English

युवा लेखक बुद्धि सागरको नजरमा पढ्नै पर्ने ५ पुस्तक



बुद्धि सागर नेपालका कुशल लेखक हुन् । उनका थुप्रै कृति सार्वजनिक भएका छन् । जति बजारमा आए उति नै हिट बने । बुद्धि सागर लेखनमा जति तल्लीन हुन्छन् त्यो भन्दा बढी अध्ययनमा समय बिताउँछन् । उनले अहिलेसम्म थुप्रै उत्कृष्ट पुस्तक पढेका छन् । त्यसमध्ये उनलाई मनपर्ने ५ पुस्तक यस्ता छन् :

अ हाउस फर मिस्टर विश्वास

भिएस नायपालले लेख्नु भएको पुस्तक अ हाउस फर मिस्टर विश्वास मैले पढेका पुस्तकहरु मध्ये असाध्यै मन परेको पुस्तक हो । म आफू पनि किताब लेख्दा एकदमै विस्तारमा लेख्न मन पराउँछु । यो पुस्तक पनि एकदमै बिस्तृत रुपमा लेखिएको छ । यसमा समावेस कथा त राम्रो छ । त्यसको साथै किताबको लेखन शैली पनि एकदमै मन परेको थियो ।

स्नो (हिउँ)

ओरहान पार्मुकद्वारा लिखित पुस्तक स्नो पनि मलाई मन पर्ने पुस्तक भित्र पर्छ । हिउँ परिरहेको चिसो ठाउँको कथा समेटिएको यो पुस्तक पढिरहँदा साँच्चै नै जाडो भएको अनुभूति हुन्छ । एउटा कविको नजरले मानिसलाई कसरी हेरिन्छ भन्ने कुरा यस पुस्तकमा पढ्न पाइन्छ । यो पुस्तक पनि एकदमै बिस्तृतमा लेखिएको छ । पाठकको लागि यो पनि एउटा राम्रो सिफारिस हुन सक्छ ।

घामको पाइलाहरु

धनुषचन्द्र गौतमद्वारा लिखित घामका पाइलाहरु साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । यस उपन्यासले वि.सं २०३५ को मदन पुरस्कार प्राप्त गरेको थियो । यस पुस्तकमा विरगन्जको कथा समेटिएको छ । एउटा पहाडबाट झरेको मान्छेको तराई जीवनलाई वर्णन गरिएको छ । यस पुस्तकमा प्रयोग भएका भाषा शैली एकदमै सरल छ । त्यसैले सबैले यो पुस्तक सजिलै पढ्न र बुझ्न सक्छन् । यस उपन्यासमा प्रस्तुत भएका सबै पात्रहरु सम्झन लायक छन् ।

द अल्केमिस्ट

पाउलो कोएलोको द अल्केमिस्ट मैले पढेको पहिलो अंग्रेजी पुस्तक हो । यो त मैले हिन्दीमा पढिसकेको थिए , कमलेश्वरको अनुवादमा । एकपल्ट बुझिसकेको पुस्तक अंग्रेजीमा पढ्दा खासै गाह्रो हुँदैन जस्तो लाग्यो । र, द अल्केमिस्ट मैले पढेको पहिलो अंग्रेजी पुस्तक बन्यो । पाउलोको भाषा पनि सजिलो थियो । यो पुस्तकले दिने सन्देश पनि एकदमै राम्रो छ । सपना देख्न सिकाउँछ । त्यसैले यो पुस्तक पनि मलाई मन पर्ने पुस्तकको सुचिमा पर्छ ।

कुरु कुरु स्वाहा

हिन्दी लेखक मनोहर श्याम जोशीको यो पुस्तक पनि मलाई असाध्यै मन परेको थियो । धेरैले यो पुस्तक पढ्नलाई जटिल छ भन्नु हुन्छ तर मलाई रमाइलो लाग्यो । लोकल भाषाको प्रयोग भएको यो पुस्तक हास्य शैलीमा लेखिएको छ । यो पुस्तकको च्यापटरहरु मैले दोहोर्याएर पनि पढेको छु ।

यो पनि पढ्नुहोस् ।

गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक

अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,