English

कुमार कट्टेलका फ्यान–फोटो बोकेर हिँड्नेदेखि बोली फुट्दै ‘सक्किगोनि’ भन्नेसम्म



नेपालका चर्चित हास्यकलाकार हुन्– कुमार कट्टेल (जिग्री) । हास्य टेलिश्रृंखला भद्रगोलबाट चर्चामा आएका कट्टेल यतिबेला ‘सक्किगोनि’ मा व्यस्त छन् । ‘जेपीटी क्रिएसन’ का संस्थापकसमेत रहेका उनको फ्यान फलोइङ निकै राम्रो छ । तिनै फ्यानका बारेमा उनी यसरी खुले ।

बच्चाको बोली फुट्दाको पहिलो शब्द नै ‘सक्किगोनि’

करिब ४ वर्ष अघिको कुरा हो । एउटा स्टेज कार्यक्रमको लागि म कतार गएको थिएँ । त्यहाँ कार्यक्रम हेर्नका धेरै नेपाली दर्शकहरु आएका थिए । कार्यक्रम सकिएपछि मलाई भेट्न एकजना आमा र बच्चा आए । बच्चा दौडिएर मेरो नजिक आयो उसको पछि–पछि आमा पनि आइन् । उनले भनिन् ‘मेरो छोरोको बोली फुटेर निस्किएको पहिलो शब्द नै सक्किगोनि हो ।’ उनको कुरा सुनेर म भावुक भए । अझै खाना खाने बेलामा समेत मेरो सिरियल नहेरी खाँदैन भन्दै हुनुहन्थ्यो ।

मेरो फोटो ब्यागमा राखेर हिड्ने ती महिला

एकजना महिला फ्यानले प्राय मलाई म्यासेज गरिरहेकी हुन्थिन् । धेरै जनाले म तपाईको फ्यान हुँ भेट्न मन छ भनिरहेका हुन्छन् । त्यस्तै फ्यान होलिन् भन्ने सोचेर वास्ता गरेको थिइनँ । सधैँ म्यासेज आइरहेको भएर एक दिन हेरेँ । उनले म्यासेजमा लेखेकी रहिछिन् ‘म तपाईको ठुलो फ्यान हुँ म तपाईको फोटो सधैँ ब्यागमा राखेर हिड्छु ।’ म्यासेजसँगै उनले ब्यागमा फोटो राखेको भिडियो पनि पठाएकी थिइन् ।

मेरो गीत ‘मन्जुरी’ सबै कन्ठ पार्ने ती सानो भाई

३ महिना अघिको मात्र कुरा हो अष्ट्रेलियामा रहेका एकजना फ्यानले मलाई एउटा भिडियो पठाउनु भएको थियो । त्यस भिडियोमा एकजना सानो बाबुले मेरो गीत ‘मन्जुरी’ सबै कन्ठै पारेर तोते स्वरमा गाएका रहेछन् । ती बाबुको परिवारमा सबै जनाले मलाई मन पराउनु हुँदो रहेछ । त्यस्तो सानो मान्छेले पुरै गीत कण्ठ पारेर तोते स्वरमा गाएको सुन्दा रमाइलो लाग्यो ।

दैनिक गुडमर्निङ र गुडनाइट म्यासेज गर्ने महिला

एकजना महिला फ्यान पनि अलि अनौठो नै लाग्छ मलाई । उहाँले सधैँ मलाई गुडमर्निङ र गुडनाइट म्यासेज गर्नुहुन्छ । एकदिन पनि छुट्याउनु भएको छैन । मैले म्यासेजको रिप्लाई नगरे पछि त म्यासेज गर्न अल्छि लाग्नु पर्ने हो नि तर उहाँ त दिनमा दुईपटक दैनिक म्यासेज गर्नु हुन्छ ।

जिग्रीकै गेटअपमा हिड्ने चितवनको फ्यान

केहि समय अघिको कुरा हो । एउटा कार्यक्रमको शिलशिलामा म चितवन गएको थिएँ । त्यहाँ कार्यक्रम सकाएर त्यस दिन म काठमाडौँ फर्कँदै थिएँ । फर्कने बेला होटलमा एकजना फ्यान मलाई भेट्नको लागि आउनु भएको रहेछ । म उहाँलाई भेट्न गएँ । उहाँलाई देखेर म एकछिन त छक्क परेँ ठ्याक्कै जिग्रीको जस्तो गेटअप थियोे । जिग्रीको जस्तै हुडी, टाई, चस्मा सबै कुरा सेम टु सेम देख्दा अनौठो लागेको थियो ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म
अभिनेता विपिन कार्कीका ४ अनौठा फ्यान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली