English

वर्षायाम सुरु : के छ सरकारको पूर्व तयारी ?



बर्खा लागेसँगै देशका विभिन्न भागमा बाढी, डुबान, कटान, पहिरोको जोखिम बढ्छ । मनसुन सुरु भएसँगै पहाडी जिल्लामा पहिरो, तराईका जिल्लामा डुबान र कटानको डर हुन्छ । बर्खामा हुने प्राकृतिक आपत् बाढी, पहिरो, भारी वर्षा र चट्याङका कारणले वर्षेनी सयौँले ज्यान गुमाउने गरेका छन् ।

सिन्धुपाल्चोक,म्याग्दी, बाग्लुङ, लमजुङ, गोरखा, धादिङ लगायतका जिल्ला पहिरोको उच्च जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारी बताउँछन् । उनी भन्छन् ‘जुन क्षेत्र भूकम्प प्रभावित छ, त्यो क्षेत्र पहिरोको उच्च जोखिममा छ ।’

रौतहट, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत तराईका जिल्लाहरु वर्षेनी डुबानमा पर्छन् ।

के छ पूर्व तयारी ?

बर्खा महिनामा आउने यस्ता विपद्लाई व्यवस्थापन गर्नका लागि जिल्लापिच्छे ‘विपद् व्यवस्थापन समिति गठन’ भएको छ । समितिले विपद् व्यवस्थापन पूर्व तयारी गरी सकेको प्रवक्ता अधिकारीले बताए । ‘समितिद्वारा जोखिमयुक्त स्थलको पहिचान, विपद्को समयमा खोज, उद्धारको कार्य र राहतको व्यवस्थापन गर्ने योजना बनेको छ ।’ उनी भन्छन्, ‘ हामीले समितिलाई समन्वय र सहजीकरण गर्ने कार्य गर्दछौं र कतिपय कुराहरु मौसम पूर्वानुमान महाशाखाको नीतिगत सल्लाह सुझाव जिल्ला प्रशासन कार्यालयलाई दिन्छौँ ।’

जल तथा मौसम विज्ञान विभागले बाढी र पहिरोबाट हुनसक्ने जोखिमको अनुमानको आधारमा स्थानीय प्रशासनलाई अलर्ट गराउने कार्य प्राधिकारणले गर्दै आएको छ । बाढी, पहिरोले के–कस्तो प्रभाव पर्दछ, पानी परेको ठाउँमा कस्तो प्रभाव पर्छ, तल्लो तटिय क्षेत्रमा के–कतिको असर गर्छ , यस्ता कुराबारे नौ वटा जिल्लामा तालिम र जानकारी दिने जनशक्ति विकास गरेको उनले बताए ।

मनसुनजन्य जोखिम र जनधनको क्षति न्युनिकरण गर्न ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ सबै तहमा बनाउने प्राधिकारणले जनाएको छ । कोरोना महामारी र यो वर्ष धेरै पानी पर्ने अनुमान गरिएको छ । यो बहु प्रकोपबाट जोगिनका लागि प्राधिकारणले नमुना अभ्यास गरेको उनले बताए । यसैगरी जलजन्यबाट प्रकोप हुने क्षेत्रमा स्वास्थ्यसुरक्षा मापदण्ड अपनाएर विभिन्न भाषामा पूर्व सूचना दिने कामको थालनी भएको छ ।

खुल्ला मैदानको पहिचान, खोज उद्धार, राहत व्यवस्थापन, गोदाम घर निमार्ण गर्ने, सर्च र रेस्क्युका ईकुपमेन्टहरु जोहो गर्ने कार्य भइसकेको छ । जोखिमका क्षेत्रमा ‘क्विक रेसपोन्स टिम’ (क्युआरटी) टिम तयार रहेको उनले जनाए । कुनै घटना भएमा सूचनाका आधारमा तुरुन्तै यस टिमलाई परिचालन गर्न सकिनेछ ।

मनसुनमा औषतभन्दा धेरै वर्षा

सामन्यतया जुन १३ बाट मनसुन सुरु भएर अक्टोबर २ सम्म रहन्छ । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर यी चार महिनालाई मनसुनको महिना भनिन्छ । यो वर्षको मनसुन अबको केही दिनमा सुरु हुने मौसमविद् वरुण पौडेल बताउँछन् ।

मनसुन सामन्य रहे पनि यो वर्ष औषत भन्दा धेरै वर्षा हुने देखिएको छ । चार महिनाको अवधिमा कुनै ठाउँमा मनसुन एकदमै सक्रिय हुन्छ भने कुनै ठाउँमा सुख्खा हुने पौडेलले बताए ।

‘यो वर्षको मनसुनमा औषत भन्दा धेरै वर्षा हुने सम्भावना छ, वर्षा धेरै भएमा जोखिम पनि बढ्छ, त्यसैले सरकारले तयारी पनि थालिसकेको छ’, उनी भन्छन्, ‘स्थनीय तहदेखि केन्द्रसरकारले यसको पूर्व तयारी गर्नु पर्ने हुन्छ ।’

यो पनि पढ्नुहोस्
कोभिड खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुरा
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?
कोरोनाका १० प्रजाति, कुन कति खतरा ?
निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,