English

सरकारले कर दाखिला गर्ने म्याद थप्यो



सरकारले कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गरेको छ । अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै आज (बुधवार) यसको जानकारी गराएको हो ।

‘कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाका कारण तोकिएको समयमा बुझाउनु पर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईलाई दृष्टिगत गरी आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालयको मिति २०७८/३/२ निर्णयानुसार देहाय बमोजिम कर विवरण तथा कर दाखिला गर्ने म्याद थप भएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

१. मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम संवत् २०७७ साल चैत र संवत् २०७८ वैशाख महिनाको मासिक तथा संवत् २०७७ चैत, संवत् २०७८ वैशाख महिनाको द्वेमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र सो विवरण बमोजिमको कर दाखिला गर्ने म्याद संवत् २०७८ साल असार २५ गतेसम्म ।

२. आयकर ऐन, २०५८ बमोजिम संवत् २०७७ साल चैत र संवत् २०७८ साल वैशाख महिनाको बुझाउनु पर्ने अग्रीम करकट्टी भएको रकम र सो को विवरण बुझाउने म्याद संवत् २०७८ साल असार २५ सम्म ।

३. अन्तः शुल्क ऐन, २०५८ बमोजिम संवत् २०७७ चैत र संवत् २०७८ वैशाख महिनाको बुझाउनु पर्ने अन्तः शुल्क विवरण तथा सो विवरण बमोजिमको अन्तः शुल्क दाखिला गर्ने म्याद संवत् २०७८ साल असार २५ सम्म ।

४. संवत् २०७८ साल चैत र संवत् २०७८ साल वैशाख महिनाको बुझाउनु पर्ने शिक्षा सेवा शुल्क, टेलिफोन, स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने संवत् २०७८ साल असार २५ सम्म ।

यो पनि पढ्नुहोस्
देशभर बाढी र पहिरोको बितण्डा (फोटो फिचर)
अब डेढ घण्टामै बुटवल-नारायणगढ (ड्रोन तस्बिर)
अझै तीन दिन भारी वर्षा हुने
मेलम्चीमा बाढीको बितण्डा : दर्जन बढी घर बगायो, ६ जना बेपत्ता
यातायात व्यवसायीको आक्रोश : ‘सरकारले आन्दोलनको भाषा मात्रै बुझ्छ’

कोरोना खोप लगाउनेको लाइन (फोटो फिचर)

निजी स्कूलका शिक्षकको पीडा : ‘तलब नपाउँदा पेशा छोडियो’
ट्याङ्कर चालकको चेतावनी : रोके पेट्रोलियम ढुवानी
बर्खामा स्वस्थ रहन के खाने, के नखाने ?
सुनसान पोखरामा साइबेरियन बकुल्लाले थपेको रौनकता (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested