English

महीनावारीको बेला सेक्स गर्दा यी कुरामा ध्यान दिनुहोस् !



महिनावारी भएको बेला शारीरिक सम्पर्क गर्नु हुन्छ कि हुँदैन ? यो प्रश्नको उत्तर अधिकांशले खोज्छन् । विज्ञका अनुसार रजस्वला भएको समयमा शारीरिक सम्पर्क राख्न त्यति सुरक्षित हुँदैन । तर यस्तो बेलामा शारीरिक सम्पर्क गर्दा के कस्ता सावधानीहरु अपनाउन सकिन्छ त ? यस्तो बेला सेक्सलाई सुरक्षित र पहुँचयोग्य बनाउन यी महत्वपूर्ण सल्लाहहरू अपनाउन सकिन्छ ।

सेक्स पार्टनरसँग कुराकानी

यौनसम्पर्क अघि दुवैले एक अर्कासँग कुरा गनुपर्छ । उनीहरूलाई कस्तो लाग्छ सोध्नुपर्छ र एकअर्काको विचार र चासोहरूको बारेमा खुलेर कुरा गर्नुपर्छ । सुरू गर्नु भन्दा पहिले दुवैलाई यसको रुचि भएको हुनुपर्छ ।

तौलीयाको प्रयोग

महिनावारी भएको बेला यौन सम्पर्क अघि खाटमा तौलीयाको प्रयोग गर्नुपर्छ । यसले खाटमा प्रयोग भएको बेड सिटमा कुनै पनि प्रकारको दाग लाग्न पाउँदैन । तौलीयाको छनोट गर्दा गाढा रंगको गर्नुपर्छ यसमा दागहरु देखिने सम्भावना कम हुन्छ ।

मेन्सुरेसन कप वा प्याड हटाउनु पर्छ

महिनावारी भएको बेला यौनसम्पर्क गर्दा मेन्सुरेसन कप वा प्याड लगाउनु भएको छ भने त्यसलाई हटाउनुपर्छ । यौन सम्पर्कअघि प्याड र कपलाई हटाइएन भने विभिन्न समस्याहरु आउनसक्छ ।

गर्भनिरोधक उपाय अपनाउनु पर्छ

पीरियड्स भएको बेला पनि गर्भ रहन सक्छ, त्यसैले कण्डम वा अन्य गर्भनिरोधक औषधिको सेवन गर्नुपर्छ । पीरियड्समा विभिन्न रोगबाट संक्रमित हुने जोखिम उच्च हुन्छ, तसर्थ संक्रमणबाट बच्न कण्डमको प्रयोग गर्नुपर्छ ।

शरीरलाई राम्ररी सफा गर्नुपर्छ

सेक्सको लगत्तै, पानी र हल्का साबुनले आफूलाई राम्रोसँग सफा गर्नुपर्छ । यस्तो अवस्थामा स्नान गर्नु राम्रो हुन्छ । सेक्स गरेपछि अधिक दुखाई वा असहज महशुस हुन्छ भने डाक्टरको सल्लाह लिनुपर्छ ।

यो पनि पढ्नुहोस्
पहिलो शारीरिक सम्बन्ध कुन उमेर समूहमा धेरै हुन्छ ?
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?
सेक्सअघि खान नहुने ५ कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested