English

जनस्वास्थ्यका मापदण्डको उल्लंघन गर्दै त हुनुहुन्न ? जेल जानुपर्ला !

सार्वजनिक जानकारी


जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड १९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेशका प्रावधान उल्लंघन गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेकोले यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कडा नियम बनाएको हो ।

प्रशासनले सोमवार एक विज्ञप्ति जारी गर्दै जनस्वास्थ्य मापदण्ड उल्लंघन, भीडभाड गर्ने जस्ता गतिविधि गरेको पाइएमा एक वर्ष कैद वा पाँच लाख जरिवाना गरिने बताएको हो ।

विज्ञप्तिमा भनिएको छ:

१. कसैले यो अध्यादेश बमोजिम कुनै पनि काम गर्न बाधा, अवरोध सिर्जना गर्न नहुने गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

२. यो अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुनेछ ।

३. यो अध्यादेश बमोजिम दिइएको आदेश पालना गर्नुपर्ने, कुनै व्यक्तिले उक्त आदेश उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ल अधिकारीबाट तत्काल जरिबाना हुन सक्ने ।

४. मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एक सय रुपैयाँ, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सोको उल्लंघन गरेमा पटकैपिच्छे दुईसय रुपैयाँ, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति बिना वा सुरक्षाकर्मीलाई सूचना नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी साधन भए दुई हजार र अन्य सवारी साधन भए पाँच हजार रुपैयाँ तत्कालै सुरक्षाकर्मीले जरिबाना गर्नेछन् । यस प्रकारको सवारी साधन सुरक्षाकर्मीले निश्चित समयसम्म नियन्त्रणमा लिनेछन् ।

५. यस अध्यादेशको विपरित काम गर्ने संस्था वा व्यक्तिलाई माथि उल्लेख भएको सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले ६ महिनासम्मको लागि बन्द गर्न आदेश दिन सक्नेछ ।

No description available.
यो पनि पढ्नुहोस्
यस्ता हुन्छन् निमोनियाका लक्षण, कसरी बच्ने ?
नयाँ भेरियन्टबारे विज्ञको यस्तो सुझाव
डा. भोला रिजालको नजरमा पढ्नै पर्ने ५ पुस्तक
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
आत्मानुशासन नै कोरोनाको औषधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested