English

मेलम्चीमा बाढीको बितण्डा : दर्जन बढी घर बगायो, ६ जना बेपत्ता



सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण मेलम्ची बजार आसपासका बस्ती डुबानमा परेका छन् । मंगलबारदेखि परेको अविरल वर्षाले नदी आसपासका १२ घर बगाएको र ६ जनाभन्दा बढी मानिस बेपत्ता भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन अधिकारीले बताए ।

‘मंगलबार साढे ४ बजेबाट मेलम्ची नदीको बहाब बढ्न सुरु भएको थियो,’ एसपी अधिकारीले भने, ‘साँझ ७ बजेतिर ठूलो भेल आयो जसले नदी आसपासका घर बगायो ।’

मेलम्ची बजार बाढीले क्षत विक्षत बनाएको छ । तिम्बुदेखि ग्याल्थुमसम्म ५ वटा र मेलम्ची बजार आसपासमा ७ वटा घर बगाएको उनले जानकारी दिए । यसैगरी, झोलुङ्गे र पक्की पुल पनि बाढीले बगाएको छ ।

नदी मेलम्ची बजारबाट ५० मिटर भित्र छिरेको उनले बताए । ‘नदी आसपासका मानिसहरुलाई सुरक्षित स्थानमा सारिसकिएको छ,’ अधिकारीले भने, ‘यतिबेला नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको आपतकालिन बैठक बसिरहेको छ ।’

समयमै सावधानी अपनाएकाले मानवीय क्षती कम भएको एसपी अधिकारी बताउँछन् । ‘हामीले नदीको बहाब बढेसँगै आसपासका मानिसलाई हटाइहाल्यौं,’ उनले भने, ‘त्यही कारण मानवीय क्षती कम भयो यद्यपि, थप विवरण आउने क्रममा छ ।’

तस्बिर: सामाजिक सञ्जालबाट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested