English

अभिनेता बुद्धी तामाङको नजरमा पढ्नै पर्ने ३ पुस्तक



रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका बुद्धी तामाङले ‘मेरी बास्सै’ टेलिसिरियलमा अभिनय गरेसँगै एकाएक चर्चामा आए । यही सिरियलको ‘हैट’ थेगोले उनलाई दशर्कमाझ परिचित गरायो । चलचित्रमा समेत उनको यो थेगोले राम्रोे छाप राख्न सफल भयो । तामाङ अभियनसँगै पुस्तक अध्ययनमा पनि उस्तै समय बिताउन मन पराउँछन् । त्यसो बेलुका सुत्नुअघि कुनै न कुनै किताब पढेरमात्रै सुत्ने उनको बानी छ । तिनैमध्ये उनलाई मनपरेका पुस्तक यी हुन् :

कल्पग्रन्थ

कुमार नगरकोटीको कथा संग्रह ‘कल्प–ग्रन्थ’ मलाई असाध्यै मन परेको पुस्तक हो । विभिन्न शैलीका प्रयोगात्मक ७० वटा कथा रहेको ‘कल्प–ग्रन्थ’को धेरै कथाहरु मैले पढिसकेको छु । केही कथाहरु भने पढ्नेक्रममा नै छु । नगरकोटीको प्राय पुस्तकहरु मैले पढिरहेको हुन्छु उहाँको लेखनशैली मलाई राम्रो लाग्छ ।

शिरिषको फुल

साहित्यकार पारिजातद्वारा लिखित शिरिषको फूल उपन्यास मन नपराउने सायद कमै होलान् । यो पुस्तकले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो । विसङ्गतिको बीच रङ्गिएको जीवनलाई उपन्यासमा प्रस्तुत गरिएको छ । यसमा युद्धभूमिबाट भागेर आएका भगौडा सैनिकको नारीप्रतिको दृष्टिकोण र एक निराशावादी युवतीको जीवनकथालाई मर्मस्पर्शी ढङ्गबाट चित्रण गरिएको छ । त्यसैले यो पुस्तक पढ्न सिफारिस गर्छु ।

सिद्धार्थ

हर्मन हिस्सेद्वारा लिखित यो पुस्तक पनि मलाई असाध्यै मन पर्ने पुस्तक भित्र पर्छ । यो पुस्तकमा जीवनको यात्राको विषयमा चर्चा गरिएको छ । मनलाई कसरी धेरै बहकिन छट्पटिन नदिने भन्ने ज्ञान यो पुस्तकमा छ । यो पुस्तक पढ्दा एक प्रकारको शान्ति प्राप्त हुन्छ । त्यसैले मलाई यो पुस्तक मन परेको हो ।

यो पनि पढ्नुहोस् ।


गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक

अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested