोना महामारीको संक्रमण घटेपनि जोखिम अझै कायमै छ । यस्तो परिस्थितिमा भारतबाट आउनेको ‘एन्टिजेन्ट’ बाट कोरोना संक्रमण परीक्षण अनिवार्य गरिएको जोशीले बताउँछन् ।

संक्रमण देखिएकालाई धनगढी उप–महानगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा राख्ने गरिएको छ । ‘नाकामा हामीसँग भएको स्रोत साधन प्रयोग गरी चेकजाँच गरेका छौँ, कोहीलाई संक्रमण देखिएमा क्वारेन्टाइनमा रहने व्यवस्था गरेका छौँ,’ जोशीले भने, ‘दशैंमा आउनेको घुइँचो लाग्न सक्छ, थप टिकटका लागि मन्त्रालयसँग पहल र क्वारेन्टाइनका लागि स्थानीय पालिका र गाउँपालिकासँग समन्वय गर्दैछौँ ।’

भारत जानका लागि कन्चनपुरको गढ्ढाचौकी र गौरीफान्टा मूख्य नाका हो । यी दुई नाकाबाट दैनिक ४ देखि ५ सय जनसंख्याको हाराहरीमा अवातजावत हुन्छ ।

यो पनि पढ्नुहोस्
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?
सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested